नयाँ दिल्ली- एक जना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको छ।
भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर काम गर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप लगाइएको थियो।
६१ वर्षीय गु्प्ताले पाकिस्तानस्थित भारतीय राजदूतावासमा रहेर काम गर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो। सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो।
मुद्दाको अन्तिम सुनुवाइका क्रममा आइतबार उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजाय सुनाएको हो।–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।