तेहरान– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘कुख्यात झुट’ भएको इरानले मङ्गलबार बताएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक महत्वकाङक्षाबारे लगाएको आरोप ‘मिथ्या,पूरानो, काम नलाग्ने र लाजमर्दो’ भनाइ भएको दावी गरे।
नेतन्याहुको आलोचना, निराश तथा कुख्यात झुटले बोल्ने अभिव्यक्ति भन्दा फरक नभएको धारणा घसेमीको थियो। नेतन्याहुले झूट र धुर्त कुराभन्दा केही नबोल्ने घसेमीको दावी रहेको छ।
‘नेतन्याहु र एउटा बालकको हत्या गर्ने यहुदी शासक दुवैको आधारभूत बुझाइमा विश्वभरका मानिसमा प्रशस्त जागरूकता र सावधानी रहेको छ भन्ने रहेको छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने।
नेतन्याहुले सोमबार एक टेलिभिजनमार्फत प्रशारण गरिएको कुराकानीमा इरानसँग कुनै पनि समय सक्रिय गर्नसक्ने आणविक हतियार कार्यक्रम रहेको आफूसँग ‘प्रमाण’ रहेको बताएका थिए।
तर उनले सन् २०१५ मा इरान र विश्वका शक्ति राष्ट्रले गरेको आणविक सम्झौतापछि पनि आणविक हतियारको निर्माण गरेका विश्वासलाग्दा तथ्य भने दिनसकेका थिएनन्। नेतन्याहुको आरोप अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा चर्चा चलिरहेका समय आएको हो।
इरानले आणविक हतियार कार्यक्रमको निरन्तरता चाहिरहेको भन्ने आरोपको खण्डन गर्दै आएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।