काबुल- सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको बम विस्फोटमा परी ८ पत्रकारले ज्यान गुमाएका छन्। हालसम्म सो आत्मघाती विस्फोटमा मृत्यु हुनेहरुको संख्या २९ पुगेको छ। दर्जनौँ घाइतेहरुको उपचार जारी छ।
स्थानीय अनुसार बिहान ८ बजेतिर दुई जनाले आत्मघाती बम विस्फोट गराएका थिए। उनीहरुको पहिचान खुलेको छैन। तर एक जना भने फोटो पत्रकार रहेका छन्।
अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ। हमलाको कसैले जिम्मेवारी लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।