काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।