• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमिते
64x64
नारायण अधिकारी शुक्रबार, असार १२, २०७७  २०:१५
1140x725
ई-सेवाका संचालक असगर अली ब्याकग्राउन्डमा। इन्साइटमा अभौतिक मुद्राको अवैध कारवबारमा ई-सेवाको समेत संलग्नताबारे एक प्रतिवादीले दिएको बयान।

काठमाडौं- नेपाल राष्ट्र बैंक ऐन २०५८ र विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ (केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ ले गरेको संशोधनसहित)को प्रावधानअनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई नेपालमा कसैले पनि विदेशी मुद्रा विनिमयको कारोबार गर्न पाउँदैन। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ मा विदेशी मुद्रा विनिमय व्यवस्थापन तथा नियमन नेपाल राष्ट्र बैंकले गर्ने प्रष्ट रूपमा उल्लेख छ। ऐनमा विदेशी मुद्रा विनिमयको कारोबार गर्न चाहने व्यक्तिलाई सो ऐन वा अन्य प्रचलित कानुनको अधीनमा रही इजाजतपत्र जारी गरिनेसमेत भनिएको छ।

नेपाल राष्ट्र बैंक ऐन र विदेशी  विनियम (नियमित गर्ने) ऐनअनुसार राष्ट्र बैंकको स्वीकृति नलिई कसैले विदेशी मुद्रा विनिमयको कारोबार गरे गैरकानुनी ठहर हुन्छ। तर ई-सेवाका हकमा भने यो कानुनी प्रावधान लागू नभएको पाइएको छ।

वित्तीय क्षेत्रको नियमन गर्ने अधिकार पाएको राष्ट्र बैंककै मिलेमतोमा सबैलाई लागू हुने कानुनी प्रावधान ई-सेवाका हकमा भने लागू नगराएको देखिएको हो। नियामक निकाय राष्ट्र बैंकको यो कार्यले 'कानुनका प्रावधान सत्ता र शक्तिमा पहुँच नभएकाहरूका लागि मात्रै हो त' भन्ने प्रश्न उठाएको छ। सत्ता र शक्ति भए यी दुवै कानुनले तोकेको प्रावधान नमाने पनि बच्न सकिन्छ भन्ने कुरा ई-सेवालाई दिइएको पछिल्लो उन्मुक्तिले थप बलियो बनाएको छ। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?बिहीबार, असार ११, २०७७

अभौतिक मुद्रा बिटक्वाइनको अवैध कारोबारमा ई-सेवाको संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा सिआइबीले नेपाल राष्ट्र बैंकसँग विदेशी मुद्राको विनियम गर्न ई-सेवाले अनुमति लिए नलिएको भन्दै पत्र पठाएको थियो। राष्ट्र बैंकले त्यसबेला ई-सेवाले विदेशी विनियम गर्न कुनै इजाजत नलिएको भन्दै सिआइबीलाई जवाफ पठाएको थियो। 

तर नेपाललाइभले प्राप्त गरेको दस्तावेजअनुसार डिजिटल भुक्तानी सेवा सञ्चालन गरिरहेको ई-सेवाले विदेशी मुद्राको कारोबार गरेको देखिएको छ। राष्ट्र बैंकले प्रहरीलाई पठाएको पत्रले नै ई-सेवाले गरेको विदेशी मुद्रा विनिमयको कारोबार गैरकानुनी हो भन्ने पुष्टि गर्छ। तर अदालतसम्म पुग्दा ई-सेवाविरुद्ध न मुद्दा दायर हुन्छ, न त राष्ट्र बैंकले नै थप अनुसन्धान गरेको सार्वजनिक गर्छ। त्यसबेला राष्ट्र बैंकले बिटक्वाइनलगायतका क्रिफ्टोकरेन्सी (अभौतिक मुद्रा)को कारोबारबाट मौद्रिक व्यवस्थापन तथा त्यससँग सम्बन्धित ब्याजदर र मुद्रास्फीतिका नीति तथा योजना तर्जुमा गर्न कठिनाई हुनुका साथै करको दायरामा समेत नसमेटिने भएकाले राजस्व गुम्न गई बजेट व्यवस्थापनमा समस्या हुने औंल्याएको थियो।

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्तिबिहीबार, असार ४, २०७७

कसरी गर्‍यो ई-सेवाले विदेशी मुद्राको अवैध कारोबार? 
नेपाल लाइभलाई प्राप्त कागजातअनुसार स्क्रिलमार्फत् ई-सेवाले विदेशी मुद्राको कारोबार गर्ने गरेको देखिएको छ। अनुसन्धान भई अदालतमा पेस भएको विवरण र नेपाल लाइभलाई प्राप्त विवरणमा ई-सेवाले अनुमति नै नलिई क्रिप्टोकरेन्सीमार्फत् विदेशी मुद्राको कारोबार गरेको देखिएकाले राष्ट्रिय पुँजी पलायन गरेको, विदेशी मुद्रा अपचलन गरेको र समग्र अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको देखिन्छ।

स्क्रिल सन् २००१ मा स्थापना भएको र लन्डनमा कार्यालय रहेको बहुराष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी हो। यसले सन् २०१८ देखि क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार गर्दै आएको छ। नेपाल लाइभलाई प्राप्त गोप्य कागजातअनुसार स्क्रिल नामको अन्तर्राष्ट्रिय रेमिट्यान्स गेट-वेमा आफूले खरिद गरेको बिटक्वाइन जम्मा गरिसकेपछि त्यसबराबरको अमेरिकी डलर स्क्रिलले उपलब्ध गराउँछ।

Ncell 2
Ncell 2

बिटक्वाइनमार्फत् अमेरिकी डलर उपलब्ध गराउने स्क्रिलको नेपाल एजेन्ट ई–सेवा हो। स्क्रिलले उपलब्ध गराएको उक्त अमेरिकी डलर प्रयोगकर्ताको स्क्रिल अकाउन्टबाट ई-सेवाको अकाउन्टलाई लिंक गर्न मिल्ने बनाइएको हुन्छ। त्यसरी लिंक गरिसकेपछि स्क्रिलमा भएको अमेरिकी डलर आफ्नो ई-सेवाको अकाउन्टमा नेपाली रुपैयाँमा जम्मा गर्न सकिन्छ। त्यसपछि ई-सेवाको अकाउन्टबाट प्रयोगकर्ताले नेपालको आफ्नो बैंकको खातामा रकमान्तर गरी भुक्तानी लिन सक्छन्।

अर्कोतर्फ बिट्रिफिल डटकम नामक वेबसाइटबाट नेपाल टेलिकम, एनसेललगायत टेलिकम सेवा प्रदायकको मोबाइल नम्बरमा रिचार्जसमेत गर्न सकिन्छ। त्यसका लागि आफ्नो बिटक्वाइन वालेटबाट बिट्रिफिल डटकमले तय गरेको बिटक्वाइन रकमलाई बिट्रिफिल डटकममा पठाई सोही बराबरको रिचार्ज बिट्रिफिल डटकमले गरिदिन्छ। यो मार्फत पनि ई–सेवाले कारोबार गरेकै बिटक्वाइनको कारोबारबारे अनुसन्धान गरेको सिआइबीको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानका क्रममा प्रहरीले नेपाल टेलिकम, एनसेल, र नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि पत्राचार गरेको थियो। तर ती निकायले प्रहरीलाई जवाफ पठाएनन्। जवाफ नआएपछि प्रहरीले जवाफ प्राप्त भएको बखत निजहरूको संलग्नता खुल्न आएको अवस्थामा कारबाही गरिने भन्दै मुद्दा प्रक्रियाका लागि जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

प्रहरीको सो प्रतिवेदनपछि काठमाडौं जिल्ला अदालतमा २०७४ कात्तिक १२ मा विदेशी मुद्राको अवैध कारोबारबारे ‍मुद्दा दर्ता भएको थियो। तर यसको जवाफ अहिलेसम्म सिआइबीमा आइनसकेको सिआइबी स्रोतले जानकारी दिएको छ।

अभियुक्त नै भन्छन्- बिटक्वाइनबाट कमाएको ८ लाख ई–सेवाबाट लिएँ
अदालतमा प्रतिवादीहरूले ई-सेवावाट भुक्तानी लिएको बयान दिएका छन्। तर अचम्मलाग्दो तथ्य चाँहि यसरी आरोप लागेका व्यक्ति अभियुक्तको रूपमा अदालत पुगेनन्। उनी त एकाएक सरकारी साक्षी भएर विज्ञको रूपमा न्यायाधीश समक्ष बयान दिन पुगे। सरकारी साक्षीले प्रविधिको कारोबारमा जानकारी दिनु पर्नेमा उल्टै अन्य प्रतिवादीको बयानलाई छोप्ने गरी ई-सेवाको बचाउ गरेका थिए। 

बिटक्वाइन कारोबारका प्रतिवादी ज्ञानप्रसाद पौडेलको बयानअनुसार नेपालमा अवैध ठहरिएको बिटक्वाइनबाट भएको आठ लाख रुपैयाँ उनले ई–सेवामार्फत लिएका थिए। उनले माधव खनाल, बिन्दा ढकाल, मिङमार लामा, प्रशान्त प्रताप शाहलगायतलाई समेत बिटक्वाइनबारे प्रशिक्षण दिएका थिए। सो क्रममा उनले यसको कारोबार गर्ने तरिकाबारे दिएको जानकारीले समेत ई–सेवामार्फत् बिटक्वाइनको रकम भुक्तानी हुने गरेको प्रष्ट हुन्छ।

ई-सेवाले विदेशी मुद्राको कारोबार गर्नेबारे प्रतिवादी माधव खनालले बयानमा भनेका छन्, ‘ज्ञानप्रसाद पौडेलले बिटक्वाइन किनेमा ई–सेवाबाट बैंकमा आफ्नो खातामा रकम पठाउन र डलर कार्ड बनाइसकेपछि स्वेदशी तथा विदेशी पैसा निकाल्न सकिने भनेर प्रमाणित नै गरेका देखाएका थिए।’ त्यसपछि आफूले पनि बिटक्वाइन किनेको बयान खनालले अदालतसमक्ष दिएका थिए।

कारोबारको विवरण र अभियुक्तहरूको बयानबाट बिटक्वाइनको अवैध कारोबारमा ई-सेवासमेत संलग्न देखिए पनि उसलाई यो मुद्दा प्रक्रियामा अभियुक्तबाट बाहिरै राखियो। उल्टो ई–सेवाकै कार्यकारी निर्देशक असगर अलीलाई विज्ञ भन्दै सरकारी साक्षी राखियो। उनले बयानमा विज्ञको रूपमा सरकारी अनुसन्धानलाई सघाएर मुद्दा बलियो बनाउनुको साटो उल्टै ई-सेवाले कुनै पनि विदेशी मुद्राको कारोबार नगरेको झुटो बयान दिए। अलीले बयानका भनेका छन्, ‘स्क्रिल अकाउन्टमा बिटक्वाइन जम्मा गर्न र सो बराबरको अमेरिकी डलर स्क्रिलले उपलब्ध गराउने र प्रयोगकर्ताको स्क्रिल अकाउन्टबाट ई–सेवाको अकाउन्टलाई लिंक गरी स्क्रिलमा भएको अमेरिकी डलरलाई आफ्नो ई–सेवा अकाउन्टमा नेपाली रुपैयाँमा जम्मा गरी ई–सेवामार्फत् सेवा लिन तथा रकमान्तर गर्न सकिँदैन।’

क्रिप्टोकरेन्सी कारोबार गर्न नेपालमा कानुनी अनुमति छैन
विद्युतीय कारोबारसम्बन्धी कानुनका विज्ञ तथा अधिवक्ता बाबुराम अर्याल नेपालको कानुनले क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार गर्न कसैलाई पनि अनुमति नदिएको बताए। ‘यसको कारोबारमा कुनै पनि रूपमा सहभागी हुने अधिकार कसैलाई कानुन दिएको देखिँदैन,’ अर्यालले भने, ‘यस्तो कार्यमा संलग्नमाथि विदेशी मुद्रा विनिमयको दुरुपयोग, बैंकिङ कसुरजस्ता कानुन आर्कषित भई उल्टो कारबाही हुन्छ।’

उनले बिटक्वाइन प्रविधिमा आधारित प्रोडक्ट भएको र यसलाई मौद्रिक रुपमै लिन जरुरी नभएकाले त्यही अनुसार अनुसन्धान गरेर कारबाही हुनसक्ने बताए। ‘बिटक्वाइनको कारोबारलाई कानुनी आँखामा हेर्दा र राज्यमा हाल उपलब्ध भएका कानुनको कसीमा हेर्दा यसमा संलग्नलाई उन्मुक्ति दिन मिल्दैन,’ उनले भने  ‘बैंकहरूको नियमन गर्ने र अनुमति दिने निकाय नेपाल राष्ट्र बैंकको नोटिसले पनि यसलाई नेपालमा अनुमति छैन भनेको छ। त्यसैले यस्तो कारोबार वैधानिक हो भन्न सकिन्न।’ 

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

विनिमय अधिकार पत्र ऐनअनुसार पनि यसलाई वैधानिक भन्न नसकिने उनको तर्क छ। ‘कानुनी वैधताको परीक्षण हेर्दा यो बैकिङ गतिविधि हो/होइन र हाम्रो बैकिङसम्बन्धी कारोबारमा पर्छ कि पर्दैन भनेर पनि हेर्नुपर्ने हुन्छ,’ अर्यालले भने, ‘वैदेशिक विनिमय नियमित गर्ने ऐन र पछिल्लो समय आएका डिजिटल वालेटहरूका लागि भुक्तानी फर्स्योट ऐन छ, त्यसले नै हेर्छ।’ उनले त्यही कानुनले के गर्न मिल्ने र नमिल्ने कुरा स्पष्ट उल्लेख गरेको र यसले परिभाषा गरेका कुरा हेर्दा किप्टोकरेन्सीसम्बन्धी कारोबारमा कुनै पनि संलग्नता हुने अधिकार नदिएको बताए।

(कभरमा भएको ब्याकग्राउन्ड फोटो : ओएमजी नेपाल)

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
बैकिङ क्षेत्र सुधारका लागि सुझाव उपसमिति गठन, संयोजकमा कार्की रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्र... बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते, तीन जनाको अवस्था गम्भीर शनिबार, जेठ ३१, २०८२
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु शनिबार, जेठ ३१, २०८२
इमेज सहकारीका पीडितले लगाए संस्थापक अध्यक्ष तथा मेयर नेपालीको घरमा ताला शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
दुई बुँदे सहमतिबारे प्रचण्डले - एक महिनाभित्र छानबिन समिति नबने फेरि आन्दोलन गर्छौं शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्