• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ग्रिन कफीको नाममा त्रिदेशीय ठगीको जालो : एक हजारमा किनेर ४० हजारमा बिक्री

रसियन नागरिकसहित २ जना पक्राउ 
64x64
नेपाल लाइभ शुक्रबार, चैत ६, २०७७  १६:३८
1140x725

काठमाडौं- ग्रिन कफीको नाममा ठगी धन्दा चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पोखरा महानगरपालिका-१९ घर भएका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक ३० वर्षीय इगोर कुट्सलाई पक्राउ गरेको हो।

आचार्यको नाममा एक कम्पनी दर्ता गरेर उनीहरुले ग्रिन कफीको व्यापार गरेका थिए। उक्त कफी सेवन गरेपछि बिना व्यायाम, बिना डाइटिङ, कुनै साइडइफेक्टबिना एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउँछ भन्दै अनलाइनमार्फत् विज्ञापन गरेर ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिआइबीका निर्देशक तथा डिआइजी सहकुलबहादुर थापाले बताए।

नयाँबजार खुशिबुमा टिम वान सप्लायर्स प्रालि खोलेर उनीहरुले ग्रिन कफी भन्दै यसरी ठग्ने गरेको सिआइबीको दाबी छ। गत कात्तिकदेखि उनीहरुले यसरी ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको सिआइबीका प्रवक्ता एसपी, गंगा पन्तले जानकारी दिइन्।

उनीहरुले ग्रिन कफी प्रतिकेजी ९६० रुपैयाँमा ल्याउने र विभिन्न केमिकल हालेर प्रशोधित गरेपछि प्रतिकेजी २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। यसरी उनीहरुले १ किलोमै ४० हजार रुपैयाँ नाफा लिई ठगी गर्दै आएका थिए।

उनीहरुले अहिलेसम्म ७ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको देखिएको एसपी पन्तले बताइन्। त्योमध्ये २ करोड रुपैयाँ हुण्डीमार्फत् भारत पुगेको र केही रकम भने रसियामा समेत पुगेको सिआइबीले जनाएको छ। यही शैली अपनाएर भारत र रसियामा सेमत ठगी हुने गरेकोले यसको मुख्य योजनाकार रसियन नागरिक रहेको सिआइबीले जनाएको छ।

Ncell 2
Ncell 2

एक हप्तामै १३ किलोसम्म तौल घटाउने भन्ने विज्ञापन आएपछि सिआइबीले समेत १ किलो ग्रिन कफी किनेर यसको परीक्षण समेत गरेको थियो। तर, विज्ञापनमा दाबी गरेजस्तो कुनै चमत्कार नभएको र चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएपछि उनीहरु पक्राउ परेका हुन्। डेढ महिना लामो अनुसन्धानपछि उनीहरु पक्राउ गरेको सिआइबीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ। 

आचार्यको नाममा कम्पनी दर्ता भएको देखिए पनि यसको मुख्य योजनाकार भने रसियन नागरिक नै रहेको सिआइबीको दाबी। नेपाली ग्राहकलाई विश्वासमा पार्न सम्बनधित व्यक्तिलाई समेत जानकारी नै नदिई समाजका प्रतिष्ठत व्यक्तिदेखि डाक्टरसम्मको फोटो प्रयोग गरेर विज्ञापन बनाउने गरेको देखिएको छ। 

उक्त कफी सेवन गरेपछि कुनै चमत्कार नभएको उल्टै रिंगाटा लाग्ने, वान्ता आउने, यौन इच्छा कम हुने मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको पाइएकाले सोही अनुसार मुद्दा दर्ता गरी कारबाही गरिने सिआइबीले जनाएको छ। 

अहिलेसम्म दुई जना उपभोक्ताले यो कम्पनीविरुद्ध उजुरी दिएका छन् भने उपभोक्ता हित संरक्षण मञ्चले समेत उजुरी दिएको सिआइबीले जनाएको छ। 

यो कम्पनीमा २० कर्मचारी कार्यरत थिए भने ६ जना डेलिभरी म्यान रहेको पाइएको छ। अनलाइनमार्फत् अर्डर गरेका ग्रिन कफी उनीहरुले सम्बन्धित ठाउँमा पुर्‍याउने गर्थे। सिआइबीले बिहीबार छापा मार्ने क्रममा भने ४ जना मात्रै कर्मचारी थिए।

प्रहरीले उक्त कम्पनीमा छापा मारेर १२ बोरा अर्थात ६ सय ४४ किलो हरियो कफी, बिक्री गर्ने तयारीमा राखेको १ सय ग्रामको हरियो कफी २ हजार ८ सय २२ प्याकेट, विभिन्न कच्चा पदार्थहरु बरामद गरेको छ। 

त्यसैगरी, २५ थान ल्याटप, ३ लाख ९७ हजार नगद, २ थान मोबाइल बरामद गरेको छ। ठूलो संख्यामा ल्यापटप बरामद भएपछि बिटक्वाइन माइनिङ हुने गरेको समेत आशंका गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। शुक्रबार, माघ १६, २०८२
पाँच सय किलो गाँजासहित दश जना पक्राउ केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन... शुक्रबार, माघ १६, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक रातको समयमा दुई वा तीनवटा मोटरसाइकलमा तीन–तीन जनाको दरले चढेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाटको क्रममा उनीहरूले... बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्