• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्ति

64x64
नारायण अधिकारी बिहीबार, असार ४, २०७७  २०:२५
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको 'गेट–वे' बाइपास गरेर नेपाली अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध बिटक्वाइनको पूर्ण अनुसन्धान नै नगरी अधुरो मुद्दा दर्ता गरिएको पुष्टि भएको छ। नेपाल लाइभलाई प्राप्त डकुमेन्टअनुसार बिटक्वाइनबापतको रकमको कारोबारमा प्रत्यक्ष संलग्न देखिएको कम्पनीलाई उन्मुक्ति दिएर बिटक्वाइनको अवैध कारोबारसम्बन्धी मुद्दा दायर गरिएको पाइएको हो। पक्राउ परेका आरोपीले बिटक्वाइनको कारोबारमा ई-सेवाको संलग्नता खुलाएका थिए। तर अनुसन्धानमा उसले उन्मुक्ति पाएको देखिएको हो।

अभौतिक मुद्रा बिटक्वाइनको कारोबार भौतिक कारोबार हुँदैन। यसरी अभौतिक रूपमा कारोबार हुने थुप्रै प्रकारका मुद्रा विश्वबजारमा प्रचलनमा छन्। ग्राभिटीक्वाइन पनि बिटक्वाइनजस्तै अभौतिक मुद्रा हो। कतिपय देशले यस्ता मुद्रालाई कानुनी वैधता दिएका छन् भने कतिपयले कानुनी मान्यता दिएका छैनन्। नेपालले पनि बिटक्वाइनलगायत कुनै पनि अभौतिक मुद्रालाई कानुनी मान्यता दिएको छैन भने यस्ता मुद्राको कारोबार गर्नु गैरकानुनी मानिने भनेर राष्ट्र बैंकले स्पष्ट पारिसकेको छ। तर नेपालमा लुकीछिपी यसको कारोबार हुने गरेको पाइएको थियो। यसमा विभिन्न व्यक्ति तथा कम्पनीहरू संगठित रूपमा लागेको प्रहरीले उजागर गरेको थियो।

नेपालमा बिटक्वाइन अवैध रहेको भन्ने राष्ट्र बैंकको सूचना प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अपरेसन गरेर ठूलो मात्रामा उपकरणसहित केही व्यक्ति पक्राउ गरेको थियो। तर तीमध्ये केहीलाई उन्मुक्ति दिएको र केही व्यक्तिमाथि सम्बन्धित निकायले अनुसन्धान नै नगरेको खुलेको छ।

सिआइबीको अपरेसनमा पक्राउ परेकाहरुले बिटक्वाइन कारोबारमार्फतको रकम ई-सेवामार्फत लेनदेन गर्ने गरेको बयान दिएका थिए। पक्राउ परेकामध्ये ज्ञानप्रसाद पौडल बिटक्वाइन कारोबारका मुख्य नाइके मध्ये एक हुन्। उनले नेपालमा रहेका विभिन्न व्यक्तिहरुलाई बिटक्वाइनको बारेमा जानकारी गराउने र बिटक्वाइन खरिद गराउन लगाउने गरेका थिए। 

पौडेलले बिटक्वाइन खरिद बिक्री गरेर ८ लाख रुपैयाँ आम्दानीसमेत गरेको बयानमा उल्लेख छ। उनले माधव खनाल, बिन्दा ढकाल, मिङमार लामा, प्रशान्त प्रताप शाहलगायतलाई समेत बिटक्वाइन बारेको प्रशिक्षण दिएका थिए। सो क्रममा उनले यसको कारोबार गर्ने तरिकाका बारेमा जानकारी दिँदै ई-सेवामार्फत कारोबार हुने प्रष्ट्याएका थिए। यसबारे प्रतिवादी माधव खनालले बयानमा भनेका छन्, ‘ज्ञानप्रसाद पौडेलले बिटक्वाइन किनेमा ई-सेवाबाट बैंकमा आफ्नो खातामा रकम पठाउन र डलर कार्ड बनाइसकेपछि स्वेदशी तथा विदेशी पैसा निकाल्न सकिने भनेर प्रमाणित नै गरेका देखाएका थिए।’

यसरी बिटक्वाइन वैधानिक रहेको र ई-सेवामार्फत् नै कारोबार हुने भन्ने प्रमाणित गरेर देखाएपछि खनालले समेत ज्ञानप्रसाद पौडेलबाट २०७३ माघमा प्रति क्वाइन १० सेन्टको दरले ५ सय अमेरिकी डलर बराबरको ५ हजार २ सय ५० संख्यामा ग्राभिटी- क्वाइन किनेको बयान दिएका थिए।

खनालले दिएको यो बयानले नेपाली अर्थतन्त्रलाई धराशायी बनाउने अवैध बिटक्वाइनको कारोबारमा ई-सेवा संलग्न रहेको देखाउँछ। यसबारे थप जानकारी दिँदै बिटक्वाइनको अनुसन्धान गरेका एक प्रहरी बताउँछन्, ‘पक्राउ परेका सबैले यसको आर्थिक कारोबार ई-सेवामार्फत् हुने नै बयान दिएका थिए। हाम्रो अनुसन्धानले पनि त्यही देखाएको थियो। तर ई-सेवाविरुद्ध मुद्दा किन चलने भन्ने प्रश्न भने मलाई नसोध्नु होला।’

Ncell 2
Ncell 2
nimb
nimb

ई-सेवा विरुद्ध मुद्दा नचल्नु पछाडिको आशयका बारेमा केही संकेत गरे पनि उनले योभन्दा बढी खुलाउन चाहेनन्। सिआइबीको अनुसन्धानले बिटक्वाइनको कारोबारमा ई-सेवा पनि संलग्न रहेको पाइएपछि ई-सेवा माथि अनुसन्धान गर्ने भन्दै यसको वैधानिकताका राष्ट्र बैंकलाई समेत त्यसबेला पत्राचार गरेको थियो। सिआइबीको पत्रको जवाफ राष्ट्र बैंकले २०७४ कात्तिक १ मा पठाएको थियो। जसमा बिटक्वाइन कारोबार गैरकानूनी रहेको र नेपालबाहेक अन्य मुलुकमा बिटक्वाइनसम्बन्धी कारोबार विदेशी विनिमय कारोबार अन्तर्गत पर्ने बताएको थियो।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

राष्ट्र बैंकले सिआइबीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘नेपालमा नेपाल राष्ट्र बैंकले मात्रै विदेशी मुद्रा सटही गर्न सक्छ। नेपालमा विदेशी नागरिकलाई रकम भुक्तानी गर्दा नेपाली मुद्रामा मात्रै गरिन्छ। नेपालमा बिटक्वाइन गैरकानूनी वित्तीय उपकरणहरुको रुपमा रहेकाले कुनै पनि निकायबाट गरिने बिटक्वाइन कारोबार कानून सम्मत देखिँदैन। बिटक्वाइनमार्फत् ई-सेवाले नेपालमा वस्तु तथा सेवा खरिद गर्न तथा सोबाट बैंकमा रकमान्तर गरी बैंकबाट रकम भुक्तानी गर्न कानुनतः मिल्दैन।’

राष्ट्र बैंकले बिटक्वाइनबारे जारी गरेको सूचना।

ई-सेवाले विदेशी मुद्रा रकमान्तरको कुनै कानूनी वैधता नपाएको भन्ने राष्ट्र बैंकको पत्र आएपछि सिआइबीले ई-सेवामाथि अनुसन्धान गर्ने बाटो खुलेको थियो। तर यति हुँदाहुँदै पनि सिआइबीले ई-सेवामाथि अनुसन्धान गर्ने अनुमति नै पाएन।

अनुसन्धान नगरी मुद्दा दायर
अवैध कारोबार गर्दै आएको बिटक्वाइनको अनुसन्धान गर्ने क्रममा अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी)को काम गरिरहेको ई-सेवा समेत अवैध भर्चुअल मनि अर्थात् क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबारमा संलग्न रहेको खुलेको थियो। नेपाल राष्ट्र बैंकको पत्रले समेत बिटक्वाइन कारोबार अवैध रहेको र ई-सेवामार्फत कारोबार भए त्यो पनि अवैध रहेको बताएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर ई-सेवामाथि सिआइबीले अनुसन्धान नै गर्न पाएन। नेपाल राष्ट्र बैंकले ई-सेवामाथि आफै अनुसन्धान गर्ने दाबी गर्‍यो। जबकि वित्तीय अपराधको अनुसन्धानका लागि राष्ट्र बैंकले सिआइबीमै पठाउने गर्दै आएको छ।

२५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने मिति सकिन लागेपछि सिआइबीले ई-सेवामाथिको अनुसन्धानका बारेमा राष्ट्र बैंकसँग जवाफ माग गरेको थियो। यसै क्रममा राष्ट्र बैंकले सिआइबीलाई पत्र पठायो। ‘केन्द्रीय अनुसन्धान ब्यूरोको पत्रका सम्बन्धमा यस बैंकबाट ई-सेवाको निरीक्षण जारी रहेको र सोको प्रतिवेदन प्राप्त भए पश्चात त्यहाँबाट माग भए बमोजिमको थप विवरण उपलब्ध गराउने छौं,’ लेखिएको थियो।

२५ दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानूनी प्रावधानको अन्तिम दिनमा राष्ट्र बैंकले ई-सेवाका बारेमा कुनै कुरा नखुलाएपछि सिआइबीले ई-सेवालाई आरोपीको सूचीमा समावेश नगरी अन्य १० जनालाई आरोपी बनाएर अनुसन्धान प्रतिवेदन बुझायो। 

दुई वर्षअघि अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि ई-सेवाको प्रतिवेदन बुझाउने राष्ट्र बैंकले पत्र पठाए पनि अहिलेसम्म उसले कुनै पत्र नपठाएको सिआइबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। यसबारे राष्ट्र बैंकका निर्देशक रमेश आचार्यसँग जिज्ञासा राख्दा अनविज्ञता प्रकट गरे।

‘नेपाल राष्ट्र बैंकले बिटक्वाइनलाई प्रतिबन्ध लगाएको छ। बिटक्वाइनको कारोबार बैंकिङ च्यानलबाट थाहा नहुने भएकाले यसको अनुसन्धान धेरै नै जटिल देखियो,’ निर्देशक आचार्याले भने। यसबारे ई-सेवाका सिइओ रोशन लामिछानेले भने, ‘विश्वमा बिटक्वाइन चलिरहेको छ। नेपालमा हामी तपाईहरुमार्फत् कारोबार गर्छौं भन्दै चार जना मान्छे हाम्रो अफिसमै आएका थिए। उहाँहरुलाई हामीले बिटक्वाइन गैरकानुनी छ भनेर पठाएका थियौं। पछि उहाँहरुले बिटसेवा प्रालि भनेर कम्पनी खोल्नुभयो। प्यान पनि लिनुभयो। सबै कागजात लिएर फेरि हामीकहाँ आउनुभयो। तर कानुनी रूपमा यो काम गर्न मिल्दैन भनेर हामीले फिर्ता पठायौं।’

लामिछानेले यसो भने पनि ई-सेवाकै लोगो हालेर अवैध बिटक्वाइनको कारोबार भएको खुलेको थियो। उक्त कारोबारबारे स्वीकार गर्दै उनले भने, ‘ई-सेवालाई दुरुपयोग गर्दै कारोबार गर्ने गरेको देखिएकै हो। ई-सेवामा कुन स्रोतबाट आएको रकम कारोबार गर्न लाग्नु भएको हो भन्ने विकल्प हामीले राखेको छौं। तर लेख्नेले बिटक्वाइनको नलेखेर अन्य कुनै स्रोत खुलाउँदा यस्तो अवस्था हो।' 

ई-सेवाकै अनुसार पनि उनीहरुलाई नै प्रयोग गर्दै अवैध बिटक्वाइनको कारोबार भएको प्रष्ट भए पनि ई-सेवालाई उन्मुक्ति दिँदै मुद्दा दायर भएको हो।

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २०:२५
  • #bitcoin

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्