• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन

64x64
नारायण अधिकारी सोमबार, असार १५, २०७७  २१:३८
1140x725

काठमाडौं- नेपालमा प्रतिबन्धित ‍अभौतिक मुद्रा बिटक्वानमा डिजिटल भुक्तानीको अनुमति पाएको ई-सेवासमेत संलग्न देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको अनुसन्धान रोक्दै राष्ट्र बैंकले ई-सेवामाथिको अनुसन्धान क्षेत्राधिकारभित्र पर्ने भन्दै आफैंले अनुसन्धान गर्ने बताएको थियो। 

राष्ट्र बैंकले अनुसन्धान रोक्न लगाउनुअघि सिआइबीको अनुसन्धान अघि बढिरहेको थियो। बिटक्वाइनको आर्थिक कारोबारको माध्यम ई–सेवा भएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले त्यसबेला ई-सेवाका कार्यकारी निर्देशक तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ असगर अलीसँग सोधपुछसमेत गरेको थियो। 

तर राष्ट्र बैंकले आफैंले अनुसन्धान गरेर प्रतिवेदन पठाउने भनेपछि प्रहरीले ई-सेवाको संलग्नाबारे राष्ट्र बैंकको प्रतिवेदन कुर्‍यो। तर राष्ट्र बैंकले प्रहरीलाई प्रतिवेदन पठाएन।

'हामीले अनुसन्धान गर्ने भनेर सोधपुछ समेत सुरु गरेका थियौं। तर राष्ट्र बैंकले आफैंले अनुसन्धान गर्ने भनेपछि ई-सेवामाथिको अनुसन्धान हुन सकेन,' सिआइबी स्रोतले नेपाल लाइभससँग बताएको छ। 

यो पनि पढ्नुहोस्

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमितेशुक्रबार, असार १२, २०७७

राष्ट्र बैंक आफैंले अनुसन्धान गर्ने भनेको थियो। तर साढे दुई वर्ष बितिसक्दा समेत ई-सेवामाथिको अनुसन्धान के भयो आधिकारिक रुपमा राष्ट्र बैंकले प्रहरीलाई कुनै जानकारी गराएको छैन। सिआइबीले राय पठाउनु अगाडि ई-सेवामाथिको अनुसन्धान के भयो भनेर राष्ट्र बैंकलाई पत्र पठाएको थियो। पत्रको जवाफमा राष्ट्र बैंक ‘केन्द्रीय अनुसन्धान ब्युरोको पत्रको सम्बन्धमा यस बैंकबाट ई–सेवाको निरीक्षण जारी रहेको र सोको प्रतिवेदन प्राप्त भएपश्चात् माग भए बमोजिमका थप विवरण उपलब्ध गराइदिने’ भनेर लिखित जानकारी गराएको थियो।

राष्ट्र बैंकको प्रतिवेदन नआएपछि प्रहरी (सिआइबी)ले ई-सेवालाई प्रतिवादी नबनाई अनुसन्धानको प्रस्तावित राय पठाएको थियो। यस्तो रायमा अनुसन्धानपछि संलग्नता खुले पूरक प्रतिवेदन बुझाउन सकिन्छ नै। मुद्दा दर्ता भएर प्रक्रियामा छ। तर साढे दुई वर्ष बित्दासमेत राष्ट्र बैंकले औपचारिक रूपमा बिटक्वाइन कारोबारमा ई-सेवाको कुन तहको संलग्नता हो या होइन भन्ने केही जानकारी गराएको छैन। 

साढे दुई वर्ष बित्यो तर अहिलेसम्म न राष्ट्र बैंकले ई-सेवाको विवरण सिआइबीले उपलब्ध गराएको छ, न ई-सेवामाथि कुनै अनुसन्धान नै भएको छ। बैंकले भने अनुसन्धानमा केही प्रगति नभएको दाबी गरेको छ। राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामिणि सिवाकोटीले नेपाल लाइभसँग भने, ‘अनुसन्धान गरियो। खासै केही देखिएन।’  

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानमा संलग्नता नदेखिए पनि अनुसन्धानको क्षेत्राधिकार पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जानकारी पठाउनुपर्ने हो। तर प्रतिवेदन पठाइएको छैन।

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?बिहीबार, असार ११, २०७७

राष्ट्र बैंकको अनुसन्धानमा के देखियो भन्नेबारे राष्ट्र बैंकले सिआइबीलाई जानकारी नगराउनुले उसको नियतमा प्रश्न उठ्ने सिआइबीका पूर्व प्रमुख तथा पूर्वडिआइजी हेमन्त मल्लले बताए। 

'यदि अनुसन्धानका क्रममा सम्बन्धित निकायसँग प्रहरीले सोधपुछ गर्नुपर्ने भयो र सोधियो भने जतिसक्दो चाँडो स्पष्ट जानकारी दिनैपर्छ,’ पूर्वडिआइजी मल्लले भने, ‘यदि दिन सकेन भने त्यहाँ दबाब र प्रभावले काम गर्‍यो कि भन्ने प्रश्न उठ्छ। आफूलाई मन लागेको कुरा चाहिँ तत्कालै जानकारी दिने। तर दबाब र प्रभावमा अरु कुरा लुकाउने हो भने राम्रो म्यासेज जाँदैन।’ 

सिआइबीको अनुसन्धानमा अन्य प्रतिवादीको बयानबाट बिटक्वानइको कारोबारमा ई-सेवाको संलग्नता पुष्टि गर्छ। बिटक्वाइनको कारोबारमा संलग्न ज्ञानप्रसाद पौडेलले अर्का माधव खनाललाई ‘बिटक्वाइन कारोबारको रकम ई–सेवाबाट बैंकमा आफ्नो खातामा जम्मा गर्न सकिन्छ’ भनेर प्रमाणित नै गरेर देखाइदिएपछि माधवले बिटक्वाइन किनेको खुलेको थियो। उनल पनि ई-सेवाबाटै कारोबार गरेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनुसन्धानका क्रममा प्रहरी समक्ष माधवले दिएको बयानले पनि यसको पुष्टि गरेको छ। त्यसबेला बिटक्वाइनको अनुसन्धान गरेका एक अधिकृतले नेपाल लाइभसँग भने, ‘अनुसन्धानको क्रममा ई–सेवाको संलग्नता देखिएको थियो। तर नियमन गर्ने निकायले अनुसन्धान गर्छु भनेर केही जानकारी नदिँदा प्रहरीले मात्र प्रतिवादी बनाउन नसकेको हो।'

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्तिबिहीबार, असार ४, २०७७

अवैध बिटक्वाइन कारोबारको आरोपमा पक्राउ परेकाहरूमध्ये धेरैले प्रहरी बयानमा बिटक्वाइन कारोबारमार्फतको रकम ई–सेवाबाटै हुने गरेको बयान दिएका थिए। त्यसबेला पक्राउ परेका प्रशान्त प्रताप शाह, ज्ञानप्रसाद पौडेल, मिङमार तामाङ, मनिषकुमार गिरी, बिन्दा ढकाल, माधव खनाल, सञ्जय खनाल, दमन बस्नेत, सौगातकुमार वाग्ले, विश्वविक्रम राईले ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बराबरको बिटक्वाइनको कारोरबार गरेको देखिएको थियो। भुक्तानीमा ई-सेवा संलग्न थियो। तर अन्यलाई प्रतिवादी बनाइए पनि दबाब र प्रभावमा ई-सेवाका संचालकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीलाई जोगाइएन मात्रै, उल्टै सरकारी साक्षी र विज्ञको रुपमा मुद्दा प्रक्रियामा सहभागी गराइयो।

अभियुक्तले नै दिएका थिए बिटक्वाइनबारे राष्ट्र बैंकलाई प्रशिक्षण
ई-सेवामाथिको अनुसन्धान लुकाउने मात्रै होइन, अवैध बिटक्वाइन कारोबारको धन्दामा राष्ट्र बैंकले गम्भीर गल्ती गरेको समेत खुलेको छ। बिटक्वाइन कारोबार धन्दाका अभियुक्तमध्येका एक हुन् प्रशान्त प्रताप शाह। काठमाडौं–४ भाटभटेनीका शाहले १ करोड १५ लाख ४७ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिटक्वाइन कारोबार गरेको अनुसन्धानमा खुलिसकेको छ। 

उनले अमेरिकामा रहँदासमेत बिटक्वाइको कारोबार गरेका थिए। नेपालमा ज्ञानप्रसाद पौडेलमार्फत् बिटक्वाइनबारे जानकारी लिएर कारोबार सुरु गरेका शाहले राष्ट्र बैंकलाई समेत बिटक्वाइको बारेमा तीन पटकसम्म प्रशिक्षण दिएको गोप्य कागजात नेपाल लाइभले प्राप्त गरेको छ।

‘मैले आफ्नो माबाइल नम्बर ९८४००५१३.... राखी बिटक्वाइन एक्सचेन्ज नेपाल नामको फेसबुक पेज खोली बिटक्वाइन कारोबारको प्रचार गरेको थिएँ। अमेरिकामा समेत बिटक्वाइनको कारोबार गरेको थिएँ। नेपालमा समेत बिटक्वाइनको भविष्य देखी नेपाल राष्ट्र बैंकको कानूनी सहायता विभागमा समेत सम्पर्क गरेको थिएँ। २-३ पटक भेटेरै प्रिजेन्टेसन समेत देखाएको थिएँ,’ नेपाल लाइभलाई प्राप्त कागजातमा शाहले भनेका छन्।

उनै शाहले नेपाल आएका विदेशी पर्यटक तथा कोरिया, जापान, अमेरिकालगायतमा रहेका नेपालीहरुलाई बिटक्वाइन नेपालभित्रै नेपाली मुद्रामा नै बिक्री गर्ने काम गरेका थिए।

अर्कोतर्फ बिट्रिफिल डटकम नामक वेबसाइटबाट नेपाल टेलिकम, एनसेललगायत टेलिकम सेवा प्रदायकका मोबाइल नम्बरमा रिचार्जसमेत गर्न सकिने, बिटक्वाइन वालेटबाट बिट्रिफिल डटकमले तय गरेको बिटक्वाइन रकमलाई बिट्रिफिल डटकममा पठाएर रिचार्ज गर्न सकिने अनुसन्धानले देखाएको थियो। तर नेपाल दूरसञ्चार प्राधिकरणले यो काम पनि गैरकानूनी रहेको जनाएको छ। बिट्रिफिलसँग त्यस्तो कुनै सम्झौता नभएको दूरसञ्चार प्राधिकरणको भनाइ छ।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २१:३८
  • #बिटक्वाइन
  • #ईसेवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्