काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठक बालुवाटारमा बस्दैछ। नेकपा एमाले र माओवादी केन्द्रको जेठ ३ मा एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेताहरु रहेको सचिवालय बैठक पहिलो पटक बस्दैछ। सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्।
अन्य नेताहरु उपस्थित हुने क्रम जारी रहेकाले बैठक सुरु भने भएको छैन।
९ सदस्यीय सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायाणकाजी श्रेष्ठ, रामबहादुर थापा वादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।