जललाबाद– अफगानिस्तानको जललाबादमा रहेको एउटा खेल मैदानमा भएको बम विस्फोटनमा परी ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
शुक्रबार राति ११ः२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन्।
सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो।
विस्फोटनमा परी घाइते भएकाको स्थानीय अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृत्यु भएका सबै क्रिकेट प्रतियोगिताको आयोजकमध्येका रहेको बताइएको छ। घटनाको प्रान्तीय गभर्नर हयातुल्लाह हयातले कडा निन्दा गरेका छन्। अहिलेसम्म कुनै समूहले घटनाको जिम्मेवारी लिएको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।