काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताएका छन् ।
जेनजी आन्दोलपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका अधयक्ष ओलीले ००७ साल, ०४६ साल र ०६२/०६३ साल जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको जिकिर गरे ।
‘सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं । ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं,’ ओलीले भनेका छन्, ‘६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं कहिले देखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं ।’
उनले देशभरका नेता कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।
‘दिनै पिछे दिनै पिछे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने? कसरी झुटा मुद्दा लगाउने? भनेर बैठक बसेर बन्छ देश । केमा मुद्दा लाउनु हुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ कारण छ ? फेरी हामीले भनेका छौं हाम्रो पार्टीले भनेको छ,’ उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।