• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दक्षिण कोरियाले उत्तरी सीमामा राखिएको प्रचार कार्यालय हटायो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०७५  ०७:३४
1140x725

सिओल– दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार–प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ। 

उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो। दक्षिण कोरियाको सैनिक स्रोतलाई उदृत गर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ। 

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले विगत लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाकाविरुद्धमा प्रचार गर्दै आएको थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो। 

उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो। 

गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ। सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचार–प्रसार नगर्ने जनाएका थिए। 

Ncell 2
Ncell 2

दक्षिण कोरियाको रक्षा मन्त्रालयले गत शुक्रबारको उक्त सम्झौताको पालना गर्दै उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाएको जनाएको हो। 

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको र शान्तिग्रामका रुपमा चिनिएको पानमुनजोममा भएको सो शान्ति सम्झौताको पालना गर्ने पहिलो पहलस्वरूप सो संयन्त्र हटाउने निर्णय गरिएको हो। 

दुई कोरियाली उच्च नेताहरूबीच भएको यो सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको छ। यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। 

यस सम्झौताले विशेषगरी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच थप आशा जगाएको छ। उनीहरुमा पुनर्मिलन हुनसक्ने आशा दुई कोरियाबीचको पछिल्लो वार्ता र सम्झौताले थपेको बताइएको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने आशाको सञ्चार भएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्ति सुरक्षा... मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन अदालतले प्रणालीको गुणस्तर तथा तोकिएका मापदण्ड पालना भएको/नभएको परीक्षण गर्न विज्ञहरूको टोली गठन गर्ने र खरिद प्रक्रियासँग सम्बन्धित... मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र काग... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्