सोल- उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुँदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ। उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेका एक उत्तर कोरियाली अधिकारीले जानकारी दिए।
दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचारप्रसार गर्ने कार्यालय मंगलबारदेखि हटाएको समाचारमा जनाइएको छ। ती अधिकारीले दुई कोरियाबीचको उक्त शान्ति सम्झौताको कार्यान्वयनको काम दक्षिण कोरियाले सुरु गरिसकेकोले अब छिट्टै उत्तरले पनि सो कार्य गर्नुपर्ने बताए।
गत शुक्रबार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनबीचको वार्ताका क्रममा पनि उत्तर कोरियाली नेता उनले आणविक कार्यक्रम रोक्ने जानकारी दिएका थिए।
उत्तर कोरियाली नेता उनले मे महिनामा आणविक कार्यक्रम रोकिने र यस कार्यक्रमको पर्यवेक्षणका लागि अमेरिकी विज्ञलाई समेत आमन्त्रण गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।