• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एपेक्स बैंक घोटाला प्रकरण : कांग्रेस नेतासहित डेढ सय विरुद्ध मुद्दा दायर

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  १४:२०
1140x725

काठमाडौं– तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करिब एक अर्ब रुपैयाँ घोटालामा संलग्न एक सय ४८ जना विरुद्ध मुद्दा दायर भएको छ। 

एक सय २७ जनालाई फरार अभियुक्त बनाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सरकारी वकिल कार्यालयमार्फत बुधबार पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर गरेको हो। 

सिआइबीका अधिकारीहरुका अनुसार, धेरै प्रतिवादी भएको अहिलेसम्मकै यो सबैभन्दा ठूलो बैंकिङ कसुर मुद्दा हो। २ महिना लामो अनुसन्धानपछि सिआइबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा बुझाएको हो। 

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको बताइए पनि करिब ५३ करोड रुपैयाँ बैंकले धितोको लिलामीबाट उठाइसकेकाले संस्थालाई हानि पुगेको रकम बराबरको बिगो दाबी गरिएको हो। 

ठेकेदारदेखि नेतासम्म 

एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ। बैंकका तत्कालीन अध्यक्षदेखि कर्मचारीसम्म मिलेर कमसल धितोमा अधिक मूल्यांकन गरी कर्जा प्रवाह गरेका थिए। कर्जा नतिर्ने नियतले नै कमसल धितोमा गलत मूल्यांकन भएको थियो। अनुसन्धानका क्रममा नक्कली ऋणी खडा गरेर समेत मुद्दा दायर भएको खुलेको सिआइबीका अधिकारीहरुले जनाएका छन्। 

मुद्दा दायर गरिएकाहरुमा कांग्रेसका महासमिति सदस्य विष्णु धितालदेखि ‘क’ वर्गका ठेकेदार मनोज भेटवालसम्म छन्। दुवै जना पक्राउ परिसकेका छन्। धिताल एपेक्स बैंकका अध्यक्ष थिए। मर्जपछि पनि उनी एनसिसीका सञ्चालक बनेका थिए। 

ठेकेदार भेटवाल काठमाडौं नयाँ बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने ठेक्का पाएका ठूला ठेकेदार हुन्। सबैभन्दा धेरै उनले नै अनियमित तरिकाले कर्जा लिएका थिए। उनीहरुसहित २१ जनालाई सिआइबीले पक्राउ गरेर मुद्दा दायर गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकका सञ्चालक तथा कर्मचारीहरुले मोटरबाटो नभएको, भिरालो तथा बगरमा रहेको जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए।  तर, सो कर्जा नउठेपछि बैंक समस्यामा परेको थियो।  

सिआइबीले तत्कालीन सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठलाई पक्राउ गरी यसअघि नै मुद्दा दायर गरिसकेको छ।  

तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठलाई पनि पक्राउ गरी मुद्दा दायर गरिएको छ। त्यस्तै, गलत मूल्यांकन गर्ने नरेश स्वाँर र ऋणि घनश्याम घिमिरे पनि पक्राउ परेका छन्। 

मुख्य नाइकेहरु अमेरिकामा 

Xtrem

Xtrem

घोटालामा संलग्न प्रमुख व्यक्तिहरु भने अमेरिका पुगिसकेका छन्। तत्कालीन सिइओ गोविन्द उपाध्याय र सञ्चालक वसन्त मल्ल अमेरिका पुगेका छन्। अनुसन्धान सुरु भएलगत्तै उनीहरु अमेरिका भागेका हुन्। 

त्यस्तै, तत्कालीन सञ्चालकहरु प्रदीपकुमार कर्माचार्य, रीतावादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ, क्षेत्रबहादुर थापा, त्रिपुरेश्वर त्रिपाठी पनि फरार नै छन्। विदेश भागेकालाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइने सिआइबीका अधिकारीहरु बताउँछन्। 

को–को छन् फरार ? 

फरारहरुमा पूर्वसञ्चालक, कर्मचारीदेखि ऋणीसम्म छन्। फरारमा धेरैजसो ऋणीहरु छन्। 

यी हुन् १ सय २७ जना फरार अभियुक्त:

लेखनाथ खनाल, उमेशचन्द्र गोतामे, बिटु घले, लिला खनाल, भैरव बहादुर भेटवाल, सुरेश मालाकार, बिना श्रेष्ठ, रितेशराज भण्डारी, गोपाल श्रेष्ठ, सीताराम पाण्डे, भीमबहादुर सार्की, सुनिल कुमार सिंह, दिपक कुमार ठकुरी, शीतल शर्मा, गोपालबाबु श्रेष्ठ, सुबास दाहाल, दिक्षा श्रेष्ठ, भोजराज भण्डरी, अजुर्नलाल राजबंशी, राजेश्वर श्रेष्ठ, प्रविना महर्जन, रोशन श्रेष्ठ, अंशु पालिखे, अनुराग पहारी, विष्णु खनाल, अनिस खड्का, लक्ष्मी धानुक रमा खनाल, शम्भुराज श्रेष्ठ, देवराज ढुंगाना, सामिनराज भण्डारी, श्याम खनाल, सनिम महर्जन, दुर्गा दत्त जोशी, नरेश दाहाल, कोमानन्द अधिकारी, राजेन्द्र प्रसाद उपाध्याय खनाल, परशुराम खनाल, रुपादेवी भेटवाल, कल्पना कार्की, सावित्री प्याकुरेल, सावित्री कार्की, शोभा लामा, पुश्कर कोइराला, बिनोद राजथला, दीपककुमार कर्माचार्य, गिता घिमिरे, सरोज कालिकोटे, ज्ञानबहादुर राय, अमृत कुमार खत्री, मन्जिल भेटवाल, रमेश भण्डारी, चन्द्र प्रसाद प्रधान, विनोद राजथला, सुजना सुर्खेती, विकास श्रेष्ठ, सुदर्शन अधिकारी, प्रमोद भट्टराई, राजु श्रेष्ठ, सरिना गुरुङ, सन्तोष बख्रेल, अशोक लामा, शिवराज नेपाल, प्रमेश साह, पूर्णबहादुर खड्का, सन्तोष धिताल, राजन ढुंगेल, गोकर्ण कट्टेल, तीर्थ काफ्ले, विश्वराज अधिकारी, सविनराज बराल, रविन लामा, प्रल्हाद पुरी, नवराज परियार, रमेश दंगाल, श्रीराम अधिकारी, रामबहादुर शाह, कमल प्रजापती, विपिन खड्का, दिबिना प्रजापती, आशिष कुमार धमला, अनिश खड्का, गिता मानन्धर, चपण्डका प्रधान, सुनिता दाहाल, रमेश थापा, सुजित तुलाधर, ममता राई, पर्वत कन्दङ्वा, उषा राई, दलबहादुर बिक, निशा चेम्जोङ, आरती राई, सुरज लिम्बु, रोबर्ट लिम्बु, प्रनिश आङदेम्बे, गौतम लिम्बू, अर्जुन कामी, ऋषिश्वर थपलिया, अनोज श्रेष्ठ, मुकुन्दप्रसाद पराजुली, दुर्गाबहादुर विश्वकर्मा, राजकुमार लामा, शम्भुराज हमाल, रोहति दाहाल, कर्णबहादुर पच्या, सुनिता रेग्मी, पुष्कर देव थापा, तेजराज चौधरी, राजन भेटवाल, राम बहादुर सुनार, होमबहादुर सुनार, चुडामणि भण्डारी, मभुरलाल सिन्या, राजु पोखरेल, सुरेन्द्र चापागाई, रोबिन थापा, दमनकुमार श्रेष्ठ र पुष्कर कोइराला। 

नियमन कमजोर भयो : डिआइजी कार्की 
एपेक्स बैंकको घोटालाका क्षेत्रको नियमन पनि कमजोर देखिएको सिआइबीका डिआइजी पुष्कर कार्की बताउँछन्। 

‘जसले नियमन गर्नुपर्ने हो, उनीहरुको पाटो पनि कमजोर देखियो’, डिआइजी कार्की भन्छन्, ‘बैंकिङ क्षेत्रमा कन्ट्रोल मेकानिजम पनि बलियो बनाउनुपर्ने देखिन्छ।’ 

एपेक्स बैंकको ठगीको अनुसन्धानले बैंकिङ क्षेत्रमा सचेतना ल्याउने उनी बताउँछन्। 

अभियुक्त अझै थपिने 

तत्कालीन एपेक्स बैंकको घोटाला सम्बन्धी थप सूचनाहरु आएको र दोस्रो चरणको अनुसन्धान पनि हुने सिआइबीले जनाएको छ। ८५ वटा कर्जा प्रवाहमा अनियमितता भएको र त्यसमा थप व्यक्तिहरुको संलग्नतातर्फ अनुसन्धान भइरहेकाले प्रतिवादीहरुको संख्या थपिन सक्ने सिआइबीका डिएसपी श्याम ओलिया बताउँछन्। 

कतिपयको ठेगाना खुल्न नसकेकाले उनीहरु विरुद्ध पूरक अभियोजन पेश गर्ने सिआइबीको तयारी छ। 

बैंकको नेपालगन्ज, सुर्खेत र इहटरी शाखामा भएको अनियमितताबारे पनि छुट्टै अनुसन्धान हुने भएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्