• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर

ई-सेवापछि अनुसन्धान खल्तीतर्फ सोझियो
64x64
नारायण अधिकारी बिहीबार, असार २५, २०७७  १७:४९
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको 'गेट–वे' छलेर नेपाली अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध बिटक्वाइन कारोबारमा जोडिएको डिजिटल भुक्तानी अर्थात् फोन-पे सेवा (ई-सेवा) सट्टेबाजी (बेटिङ)मा पनि संलग्न रहेको पाइएको छ।

मोबाइल फोन र इन्टरनेटमार्फत विद्युत, खानेपानी, टेलिफोन, हवाई टिकट, बस टिकट, विभिन्न अनलाइन किनमेल तथा ई-सेवाका एक ग्राहकबाट अर्का ग्राहकमा रकम ट्रान्सफर गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ई-सेवाको दुरुपयोग गर्दै अवैध कारोबार हुने गरेको खुलेको हो। 

फुटबल, क्रिकेटलगायतका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको हारजितमा राखिने सट्टेबाजीको रकम ई-सेवाबाट भुक्तानी हुने गरेको सूचना केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पुगेको छ। ई-सेवाबाट सट्टेबाजी भइरहेको प्रमाण भने ई-सेवा आफैँले पेश गरेको छ। तर यसको कानुनी उपचारका बारेमा ई-सेवा भने मौन देखिएको छ। ई-सेवाले पठाएको एक इ-मेलबाट बेटिङको कारोबार भइरहेको पुष्टि गर्छ। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदनसोमबार, असार १५, २०७७

नेपाल लाइभलाई प्राप्त उक्त ई-मेल ई-सेवाले 'बेटिङ'को कारोबार गर्ने 'वानएक्स बेट डटकम'लाई पठाएको हो। गत मे १७ तारिखमा ई-सेवाकै रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाएन्स असिसटेन्स म्यानेजर शिशिर पौडेलले उक्त ई-मेल गरेका थिए। ‘ई-सेवाले वानएक्स बेट डटकमलाई बारम्बार चेतावनी तथा अनुरोध गर्दै बेटिङका लागि ई-सेवा प्रयोग नगर्न आग्रह गदर्छ,’ इ-मेल भनिएको छ। ई-सेवाले पठाएको यो मेलबाटै प्रष्ट हुन्छ कि, ई-सेवाको प्रयोग गरेर लगातार बेटिङ रकम ट्रान्सफर भइरहेको छ।

ई-सेवामार्फत् अवैध बेटिङको रकम ट्रान्सफर निरन्तर भइरहेपछि अन्तिम चेतावनी भन्दै ई-सेवाले वानएक्स बेट डटकमलाई मेल लेखेको थियो। वानएक्स बेट डटकमसँग रकम ट्रान्सफरका लागि कुनै सम्झौता ई-सेवाले नगरेकाले यस्तो कार्य बन्द गर्न आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमितेशुक्रबार, असार १२, २०७७

'नेपालमा बाजीजन्य विषय वैधानिक नभएकाले ई-सेवाले यस्ता किसिमका अवैधानिक क्रियाकलापलाई सहयोग गर्दैन‚ त्यसैले यस्ता शर्त/बाजीका लागि ई-सेवा प्ल्याटफर्मको प्रयोग नगर्नुहुन र यसैलाई अन्तिम चेतावनीको रूपमा लिनुहोला,' ई-सेवाका पौडेलले वान एक्स बेट डटकमलाई लेखेको ईमेलमा भनिएको छ, 'तपाईंको कम्पनीसँग हाम्रो कुनैपनि कारोबारका लागि औपचारिक सहमति भएको छैन। त्यसैले यस्ता अवैधानिक क्रियाकलापका लागि ई-सेवा प्ल्याटफर्मको प्रयोग नगर्नुहुन अनुरोध गर्दछौं। यदि त्यसो नगरेमा हामी तपाईंविरूद्ध कानुनी बाटो अपनाउन बाध्य हुनेछौं।'

ई-सेवाको यो इ-मेलबाट ई-सेवामार्फत् निरन्तर बेटिङको रकम ट्रान्सफर भइरहेको देखिएको सिआइबीले स्रोतले नेपाल लाइभलाई जानकारी दियो। यस विषयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। 'नेपालमा बेटिङ अवैध भन्ने जानेको कम्पनीले हामीलाई जानकारी नदिनु नै शंकास्पद हो, विद्युतीय भुक्तानी र नेपालको कानुनी व्यवस्थाका सम्बन्धमा कम्पनी जति गम्भीर हुनुपर्ने थियो, त्यो नभएको पाइएको छ,' सिआइबी स्रोतले भन्यो। 

Ncell 2
Ncell 2

स्रोतका अनुसार रसियाको दुई नम्बर वानएक्स बेटले नेपालमाम आफ्नो बेटिङ धन्दा चलाउँदै आएको छ। ७९२६७९७३४०२ र ७९२५९२६७८०५ नम्बरमा इमोको प्रयोग गरी बेटिङको काम हुने गरेको पाइएको छ। यी नम्बर कसले प्रयोग गरेको छ, कहाँका व्यक्ति हुन् भन्नेबारे केही खुलिसकेको छैन। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?बिहीबार, असार ११, २०७७

यी दुई वटा नम्बरबाट नेपालमा एजेन्ट बनाएर अनलाइन जुवा र बेटिङ धन्दा हुने गरेको सिआइबी स्रोतको भनाइ छ। ई-सेवामार्फत् रकमको कारोबार गर्नका लागि ई-सेवाको ग्राहक हुनुपर्दछ। स्रोतका अनुसार ई-सेवाको अकाउन्ट भएका व्यक्तिलाई १३ प्रतिशतसम्म रकम दिएर एजेन्ट बनाउने र बेटिङ धन्दा चलाउने गरेको पाइएको छ। ‘कारोबार हुने गरेको पाइए पनि यसको अनुसन्धान भने जटिल छ। कारोबार भएको मितिबाट दुई दिनपछि कुनै पनि डिटेल भेट्न सकिदैन,’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

ई-सेवाको कारोबार क्षेत्र नेपाल मात्रै हो। तर ई-सेवाका ग्राहकले अवैध रकम एक व्यक्तिको खाताबाट अर्को व्यक्ति हुँदै निकालेर बाहिरी मुलुकसम्म पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ। स्रोतले दिएको जानकारी ई-सेवाको खाताबाट नेपालमा प्रतिबन्धित खेलमा भाग लिन तथा प्रतिबन्धित इन्टरनेट सामग्री खरिदमा समेत प्रयोग हुँदै आएको छ। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्तिबिहीबार, असार ४, २०७७

ई-सेवामार्फत हुने बेटिङ कारोबारको नेपालको व्यवस्थापक को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। ‘यो बेटिङमा केही नेपालीका मुख्य भूमिका रहेको देखिएको छ। त्यो बिना धन्दा चलाउन सहज छैन,' स्रोतले भन्यो, 'सिधै ई-सेवाबाट रकम बाहिर मुलुकमा ट्रान्सफर गर्न नमिल्ने भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिको खातामा जम्मा गर्ने र त्यसपछि निकालेर हुण्डीलगायत अन्य माध्यमबाट विदेशसम्म रकम जाने गरेको छ। यसमा ककसको संलग्नता छ भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौ।’

दुई वर्षअघिसम्म सट्टेबाजका नेपाल नाइके नागराज र अमृत भनेर चिनिने नथमल अग्रवाल थिए। अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर उनले नेपालमा सट्टेबाजी धन्दा चलाउँदै आएका थिए। 

उनले एक महिनामै इन्डियन प्रिमियर लिग (आइपिएल) सट्टेबाजीका काम गर्ने भन्दै २ करोड ४० लाख रुपैयाँ ठगी गरेका थिए। सुरुमा नागराज गौरव तिवारीको समूहमा मिलेर सट्टेबजाको धन्दा चलाएका थिए। पछि उनीहरुबीच खटपट भएपछि छुट्टाछुट्दै बेटिङको धन्दा चलाएका थिए। अहिले ई-सेवामार्फत हुने बेटिङमा कसको संलग्नता छ भन्ने प्रहरीले छुट्याइसकेको छैन।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

ई-सेवामार्फत हुने गरेको बेटिङ कारोबारको विवरण पनि नेपाल लाइभले प्राप्त गरेको छ। प्राप्त विवरणअनुसार पेमेनट डिटेल्सको पुछारमा 'बैंक नेम' भन्ने ठाउँमा ई-सेवा उल्लेख छ। ट्रान्सफर आइडीमा ९८१३१४६१३७ नम्बर उल्लेख गरिएको छ। नेम बिएन स्टोर, सावधान भन्दै तल लेखिएको छ, ‘पैसा ट्रान्सफर ३० मिनेटभित्र गर्नुहोला, ट्रान्सफर गर्दा रिमार्कमा आफ्नो खेल खाता नम्बर वा आफ्नो फोन नम्बर मात्र लेख्नु होला। अन्यथा रकम प्रमाणीकरण नहुन सक्नेछ।’ सोही प्रकृतिको बेटिङ कारोबार ९८१३१४१६८९ बाट पनि भएको देखिएको छ।

यसरी ई-सेवामार्फत् हुने बेटिङ अहिले खल्तीबाट पनि भइरहेको सिआइबीले जनाएको छ। ‘हामीले ई-सेवामाथि निगरानी बढाउन थालेपछि अहिले सोही प्रकृतिको खल्तीबाट सट्टेबाजी रकम ट्रान्सफर हुने गरेको छ। यसको विवरण पनि हामी केलाउँदै छौं,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने। यसरी ई-सेवामार्फत ठूलो रकम अवैध रुपमा बाहिरिएको थाहा हुँदाहुँदै पनि ई-सेवाले प्रहरीमा उजुरी दिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) सल्लाहकारसमेत रहेका असगर अलीले संचालन गरेको एफवान सफ्ट कम्पनीको सिस्टर कम्पनी ई-सेवा हो। सत्ता र शक्तिको आडमा गैरकानुनी गतिविधि गरेपनि उनी सरकारी साक्षीका रूपमा समेत अदालत उपस्थित भएर आफ्नो कम्पनीका गैरकानुनी गतिविधिको बचाउ गर्दै आएकोबारे नेपाल लाइभले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:४९
  • #ई-सेवा
  • #E-Sewa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्