• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ग्रिन कफीको नाममा ठगी गर्ने रसियन नागरिकले डेढ वर्षदेखि बिटक्‍वाइन माइनिङ गरेको पुष्टि, मुद्दा नचल्ने भन्दै फाइल फिर्ता

64x64
नारायण अधिकारी शुक्रबार, वैशाख ३, २०७८  २०:२१
1140x725

काठमाडौं- ग्रिन कफीको नाममा ठगी गर्दै आएका रसियन नागरिक इगोर कुट्सले नेपालमा अवैध रहेको बिटक्‍वाइन पनि माइनिङ गर्ने गरेको पुष्टि भएको छ।

२५ थान ल्यापटपसहित विभिन्‍न उपकरण बरामद भएपछि बिटक्‍वाइन माइनिङ गरेको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगीसँगै बिटक्‍वाइनको पनि अनुसन्धान गरेको थियो। बरामद ल्यापटपसँगै अन्य उपकरणहरु प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। विधि विज्ञानले बिटक्‍वाइन माइनिङ भएको रिपोर्ट दिएको सीआईबीका निर्देशक तथा डीआइजी सहकुलबहादुर थापाले नेपाल लाइभलाई जानकारी दिए।

‘विधि विज्ञानले बिटक्‍वाइन माइनिङ तथा कारोबार भएको भनेर रिपोर्ट दिएको छ,’ डीआइजी थापाले भने, ‘रिपोर्टअनुसार विगत डेढ वर्षदेखि अवैध बिटक्‍वाइन माइनिङ भएको देखिन्छ।’

बिटक्‍वाइन मानिङ गरेको रिपोर्ट विधि विज्ञानले दिएपछि सीआईबीले ठगीसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा चलाउने रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरेका थियो। यी दुवै ऐनले नेपालमा बिटक्‍वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता दिएको छैन। जसकारण बिटक्‍वाइनसम्बन्धी कारोबार नेपालमा पूर्णरुपमा गैरकानुनी हुन्छ।

सोही प्रावधानलाई टेकेर सीआईबीले सरकारी वकिलसमक्ष फाइल बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले भने ठगीमा मात्रै मुद्दा दर्ता गर्ने भन्दै बिटक्‍वाइनको फाइल फिर्ता पठाएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘बिटक्‍वाइन कारोबार भएको पुष्टि भएपछि त्यसमा पनि मुद्दा चलाउन भन्दै सरकारी वकिलसमक्ष फाइल बुझाएका थियौं। तर, बिटक्‍वाइनको फाइल फिर्ता भएर आएको छ,’ सीआईबी उच्च स्रोतले भन्यो।

विधि विज्ञानले बिटक्‍वाइन कारोबार भएको भनेर पुष्टि हुँदा पनि फाइल फिर्ता गरिदिएपछि सीआईबीका अधिकारीहरु छक्क परेका छन्। ‘हामीले विधि विज्ञानले दिएको बिटक्‍वाइन कारोबारको रिपोर्टसहित फाइल पेस गरेका थियौं। तर, सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि भने अचम्ममा पर्‍यौं,’ सीआईबी स्रोत भन्छ।

सरकारी वकिल कार्यालयले कति बिटक्‍वाइन कारोबार भयो, कहिलेदेखि सुरु भयोलगायत प्रस्ट नखुलेकाले फिर्ता गरिएको भन्दै पन्छिने काम गरेको छ। सीआईबीले भने सरकारी वकिल कार्यालयले फिर्ता पठाएको फाइल पुन: पठाउने तयारी गरेको छ।

के हो बिटक्‍वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्‍वाइनको प्रयोग सुरु गरेका थिए। सन् २००९ मा १० सेन्टबाट यो सुरु भएको थियो। यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वमा अहिले ११ सयभन्दा बढी 'क्रिप्टोकरेन्सी' प्रचलनमा रहेका छन्। यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्‍ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ।

विश्वमा अहिले बिटक्‍वाइनमा लगानी बढिरहेको छ। बिटक्‍वाइन एक प्रकारको 'भर्चुअल' पैसा हो। यसको इलेक्ट्रोनिक कारोबारमात्रै गर्न मिल्छ। डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजीरुपमा छापिँदैन। तर, कम्युटर सफ्टवेयरमार्फत् विश्वभरका मान्छेले यसको कारोबार गर्न सक्छन्।

इन्टरनेटमार्फत् बिट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्‍ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्‍वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। बिटक्‍वाइन सेयरजस्तै गरी रकम बढ्ने हुन्छ। तर, यसमा कारोबार गर्ने व्यक्तिको पहिचान तथा रकमको स्रोत खुलाउनु पर्दैन।

चार जनाविरुद्धको ठगीको फाइल अदालतमा
बिटक्‍वाइनको फाइल फिर्ता भए पनि ग्रिन कफीको नाममा भएको ठगीसम्बन्धी फाइल भने सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौं पुगिसकेको छ। रसियन नागरिक ३० वर्षीय कुट्ससँगै पोखरा महानगरपालिका-१९ का ४२ वर्षीय आशिष आचार्य, मुधुसुदन पाण्डे र राजु महर्जनलाई विपक्षी बनाउँदै ठगीको मुद्दा दायर भएको थियो।

Xtrem

Xtrem

रसियन नागरिक कुट्सको योजनामा आचार्यको नाममा नयाँबजार खुशिबुमा टिम वान सप्लायर्स प्रालि कम्पनी खोलेर काम गरिएको थियो। पाण्डे र महर्जनले भने ग्रिन कफीको ग्राहक बनाउने र सामान सप्लाइ गर्दै आएका थिए।

उनीहरुले उक्त कफी सेवन गरेपछि बिनाव्यायाम, बिनाडाइटिङ, कुनै साइडइफेक्टबिना एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउँछ भन्दै अनलाइनमार्फत् विज्ञापन गरेर ठगी गरेका थिए। अनुसन्धानका क्रममा ग्रिन कफीको नाममा छ करोड रुपैयाँ ठगी भएको सीआईबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्। ग्रिन कफीबाट ठगिएको भन्दै जाहेर दिनेको संख्या ६० पुगेको छ।

उनीहरुले ग्रिन कफी प्रतिकेजी ९६० रुपैयाँमा किनेर विभिन्‍न केमिकल हालेर प्रशोधित गरेपछि प्रतिकेजी २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्दै ठगी गरेका थिए।

यसरी कमाएको रकम हुण्डीमार्फत् विदेश पुग्‍ने गरेको निष्कर्ष सीआईबीले निकालेको छ। यही शैली अपनाएर भारत र रसियामासमेत ठगी हुने गरेकोले यसको मुख्य योजनाकार रसियन नागरिक रहेको सीआईबीले जनाएको छ। प्रहरीले उक्त कम्पनीमा छापा मारेर ६४४ किलो हरियो कफी, बिक्री गर्ने तयारीमा राखेको १०० ग्रामको हरियो कफी दुई हजार ८२२ प्याकेट, विभिन्‍न कच्चा पदार्थ बरामद गरेको थियो।

सम्बन्धित समाचार:

  • बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यै
  • बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई-सेवालाई उन्मुक्ति
  • बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?
  • कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमिते
  • बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन
  • बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर
  • ग्रिन कफीको नाममा त्रिदेशीय ठगीको जालो : एक हजारमा किनेर ४० हजारमा बिक्री

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्