काठमाडौं- सर्वोच्च अदालतले अमर झाँक्रीसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ७ जना नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ।
झाँक्रीसहित शिवराज नेपाली, देवबहादुर सुचीकार, हरिशचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा र दिलबहादुर बुढाथोकीलाई गैरकानुनी ढंगले थुनामा राख्न नमिल्ने उल्लेख गर्दै तत्काल थुनामुक्त गर्न सोमबार आदेश दिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजालासले उनीहरुलाई थुनामा राख्ने प्रमाण र कानुनी आधार नदेखिएको भन्दै तत्काल थुनामुक्त गर्ने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीले जानकारी दिए।
सर्वोच्च अदालतले थुनामा राखेर अनुसन्धानका लागि आदेश दिँदा म्याद थप गर्नुपर्ने औचित्य पुष्टि हुनुपर्ने पनि स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।