जिम्बाबे– जिम्मबाबेका राष्ट्रपति इमर्सन मनाङग्वाले यही मे महिनाको अन्त्यतिर आम निर्वाचनको मिति घोषणा गर्ने भएका छन्।
जिम्बाबेको संविधानअनुसार जुलाई २१ देखि अगस्ट २१ भित्रमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ। सोही मितिमा निर्वाचन गर्नेगरी उनले मे महिनाको अन्त्यतिर निर्वाचनको घोषणा गर्ने बताइएको छ।
जिम्बाबेको संसदले गत हप्ता निर्वाचन सम्वन्धी विधेयक संशोधनसहित पारित गरेको समाचारमा जनाइएको छ। उक्त विधेयक अहिले कानुनका लागि राष्ट्रपतिसमक्ष पुगेको छ।
विधेयकमा पहिलो पटक विद्युतीय उपकरणमार्फत नामावली दर्ता गर्ने व्यवस्था उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति मनाङग्वाले गत नोभेम्वरमा पूर्व राष्ट्रपति रोवर्ट मुगावेको बहिर्गमनपछि राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।
मुटारेमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी अझ बलियो हुने दावी गरेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।