काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नयाँ परिवर्तनको धारलाई समेट्न नसकेको टिप्पणी गरेका छन्।
संघीय संसद् परिसरमा प्रतिक्रिया दिँदै सांसद गिरिले हरेक वर्षको निरन्तरता जस्तै यस वर्षको नीति तथा कार्यक्रम पनि सामान्य रुपमा आएको बताए।
‘यो वर्ष गुणात्मक हुने कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छैन’, उनले भने, 'सधैंको वर्षको भन्दा यस पटक अलि लामो छ, तर ठोस कार्यक्रम छैन।'
देश नयाँ युगमा प्रवेश गरेपछि सरकारका नीति तथा कार्यक्रम त्यस अनुसार हुनुपर्ने भए पनि त्यो नदेखिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।