काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सरकारको नीति तथा कार्यक्रम पञ्चवर्षीय योजना जस्तै आएको बताएका छन्।
सरकारबाट आज संसदमा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा प्रतिक्रिया दिँदै महतले सरकारका मन्त्रालयहरुले गर्ने नियमित कार्यक्रम जस्तै भएको बताए।
'सरकारका नियमित कार्यक्रमलाई बढी व्याख्या गरी नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ', उनले भने।
नीति तथा कार्यक्रम वार्षिक योजनाहरुका लागि ल्याउनुपर्ने बताउँदै महतले सरकारले पाँच/दस वर्षका योजनाहरु प्रस्तुत गरेको बताए। विगतका योजनाको निरन्तरतालाई अनावश्यक व्याख्या गरिएको समेत महतले बताए ।
नेता महतले नीति तथा कार्यक्रमलाई महतले भाषणका रुपमा भन्दा पनि कार्यान्वयनको पक्ष हेर्नुपर्ने बताए। सरकारले घोषणा गरेको नीति अनुसार सरकारको कार्यक्षमता नभएको उनले टिप्पणी गरे। निकायहरुलाई बलियो बनाउनेभन्दा पनि व्यक्ति बलियो बनाउँदै गएकाले वर्तमान सरकारबाट कार्यान्वयनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।