कोलोम्बो– श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मङ्गलबार मन्त्रीमण्डलमा केही रिक्त पदमा नयाँ सदस्यलाई जिम्मेवारी तोकेका छन्।
श्रीलङ्काको गठबन्धन सरकारका दुई मुख्य दल सिरिसेनाको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) र प्रधानमन्त्री रनिल विक्रेमासिङ्गेको यूनाइटेड नेशनल पार्टी (यूएनपी) बीच महिनौँ लामो विवादपछि राष्ट्रपतिले सरकारमा नेतृत्व गर्ने मन्त्रीहरूलाई परिवर्तन गरेका हुन्।
सरकारमा भएको प्रमुख परिवर्तनमा यूएनपी सांसद तथा गत वर्षको अगस्टमा पदबाट हटाइएका पूर्वन्यायमन्त्री विजेदासा राजापाक्षलाई उच्च शिक्षा तथा संस्कृतिमन्त्री बनाइएको छ। सांसद फैजर मुस्ताफालाई खेलकूद मन्त्री बनाइएको छ।
त्यसैगरी एसएलएफपीका विधायक डुमिन्दा दासानायकेलाई विपद् व्यपस्थापन मन्त्री, यूएनएफका सांसद फिल्ड मार्सल साराह फोनसेकालाई दीगो विकास, वन्यजन्तु तथा क्षेत्रीय विकासमन्त्री तोकिएको छ।
एसएलएफपीको तर्फबाट गत महिना विभिन्न ६ जना मन्त्रीहरूले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेपछि राजीनामा आएको र रिक्त पदलाई पूरा गर्न मङ्गलबारको परिवर्तन भएको बताइएको छ।
उनीहरुले राष्ट्रपतिको सचिवालयमा मङ्गलबार नै एक कार्यक्रमकाबीच पद तथा गोपनियताको सपथ लिएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।