काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारको नीति तथा कार्यक्रम अपूरो रहेको टिप्पणी गरेका छन्।
तराई मधेसको भावना अनुसार संविधान संशोधनको कुरा समावेश नभएकाले अपूरो रहेको बताए। नीति तथा कार्यक्रम लोकतान्त्रिक सरकारको प्रयास भने देखिएको टिप्पणी उनले गरे।
‘यत्तिका विषयहरु समेटिएको नीति तथा कार्यक्रममा मधेसको म पनि परेको छैन, यसको गति के होला?’ कर्णले भने।
नीति तथा कार्यक्रममा भन्नलाई केही पनि कुरा नछाडिएको भन्दै उनले बोलाइ र गराइमा फरकपन देखिनसक्ने आफूलाई लागेको बताए।
संविधान संशोधन आफूहरुको पहिलो माग भएको तर सरकारले बेवास्ता गरेको हो वा के गरेको भन्ने बुझ्न नसकिएको उनले बताए।
‘संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा उल्लेख हुनुपर्ने थियो, तर त्यसलाई सम्बोधन नगरिनु दुःखद कुरा हो’, उनले भने, ‘अब बजेट निर्माण गर्दा मधेसलाई प्राथमिकता दिइनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।