• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीन र भारतसँग सडकमार्गले जोडिँदै कर्णाली

64x64
नेपाल लाइभ सोमबार, जेठ ७, २०७५  १५:४६
1140x725

सुर्खेत– कर्णाली प्रदेशलाई दुई छिमेकी मुलुक भारत र चीनसँग सडकमार्गले जोडिने भएको छ। भारतदेखि नेपालको कर्णाली प्रदेश हुँदै चीनसम्म जोड्ने सडकमार्ग निर्माणको काम अघि बढेको छ। 

त्रिदेशीय सडक नाम दिइएको सडकको निर्माण सोमबारदेखि सुरु भएको हो। उक्त सडक अन्तर्गत दैलेखको माथिल्लो डुङ्गेश्वरदेखि दुल्लु सडक खण्डको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका छन्। उनले डोजर चलाएर सडकको शिलान्यास गरेका हुन्।

जमुनाह–कोहलपुर–दैलेख–मुगु—नाग्चेलाग्ना जोड्ने यो त्रिदेशीय सडकलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्न संघीय सरकारसँग पहल समेत गरिरहेको छ। यद्यपि प्रदेश सरकारको सञ्चित कोषबाट केही बजेट विनियोजन गरेर अहिले सडक निर्माणको काम सुरु गरिएको हो। उक्त सडक निर्माणका लागि प्रदेश सरकारले तीन करोड ३६ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ। सोही बजेटबाट सडक निर्माणको काम सुरु गरिएको हो। 

बाँकेको जमुनाहदेखि कोहलपुर—दैलेख—मुगुको नाग्चेलाग्ना हुँदै चीनको सिमासम्म जोड्ने उक्त सडक निर्माणलाई प्रदेश सरकारले पहिलो विनियोजन विद्येयकमा महत्वका साथ प्रस्तुत गरेको थियो। प्रदेश सरकारको यो सडक योजना पूर्णरुपमा  निर्माण भए कर्णाली प्रदेश सडकमार्ग मार्फत दक्षिणमा भारत र उत्तरमा चीनसँग जोडिने छ। सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ।

सडकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि यो सडक कोशेढुंगा सावित हुने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यो सडक कर्णालीको समृद्धिको ढोका हो’ शाहीले भने, ‘यसको निर्माण भएमा कर्णाली प्रदेशको व्यापार भारत र चीनसँग सीधा जोडिने छ र त्यसले यहाँको अर्थतन्त्रको विकासमा सघाउ पुग्नेछ।’ 

उनले सरकार र नागरिकको प्रत्यक्ष निगरानीमा सडक निर्माण हुने समेत बताए। साथै शाहीले कर्णालीको समृद्धिसँग जोडिएको सडक निर्माण आम नागरिकलाई पनि जोडिन आग्रह गरे। 

‘सडकसँगै हामीले हाम्रो कर्म गर्ने बानीमा पनि परिवर्तन गर्नसके दैनिकीमा पनि परिवर्तन आउनेछ’, उनले भने, ‘सबैले माटो खन्न पसिना बगाए मात्रै कर्णालीमा समृद्धि आउनेछ।’

Xtrem
Xtrem

उनले दुई छिमेकी मुलुकसँगको व्यापार वृद्धि नगरेसम्म कर्णालीको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले प्रदेश सरकारले यो त्रिदेशीय सडकलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने पनि जानकारी दिए।

यस्तै, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारको निती तथा कार्यक्रम कार्यान्वयनमा रहेको बताए। उनले कुनै पनि योजना कार्यान्वयन गर्दा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने बताए। 

‘लक्ष्य ठूला ठूला लिन्छौं, गुणस्तरीयता र पारदर्शिताका कुरा गर्छौं। तर आयोजनामा ४० प्रतिशत भन्दा बढी घट्नुपर्ने व्यवस्था छ’, उनले भने, ‘अब यो बिलो जाने प्रथाले कसरी गुणस्तरिय काम हुन्छ? तीन करोडको योजना बनाउने, तर ४० प्रतिशत घट्दा बजेटको आकार कति बाँकी रहन्छ?’ 

उनले प्रदेश सरकारले अब आफ्नै सार्वजनिक खरिद ऐन बनाएर १५ प्रतिशतभन्दा बढी घट्न नपाइने व्यवस्था गर्ने बताए। साथै, उनले तयारीबिनाका योजनाहरुमा अब बजेट नछुट्याइने दाबी गरे। हचुवाका भरमा रकम बाँड्दा दुरुपयोग भएको भन्दै बजेट विनियोजनमा समेत कडाइ गरिने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्