• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यै

64x64
नारायण अधिकारी बुधबार, चैत ५, २०७६  ०७:३०
1140x725

काठमाडौं- कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दाको पेशी साढे २ वर्षदेखि सरेको सर्‍यै छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ४ करोडभन्दा बढी बिगो माग दाबी गर्दै सरकारी वकिलमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको साढे दुई वर्ष पुग्न लाग्दासमेत सो मुद्दाको छिनोफानो हुन सकेको छैन।

मुद्दा २०७४ कात्तिक १२ मा दर्ता भएको थियो। त्यसयताका २८ महिना २० दिनमा विभिन्न कारण देखाउँदै १५ पटकसम्म पेशी  सरेको छ।

२०७४ साउन २९ गते नेपाल राष्ट्र बैंकले ‘बिटक्वाइन कारोबार गैरकानुनी रहेको बारे’ सार्वजनिक सूचना जारी गरेको थियो। जसमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९ बमोजिम नेपालमा बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्ण रुपमा गैरकानुनी रहेको उल्लेख थियो। 

राष्ट्र बैंकले सूचना प्रकाशन गरेको केही महिनापछि सिआइबीले २०७४ असोज १८ र १९ गते पहिलोपटक काठमाडौं र चितवनमा एकैपटक बिटक्वाइनविरुद्ध अपरेशन गरेको थियो। जसक्रममा ७ जना पक्राउ परेका थिए।

बिटक्वाइन कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रशान्तप्रताप शाहले दोलखाको तामाकोसी गाउँपालिका-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घर भाडामा लिई बिटक्वाइन माइनिङको काम गर्ने गरेको खुलेपछि असोज ६ गते छापा मारेर सिआइबीले ठूलो मात्रामा सामानहरु बरामद गरेको थियो।

सिआइबीको अपरेशनमा विभिन्न मितिमा पक्राउ परेकामध्ये १० जनाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा चलेको थियो। तर सो मुद्दामा अहिलेसम्म सुनुवाइ नै हुन सकेको छैन।

मुद्दा दायर भएपछि पहिलो पटक २०७४ फागुन २१ गते पेशी तोकिएको थियो। न्यायाधीश शिवप्रसाद खनालको इजलाशमा पेशी परे पनि स्थगित भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि २०७४ चैत ४ गतेलाई पेशी तोकिएकोमा वतन खुलाउने आदेश दिइएको थियो। त्यसबेला पनि न्यायाधीश खनालकै इजालासमा पेशी थियो। त्यसपछिका लगातार ८ वटा पेशी भने न्यायाधीश मोहनराज भट्टराईको इजलासमा परेको थियो। बकपत्र गराउने, साक्षी बुझ्ने र प्रमाण बुझने आदेश गरी चार वटा आदेश भएका थिए भने ४ पटक पेशी स्थगित गरिएको थियो।

सरकारी वकिल कार्यालयबाट २ पटक, प्रतिवादीका वकिलबाट १ पटक र १ पटक सार्वजनिक बिदाका कारण पेशी स्थगित भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।

त्यसपछिका ५ वटा पेशी भने न्यायाधीश बाबुराम सुवेदीको इजलासमा परेको थियो।  जसमा प्रतिवादीको कानुन व्यवसायीबाट र सरकारी वकिल कार्यालयबाट गरी २ पटक स्थगित गराइयो भने प्रमाण झिकाउने र बहस नोट पेश गर्न लगाउने भन्दै २ पटक आदेश भएको छ। 

प्रतिवादीहरुले अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेका थिए।

अन्तिम पटक गत फागुन २७ गतेलाई चढेको पेशी त्यसको १५ दिनपछि पुनः पेशी चढ्ने छ। तर पनि अहिले नै यो मुद्दाको किनारा लाग्ने संकेत भने देखिएको छैन।

को-को छन् प्रतिवादी ?

सर्वसाधारण व्यक्तिदेखि प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्यसहित १० जनालाई प्रतिवादी बनाउँदै बिटक्वाइनको मुद्दा दायर भएको थियो।

जसमा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य दमन बस्नेत, सिन्धुलीको कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको खन–७ का ३४ वर्षीय माधव खनाल, सोही ठाउँका सञ्जय खनाल, काठमाडौं–४ भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाह छन्। 

त्यस्तै नुवाकोट बेलकोट–५ की २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोकको हेलम्बु–७ का मिङमार तामाङ, रुपन्देही उपमहानगरपालिका–११ का मनिषकुमार गिरी, ताप्लेजुङका २१ वर्षीय विश्वविक्रम राई र स्याङ्जाको बिरुवा–१ का सौगातकुमार वाग्लेविरुद्ध मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएका यी १० जनाको भूमिका भने फरक थियो। प्रशान्तप्रताप शाहले बिटक्वाइन कारोबारको क्रममा आफूले बिटएक्सनेपाल डटकम वेबसाइड खोली बिटक्वाइन सट्टापट्टाको कारोबार गर्ने गरेको बयान दिएका थिए। मनिषकुमार गिरीले आफ्नो फेसबुक पेजमा बिटक्वाइन प्रचार गर्ने गरेको, प्रशान्तले बिटक्वाइनको माइनिङ गर्न दोलखामा उपकरण जडान गरेका पाइएकाले उनले बिटक्वाइन माइनिङ गर्ने गरेको प्रष्ट हुन्छ। 

माधव खनालले ज्ञानप्रसाद पौडेलबाट ग्राभिटी क्वाइन खरिद गर्ने गरेको, बिन्दा ढकालले वालेटमा ग्राभिटी क्वाइन जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो। त्यस्तै दमन बस्नेतले प्रशान्तबाट बिट क्वाइनसम्बन्धी कारोबारको जानकारी लिएर बिटक्वाइन खरिद गरी कारोबार गरेको देखिएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ।

४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर भएको थियो। बिगोसँगै ऐनको दफा ९६ (१) बमोजिम सजायको माग गरिएको थियो। अभियोग प्रमाणित भएमा दफा ९६ (१) अनुसार उनीहरुलाई बढीमा ७ वर्षसम्म कैद हुन सक्ने प्रावधान छ। 

उक्त बिटक्वाइन बस्नेतले आफ्ना भतिजा सौगात वाग्लेको मोबाइलमा राखेका थिए। ज्ञानप्रसाद पौडेलले प्रशान्त र अभिनाश साहसँग पटक–पटक बिटक्वाइन खरिद गरेको अनुसन्धानमा खुलेको थियो। मिङमार तामाङसँग १३ वटा क्रिप्टोकरेन्सी वालेट रहेको पाइएको थियो। सौगातकुमार वाग्ले र दमन बस्नेतले आफ्नो मोबाइलमा कोपे एप्स राखी त्यसमा बिटक्वाइन जम्मा गर्ने गरेका थिए।

त्यस्तै अर्का प्रतिवादी विश्वविक्रम राईले ड्रिम क्वेस्ट इन्भेष्टमेन्ट प्रालि कम्पनीको नाममा बैकमा खाता खालेर बिटक्वाइनको कारोबार वापतको रकम जम्मा गर्ने गरेका थिए। 

यसरी प्रतिवादीहरुले अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेका थिए।

नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा ९५ मा राष्ट्र बैंकबाट अनुमति नलिई बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सी खरिद-बिक्री कसैले गरेर विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा यस ऐन बमोजिमको कसुर ठहरिने उल्लेख छ। यी प्रतिवादीहरुले दफा ९५ अनुसारको कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो। 

सिआइबीले प्रतिवादी प्रशान्तको हकमा उनले १ करोड १५ लाख ४७ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिटक्वाइन कारोबार गरेको देखिएकाले त्यसबारेको बिगो माग दाबी गरेको थियो। 

ज्ञानप्रसादको हकमा २ करोड २१ लाख ३६ हजार ९ सय ७० रुपैयाँ, मिङमार तामाङको हकमा ५९ लाख १६ हजार ५३ रुपैयाँ, मनिषकुमारसँग ३ लाख ३६ हजार ३ सय ९७ रुपैयाँ,  बिन्दा ढकाललाई २ लाख ६२ हजार ७ सय ५० रुपैयाँ, माधव खनाल र सञ्जय खनाललाई ५२ हजार ५ सय ५० रुपैयाँ, दमन बस्नेत र सौगातकुमार वाग्लेलाई ४ लाख ५० हजार ४ सय ८९ र विश्वविक्रम राईको हकमा  २ लाख ६४ हजार गरी जम्मा ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर भएको थियो। 

उनीहरुलाई उक्त बिगोसँगै ऐनको दफा ९६ (१) बमोजिम सजायको माग गरिएको थियो। अभियोग प्रमाणित भएमा दफा ९६ (१) अनुसार उनीहरुलाई बढीमा ७ वर्षसम्म कैद हुन सक्ने प्रावधान छ। 

इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। 

त्यसबेला अदालतमा उपस्थित भएका उनीहरु भने ४२ लाख धरौटी तिरेर जिल्ला अदालत काठमाडौंबाट तारेखमा रिहा भएका थिए। उनीहरुको मुद्दाको छिनोफानो हुन भने बाँकी नै छ।

के हो बिटक्वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्वाइनको प्रयोग सुरु गरेका थिए। सन् २००९ मा १० सेन्टबाट सुरु भएको बिट क्वाइनको कारोबार अहिले ४ लाख ४३ हजारसम्म पुगेको छ। यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणली हो।

विश्वमा अहिले ११ सय भन्दा बढी क्रिप्टाेकरेन्सी प्रचलनमा रहेका छन्। यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोवार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोवारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ।

विश्वमा अहिले बिटक्वाइनमा लगानी बढिरहेको छ। बिटक्वाइन एक प्रकारको भर्चुअल पैसा हो। यसको इलोक्ट्रोनिक कारोबारमात्रै गर्न मिल्छ। डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजी रुपमा छापिँदैन। तर कम्युटर सफट्वेयरमार्फत् विश्वभरका मान्छले यसको कारोबार गर्न सक्छन्। 

इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। 

बिटक्वाइन सेयरजस्तै गरी रकम बढ्ने, पहिचान तथा रकमको स्रोत खुलाउन नपर्ने हुन्छ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०७:३०
  • #बिटक्वाइन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्