लिस्वन– पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि गत फेब्रुवरीसम्मकै सबैभन्दा निम्न बिन्दुमा झरेको तथ्यांक यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ।
आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७ दशमलब ८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा शून्य दशमलब २ प्रतिशत कम अर्थात् ७ दशमलब ६ प्रतिशत भएको बताएको छ। यो जनवरीको तुलनामा शून्य दशमलब ३ प्रतिशतले कमी हो।
सन् २०१६ को सोही महिनाको तुलनामा यस वर्षको बेरोजगारी दरमा ४ दशमलब ३ प्रतिशत र सन् २०१७ को तुलनामा २ दशमलब ३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ।
परम्परागतरूपमा पर्यटनका लागि वर्षको सुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।