• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर

ई-सेवापछि अनुसन्धान खल्तीतर्फ सोझियो
64x64
नारायण अधिकारी बिहीबार, असार २५, २०७७  १७:४९
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकको 'गेट–वे' छलेर नेपाली अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध बिटक्वाइन कारोबारमा जोडिएको डिजिटल भुक्तानी अर्थात् फोन-पे सेवा (ई-सेवा) सट्टेबाजी (बेटिङ)मा पनि संलग्न रहेको पाइएको छ।

मोबाइल फोन र इन्टरनेटमार्फत विद्युत, खानेपानी, टेलिफोन, हवाई टिकट, बस टिकट, विभिन्न अनलाइन किनमेल तथा ई-सेवाका एक ग्राहकबाट अर्का ग्राहकमा रकम ट्रान्सफर गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ई-सेवाको दुरुपयोग गर्दै अवैध कारोबार हुने गरेको खुलेको हो। 

फुटबल, क्रिकेटलगायतका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको हारजितमा राखिने सट्टेबाजीको रकम ई-सेवाबाट भुक्तानी हुने गरेको सूचना केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पुगेको छ। ई-सेवाबाट सट्टेबाजी भइरहेको प्रमाण भने ई-सेवा आफैँले पेश गरेको छ। तर यसको कानुनी उपचारका बारेमा ई-सेवा भने मौन देखिएको छ। ई-सेवाले पठाएको एक इ-मेलबाट बेटिङको कारोबार भइरहेको पुष्टि गर्छ। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदनसोमबार, असार १५, २०७७

नेपाल लाइभलाई प्राप्त उक्त ई-मेल ई-सेवाले 'बेटिङ'को कारोबार गर्ने 'वानएक्स बेट डटकम'लाई पठाएको हो। गत मे १७ तारिखमा ई-सेवाकै रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाएन्स असिसटेन्स म्यानेजर शिशिर पौडेलले उक्त ई-मेल गरेका थिए। ‘ई-सेवाले वानएक्स बेट डटकमलाई बारम्बार चेतावनी तथा अनुरोध गर्दै बेटिङका लागि ई-सेवा प्रयोग नगर्न आग्रह गदर्छ,’ इ-मेल भनिएको छ। ई-सेवाले पठाएको यो मेलबाटै प्रष्ट हुन्छ कि, ई-सेवाको प्रयोग गरेर लगातार बेटिङ रकम ट्रान्सफर भइरहेको छ।

ई-सेवामार्फत् अवैध बेटिङको रकम ट्रान्सफर निरन्तर भइरहेपछि अन्तिम चेतावनी भन्दै ई-सेवाले वानएक्स बेट डटकमलाई मेल लेखेको थियो। वानएक्स बेट डटकमसँग रकम ट्रान्सफरका लागि कुनै सम्झौता ई-सेवाले नगरेकाले यस्तो कार्य बन्द गर्न आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमितेशुक्रबार, असार १२, २०७७

'नेपालमा बाजीजन्य विषय वैधानिक नभएकाले ई-सेवाले यस्ता किसिमका अवैधानिक क्रियाकलापलाई सहयोग गर्दैन‚ त्यसैले यस्ता शर्त/बाजीका लागि ई-सेवा प्ल्याटफर्मको प्रयोग नगर्नुहुन र यसैलाई अन्तिम चेतावनीको रूपमा लिनुहोला,' ई-सेवाका पौडेलले वान एक्स बेट डटकमलाई लेखेको ईमेलमा भनिएको छ, 'तपाईंको कम्पनीसँग हाम्रो कुनैपनि कारोबारका लागि औपचारिक सहमति भएको छैन। त्यसैले यस्ता अवैधानिक क्रियाकलापका लागि ई-सेवा प्ल्याटफर्मको प्रयोग नगर्नुहुन अनुरोध गर्दछौं। यदि त्यसो नगरेमा हामी तपाईंविरूद्ध कानुनी बाटो अपनाउन बाध्य हुनेछौं।'

ई-सेवाको यो इ-मेलबाट ई-सेवामार्फत् निरन्तर बेटिङको रकम ट्रान्सफर भइरहेको देखिएको सिआइबीले स्रोतले नेपाल लाइभलाई जानकारी दियो। यस विषयमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। 'नेपालमा बेटिङ अवैध भन्ने जानेको कम्पनीले हामीलाई जानकारी नदिनु नै शंकास्पद हो, विद्युतीय भुक्तानी र नेपालको कानुनी व्यवस्थाका सम्बन्धमा कम्पनी जति गम्भीर हुनुपर्ने थियो, त्यो नभएको पाइएको छ,' सिआइबी स्रोतले भन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतका अनुसार रसियाको दुई नम्बर वानएक्स बेटले नेपालमाम आफ्नो बेटिङ धन्दा चलाउँदै आएको छ। ७९२६७९७३४०२ र ७९२५९२६७८०५ नम्बरमा इमोको प्रयोग गरी बेटिङको काम हुने गरेको पाइएको छ। यी नम्बर कसले प्रयोग गरेको छ, कहाँका व्यक्ति हुन् भन्नेबारे केही खुलिसकेको छैन। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?बिहीबार, असार ११, २०७७

यी दुई वटा नम्बरबाट नेपालमा एजेन्ट बनाएर अनलाइन जुवा र बेटिङ धन्दा हुने गरेको सिआइबी स्रोतको भनाइ छ। ई-सेवामार्फत् रकमको कारोबार गर्नका लागि ई-सेवाको ग्राहक हुनुपर्दछ। स्रोतका अनुसार ई-सेवाको अकाउन्ट भएका व्यक्तिलाई १३ प्रतिशतसम्म रकम दिएर एजेन्ट बनाउने र बेटिङ धन्दा चलाउने गरेको पाइएको छ। ‘कारोबार हुने गरेको पाइए पनि यसको अनुसन्धान भने जटिल छ। कारोबार भएको मितिबाट दुई दिनपछि कुनै पनि डिटेल भेट्न सकिदैन,’ स्रोतले नेपाल लाइभसँग भन्यो। 

ई-सेवाको कारोबार क्षेत्र नेपाल मात्रै हो। तर ई-सेवाका ग्राहकले अवैध रकम एक व्यक्तिको खाताबाट अर्को व्यक्ति हुँदै निकालेर बाहिरी मुलुकसम्म पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ। स्रोतले दिएको जानकारी ई-सेवाको खाताबाट नेपालमा प्रतिबन्धित खेलमा भाग लिन तथा प्रतिबन्धित इन्टरनेट सामग्री खरिदमा समेत प्रयोग हुँदै आएको छ। 

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्तिबिहीबार, असार ४, २०७७

ई-सेवामार्फत हुने बेटिङ कारोबारको नेपालको व्यवस्थापक को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। ‘यो बेटिङमा केही नेपालीका मुख्य भूमिका रहेको देखिएको छ। त्यो बिना धन्दा चलाउन सहज छैन,' स्रोतले भन्यो, 'सिधै ई-सेवाबाट रकम बाहिर मुलुकमा ट्रान्सफर गर्न नमिल्ने भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिको खातामा जम्मा गर्ने र त्यसपछि निकालेर हुण्डीलगायत अन्य माध्यमबाट विदेशसम्म रकम जाने गरेको छ। यसमा ककसको संलग्नता छ भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौ।’

Xtrem

Xtrem

दुई वर्षअघिसम्म सट्टेबाजका नेपाल नाइके नागराज र अमृत भनेर चिनिने नथमल अग्रवाल थिए। अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर उनले नेपालमा सट्टेबाजी धन्दा चलाउँदै आएका थिए। 

उनले एक महिनामै इन्डियन प्रिमियर लिग (आइपिएल) सट्टेबाजीका काम गर्ने भन्दै २ करोड ४० लाख रुपैयाँ ठगी गरेका थिए। सुरुमा नागराज गौरव तिवारीको समूहमा मिलेर सट्टेबजाको धन्दा चलाएका थिए। पछि उनीहरुबीच खटपट भएपछि छुट्टाछुट्दै बेटिङको धन्दा चलाएका थिए। अहिले ई-सेवामार्फत हुने बेटिङमा कसको संलग्नता छ भन्ने प्रहरीले छुट्याइसकेको छैन।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

ई-सेवामार्फत हुने गरेको बेटिङ कारोबारको विवरण पनि नेपाल लाइभले प्राप्त गरेको छ। प्राप्त विवरणअनुसार पेमेनट डिटेल्सको पुछारमा 'बैंक नेम' भन्ने ठाउँमा ई-सेवा उल्लेख छ। ट्रान्सफर आइडीमा ९८१३१४६१३७ नम्बर उल्लेख गरिएको छ। नेम बिएन स्टोर, सावधान भन्दै तल लेखिएको छ, ‘पैसा ट्रान्सफर ३० मिनेटभित्र गर्नुहोला, ट्रान्सफर गर्दा रिमार्कमा आफ्नो खेल खाता नम्बर वा आफ्नो फोन नम्बर मात्र लेख्नु होला। अन्यथा रकम प्रमाणीकरण नहुन सक्नेछ।’ सोही प्रकृतिको बेटिङ कारोबार ९८१३१४१६८९ बाट पनि भएको देखिएको छ।

यसरी ई-सेवामार्फत् हुने बेटिङ अहिले खल्तीबाट पनि भइरहेको सिआइबीले जनाएको छ। ‘हामीले ई-सेवामाथि निगरानी बढाउन थालेपछि अहिले सोही प्रकृतिको खल्तीबाट सट्टेबाजी रकम ट्रान्सफर हुने गरेको छ। यसको विवरण पनि हामी केलाउँदै छौं,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने। यसरी ई-सेवामार्फत ठूलो रकम अवैध रुपमा बाहिरिएको थाहा हुँदाहुँदै पनि ई-सेवाले प्रहरीमा उजुरी दिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) सल्लाहकारसमेत रहेका असगर अलीले संचालन गरेको एफवान सफ्ट कम्पनीको सिस्टर कम्पनी ई-सेवा हो। सत्ता र शक्तिको आडमा गैरकानुनी गतिविधि गरेपनि उनी सरकारी साक्षीका रूपमा समेत अदालत उपस्थित भएर आफ्नो कम्पनीका गैरकानुनी गतिविधिको बचाउ गर्दै आएकोबारे नेपाल लाइभले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ। 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:४९
  • #ई-सेवा
  • #E-Sewa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्