• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘कांग्रेसले नरोकेको ट्रेड युनियन हाम्रै अध्यक्ष ओली नेतृत्वको सरकारले खारेज नगरोस्’

64x64
नेपाल लाइभ आइतबार, जेठ ६, २०७५  १३:०९
1140x725

काठमाडौं– आइतबार बिहानै पूर्व एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी कानुनमन्त्री शेरबहादुर तामाङको कार्यकक्षमा पुगे। 

त्यसअघि उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग भेटेका थिए। सामान्य प्रशासनले संघीय निजामती कर्मचारी ऐनको प्रारम्भिक मस्यौदामा कर्मचारी ट्रेड युनियन खारेज गर्ने व्यवस्थासहितको अध्यादेश कानुन मन्त्रालय पठाएको उनीहरुले थाहा पाए। उनीहरुले मन्त्री पण्डितसँग कानुन मन्त्रालय पुगेको विधेयक फिर्ता ल्याउन माग पनि गरे। तर, मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियन खारेज गर्ने कानुनमा आफूले संशोधन गर्न नसक्ने बताएपछि उनीहरु गुहार माग्दै कानुनमन्त्री तामाङको कक्षमा पुगेका थिए। 

कानुनको प्रारुप निर्माण गर्न पठाइएको उक्त विधेयक रोक्न माग गर्दै उनीहरु पछिल्ला केही दिनदेखि लबिइङमा लागे पनि असफल भएपछि मन्त्री तामाङकोमा पुगेका थिए। 

संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ‘हामी एमालेको सरकार आएको समयमा अवैध हुनुपर्ने हो?’ भनी कानुनमन्त्रीलाई सोधेका थिए। उनले २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गठन गरेको कर्मचारी संगठन आफ्नै नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले खारेज गरे ‘एमाले हुँ’ भनी कसरी अगाडि बढ्ने भनी सोधेका थिए। 

कर्मचारी संगठनका पदाधिकारीले निर्वाचनको बेला तथा अन्य मञ्चहरुमा आफूहरुलाई प्रयोग मात्र गरिएको भन्दै ऐन यही अवस्थामा जारी भए आफ्नै सरकार विरुद्ध आन्दोलनमा उत्रने चेतावनी कानुनमन्त्रीलाई दिए। विधेयक मन्त्रालयमा आएको बारेमा आफूलाई जानकारी नभएको भन्दै उम्कन खोजेका मन्त्रीलाई उनीहरुले कुनै पनि अवस्थामा सामान्य प्रशासनमा फर्काउन माग गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यले पठाएको विधेयक भर्खर मात्र प्राप्त भएको जानकारी कानुन मन्त्रालयकै एक कर्मचारीले गराएपछि मन्त्री तामाङले विधेयक रोक्ने कुरामा प्रधानमन्त्री र अन्य शीर्ष नेतासँग पनि लबिइङ गर्न कर्मचारी संगठनका पदाधिकारीलाई सुझाव दिए। 

आधिकारीक ट्रेड युनियनले केही दिनअघि पत्रकार सम्मेलन गर्दै कर्मचारी संगठन खारेज हुने ऐन आएमा आन्दोलनमा उत्रने चेतावनी दिएको थियो। 

उनीहरुले संघीय, प्रदेश र स्थानीय निजामती सेवा विधेयकमा राष्ट्रिय तहका ट्रेड युनियनसहित पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गराउनुपर्ने माग गरेका थिए। उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा अन्तिम चरणमा रहेको विधेयक सोही अवस्थामा रोकेर आफूहरुसँग परामर्श गरेर सच्याउनुपर्ने माग गरेका थिए। तर, मन्त्री पण्डित र सचिव शंकर कोइरालाले त्यसलाई अस्वीकार गर्दै ऐन प्रारुप मिलाउन र सैद्धान्तिक सहमति लिन कानुन मन्त्रालय पठाएका थिए। 

Xtrem
Xtrem

मुख्यसचिव र सह-सचिवहरु ट्रेड युनियनको विपक्षमा 

एमाले निकट कर्मचारी युनियनहरुले मुख्य सचिव लोकदर्शन रेग्मी र मन्त्रालयका सह-सचिवहरु ट्रेड युनियन खारेजको पक्षमा लबिइङमा लागेको आरोप लगाएका छन्। कानुनमन्त्रीसँगको भेटमा उनीहरुले यस्तो कानुन ल्याउनुको पछाडि मुख्यसचिव र सहसचिवको ठूलो चलखेल भएकाले रोकिदिन माग गरे। 

कर्मचारी संगठनहरुलाई जिम्मेवार बनाउन ऐनमा अन्य व्यवस्था गर्न सकिने सुझाव समेत उनीहरुले दिए।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्