काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
आज संसदमा सरकारको नीति तथा कार्यक्रम सुनिसकेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कोइरालाले थप अध्ययन गरेर मात्रै बाँकी कुरा भन्न सक्ने बताएका छन्।
कोइरालाको प्रतिक्रिया यस्तो छ :
नीति तथा कार्यक्रमलाई सकारात्मक नै भन्न चाहन्छु। बाटो, कनेक्टिभिटी, स्वास्थ्य, कृषि क्षेत्रमा जस्ता कुराहरु आएका छन्, ती सकारात्मक नै छन्। हाम्रो बीचमा केही छलफल भइसकेपछि मात्रै म थप केही भन्न सक्छु। तर मैले देखेका केही त्रुटिहरु छन्, जसका बारेमा थप अध्ययन गरेर मात्रै भन्न सक्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।