काठमाडौं - पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो। समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए।
शुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटक-पटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो।
गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए। बिहीबार औपचारिक घोषणा हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।