• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लिभरपुललाई कसले रोक्ला?

64x64
ऋग्वेद शर्मा मंगलबार, असोज १३, २०७७  १३:५९
1140x725

काठमाडौं- प्रिमियर लिग नयाँ सिजनमा लिभरपुलले तीन खेल खेल्यो, यत्तिकै आधारमा अगाडिको अनुमान गर्नु न्यायसंगत नभए पनि यी खेलबाट देखिने स्पष्ट विषय हो- विपक्षीले लिभरपुलविरुद्ध गुमाएका हरेक अंकको ठूलो महत्व रहनेछ। यस्तोमा लिभरपुललाई कसले रोक्ला? 

लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडविरुद्ध ४-३ को जित निकाल्यो। चौथो मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत अग्रता पाए पनि त्यही एक खेल हो, जहाँ लिभरपुललाई केही मुस्किल देखिएको थियो। ६६औँ मिनेटसम्म बराबरी भएको खेलमा ८८औँ मिनेटको पेनाल्टीमार्फत सलाहले नै जित दिलाएका थिए। 

अनुमान थियो, दोस्रो खेलमा चेल्सीविरुद्ध लिभरपुललाई केही मुस्किल हुनेछ। तर मैदानमा त्यस्तो देखिएन। पहिलो हाफको अन्तिममा चेल्सी १० खेलाडीमा सीमित भएपछि त सम्हालिनै सकेन। खेलको ५०औँ र ५४औँ मिनेटमा सडियो मानेले गोल गर्दा २-० को सहज जितमा लिभरपुल बढ्यो। 

सोमबार राति आर्सनलविरुद्धको खेल लिभरपुलका लागि विशेष थियो। लिभरपुलसँग खेल्नुअघिको दुवै खेलमा आर्सनल राम्रो देखिएको थियो। यसैले लिभरपुललाई रोक्न सक्ने खेलमा रुपमा हेरिएको थियो। तर २५औँ मिनेटमा अग्रता बनाइसक्दा पनि आर्सनल सम्हालिन सकेन। लिभरपुलले त्यसपछि तीन गोल गर्‍यो। 

गएको सिजन ३० वर्षपछि लिभरपुलले प्रिमियर लिग उपाधि जितेको थियो। त्यसअघिको सिजन च्याम्पियन्स लिग जितेको टिमका लागि प्रशिक्षक योर्गेन क्लोपले लगातार ठूलो खुसी फर्काएका थिए।

सन् २०१५ को अक्टोवर ८ मा लिभरपुलको प्रशिक्षक नियुक्त हुँदा क्लोपले भनेका थिए- ‘हामीले शंका गर्नेहरुलाई विश्वास गर्न सक्ने बनाउनुछ।’ नभन्दै अहिले क्लोप र उनको प्रशिक्षणमा रहेको लिभरपुलमाथि कसैलाई शंका छैन, लिभरपुल विश्व फुटबलको उत्कृष्ट टिममध्ये एक हो। 

सन् १८९२ देखि १९९२ सम्म इंग्ल्याण्डको माथिल्लो डिभिजनलाई ‘फुटबल लिग फस्ट डिभिजन’ का नामले चिनिन्थ्यो। जसमा १९००-०१ मा लिभरपुलले पहिलो उपाधि जितेको थियो। त्यसपछि १९०५-०६, १९२१-२२, १९२२-२३ लिग जित्यो। १९३९ देखि दोस्रो विश्वयुद्धका कारण रोकिएको लिग १९४६-४७ को सिजनमा हुँदा उपाधि लिभरपुलले नै जितेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि भने लिभरपुलले उपाधि जित्न १७ वर्ष पर्खनुपर्‍यो। १९६३-६४ को सिजनमा र त्यसपछि १९६५-६६, १९७२-७३ मा उपाधि जितेको लिभरपुलले त्यसपछिको लामो समय एकछत्र राज गरेजस्तो भयो। १९७५-७६, १९७६-७७, १९७८-७९, १९७९-८०, १९८१-८२, १९८२-८३, १९८३-८४, १९८५-८६, १९८७-८८ हुँदै १९८९-९० मा लिभरपुलले १८ पटक उपाधि जितिसकेको थियो। 

यसपटक लिभरपुललाई प्रतिस्पर्धा दिने क्लबका रुपमा म्यानचेस्टर सिटीलाई नै हेरिएको हो। सिटीका प्रशिक्षक पेप गार्डिओलाको योजनामा सिटीले पछिल्ला वर्ष लिगमा राम्रो गरिरहेको पनि हो। तर यसपटक लेस्टरसँगको ५-२ को हारपछि सिटीमाथिको विश्वास धर्मराएको छ। 

सिटीले अहिले बेनफिकाका डिफेन्डर रुबेन डाएसलाई भित्र्याउँदै छ। त्यसअघि नै ब्रनमाउथबाट डिफेन्डर नाथन बेन्जामिनलाई ल्याएको सिटीले लेस्टरसँग खेल्दा चोटका कारण केही महत्वपूर्ण खेलाडी बाहिर पनि थिए। यसैले त्यही एक खेलका आधारमा सिटीमाथिको विश्लेषण सही नहुने भए पनि प्रतिस्पर्धामा लिभरपुलको उचाइ फरक देखिएको छ। 

Xtrem

Xtrem

लेस्टरविरुद्ध म्यानचेस्टर सिटीले चौथो मिनेटमा नै अग्रता बनाइसक्दा ५३औँ मिनेटमा पछि परेको अवस्था लिभरपुलमा आएको भए लिभरपुलको डिफेन्स लाइन त्यति नै कमजोर देखिन्थ्यो होला त? लिभरपुल मनोवैज्ञानिक र खेलशैलीका आधारमा समेत विपक्षीविरुद्ध दबाब बनाउन सक्षम देखिन्छ।

अहिले तीन खेल हेर्दा लेस्टर सिटी र इभर्टनको खेल पनि बलियो देखिएको छ। तर उनीहरुले लिभरपुलसँगको तीब्रता मिलाउन सक्ने अनुमान अहिले नै छिटो हुनेछ। राम्रो गरेका दुई टिमविरुद्धको अपमान गर्न खोजिएको त होइन तर अहिले लिभरपुललाई रोक्न सक्ने टिममा यिनीहरुको स्थान बनिसकेको देखिँदैन। 

चेल्सी र म्यानचेस्टर युनाइटेडको पुरानो अधिपति त अहिलेसम्म पनि हराइरहेकै देखिन्छ। भलै चेल्सीले फुटबल बजारमा ठूलो रकम खर्च गरेको होस्। त्यसमा सुधार होला, तर अहिले उनीहरुको खेल प्रतिस्पर्धी अवस्थाबाट निकै पछि देखिन्छ। जहाँ लिभरपुल अहिले पनि उस्तै खतरनाक देखिइरहेको छ। यसैले लिभरपुलको अवस्था हेरेर प्रतिस्पर्धामा जान सक्ने अरु टिमलाई कमजोर महसुस भइरहेको हुनुपर्छ। 

खेलाडी ट्रान्सफरको समय ठूलो हल्लाखल्लामा सामेल नभएरै पनि लिभरपुलले च्याम्पियन्स लिगका अब्बल मिडफिल्डर थियागो अलकान्टारालाई बायर्न म्युनिकबाट सहज रुपमा भित्र्याउन सक्यो। चेल्सीविरुद्ध ४५ मिनेट मात्र मैदानमा रहेका उनले के गर्न सक्छन् त्यो देखाएकै छन्। 

वुल्भ्सबाट विंगर डिएगो जोटालाई ल्याउन सक्नु पनि लिभरपुलको राम्रो ब्यापार मानिएको छ। आर्सनलविरुद्ध खेलको ८०औँ मिनेटमा सडियो मानेको स्थानमा मैदान पसेका जोटाले पनि राम्रो प्रभाव नै पार्न सके। ८८औँ मिनेटको उनको गोल पनि त्यसैको प्रमाण हो। क्लोपको टिममा उनी भविष्य सूचककै रुपमा देखिए। 

आर्सनलविरुद्ध ६६ प्रतिशत बलमा नियन्त्रण बनाउँदै २१ सट प्रहार गरेको लिभरपुलविरुद्ध आर्सनल जसरी सम्हालिन सकेन त्यसको डर अरुमा पनि छ नै। जहाँ आर्सनलले पोस्टको दिशामा चार सट मात्र प्रहार गर्नु पनि कमजोर खेलको आधार नै हो। खेलमा लिभरपुलले ७७२ पास मिलाउँदा आर्सनलले ३९५ पास मात्र खेल्न सकेको थियो। 

यसैले त लिभरपुलको खेललाई लापरवाही र अव्यवस्थित खेलका रुपमा ब्याख्या गरेका फुटबल पण्डित एवं म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर रोय किनलाई खेलपछि क्लोपले प्रश्न गरे- ‘के मैले सहि सुनेको हो? रोयले भने आज हामीले अव्यवस्थित रुपमा खेल्यौँ? साच्चै उनले त्यस्तै भने?’ 

‘उनले भनेकै हो भने म त्यो सुन्न चाहन्छु, सायद उनले अरु नै खेलका बारेमा कुरा गरेका होलान्। यो खेलको बारेमा त्यस्तो विश्लेषण त हुनै सक्दैन, माफ गर्नुहोला।’ यो भनाइमा खेलको अवस्थापछिको विचार मात्र होइन क्लोपको आत्मविश्वास पनि झल्कन्छ। जसले लिभरपुलको अगाडिको बाटो अझ बलियो बनाउन प्रेरणा मिल्ने नै छ। 

यो पनि पढ्नुहोस्

‘यु विल नेभर वाक एलोन’ बिहीबार, साउन ८, २०७७

यो पनि पढ्नुहोस्

मोहम्मद सलाहबारे - जो आत्मविश्वासमा उठेसोमबार, असार १, २०७७

यो पनि पढ्नुहोस्

खेलअघिको ‘युद्ध मैदान’ : हेसेलमा युभेन्टस भर्सेस लिभरपुलशुक्रबार, जेठ १६, २०७७

 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्