• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक

बंगलादेशसँग कस्तो होला?
64x64
ऋग्वेद शर्मा शुक्रबार, चैत १३, २०७७  १३:१५
1140x725

काठमाडौं- २०७१ चैतमा विश्वकप छनोटमा भारतसँग गोलरहित बराबरी खेलेपछि नेपाली राष्ट्रिय फुटबल टिमले ६ वर्षपछि दशरथ रंगशालामा खेल्यो। मंगलबार विश्वकप छनोटकै तयारी मानिएको ‘थ्री नेसन्स कप’मा कीर्गिस्तानको यु २३ टिमसँग गोलरहित बराबरी खेलेको नेपाली टिमको प्रदर्शन अपेक्षाकृत भएन।

विपक्षीको पोस्टमा दर्जनौँ आक्रमणको अवसर खेर फालेको नेपाली टिमको प्रदर्शनले प्रशिक्षक बालगोपाल महर्जन भने सन्तुष्ट छन्। त्यो उनमा देखिएका सन्तुष्टि होइन, खेलाडीको बचाउमा ‘भनिएको’ सन्तुष्टि हो।

मैदानमा खेलाडीको कमजोर आक्रमणपछि पनि उनीहरुको बचाउमा प्रशिक्षक महर्जन खुब आक्रामक देखिए। ‘६ वर्षपछि राष्ट्रिय टिमले खेलेको हो, तीन महिनाको तयारी कस्तो रह्यो भन्ने बुझ्ने अवसर पनि थियो। मैत्रीपूर्ण खेल जस्तो भएकाले पनि परीक्षण गरिएको हो। खेलाडीले मेरो निर्देशनअनुसार नै खेले। म सन्तुष्ट छु’ खेलपछि प्रशिक्षक महर्जनले सुनाए।

राष्ट्रिय टिममा अहिले जो छन् ती नेपालका उत्कृष्ट खेलाडी हुन् र आफ्नो निर्देशन मैदानमा राम्ररी प्रयोग भएको भन्नेमा उनले बारम्बार जोड दिए। तर उनले खेलपछिको प्रश्नउत्तरमा जे भने त्यस्तो मैदानमा भने देखिएन। नेपालको कमजोर प्रदर्शनलाई लिएर उठिरहेको प्रश्नमा उनले ‘गोलमा परिणत गर्नुपर्ने अवसर खेर जानु’ कमजोरी भएको बाहेक अरु विषय स्वीकार्न चाहेनन्।

‘अवसर धेरै नै बनाएका हौँ तर खेल जित्ने गोल हुन सकेन। अब अझ सुधार गरेर राम्रो नतिजा ल्याउने हो। मैले जुन टिम ल्याएँ त्यसमा पूर्ण सन्तुष्ट छु। यो अहिले नेपालका उत्कृष्ट खेलाडीको समूह हो। नेपालको उत्कृष्ट टिम हो। खेलअनुसार हुनुपर्ने पाँच\छ गोलमा  भने हामी चुकेका हाैं,’ उनले भने, ‘फरवार्डले धैर्य देखाउन नसक्दा गोलमा कमी रहेको बताइरहेका प्रशिक्षक महर्जनले कमजोरीको अरु पाटो भने खोतल्न चाहेनन्।’

विश्वकप छनोटका लागि सुरुवाती अवस्थामा रहेको भन्दै यसलाई अभ्यास खेलका रुपमा अर्थ्याउने प्रयासमा लागिरहे। आफूले सुरुवाती टिममा समावेश गरेका खेलाडी र युवा टिमविरुद्ध बनाएको रणनीति बारे भने उनले कुनै कमजोरी देखेनन्। पहिलो हाफमा नै आधा दर्जन जति गोलका अवसर खेल फालेको नेपाली टिमले दोस्रो हाफमा पनि उही कमजोर अवस्थालाई निरन्तरता दियो।

दर्शक जुर्मुराउने हरेक गोलका अवसर खेल गइरहँदा पनि प्रशिक्षकले बताएको सन्तुष्टि फुटबलका लागि नौलो नै हो। भलै टिमको अवस्थामा सुधारको प्रयास गर्नुपर्ने उनले आन्तरिक रुपमा पनि बुझेकै होलान्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतियोगिता सुरु हुनुअघि बंगलादेश र कीर्गिस्तान यु २३ टिमको पहिलो खेललाई हेरेर आफूले रणनीति बनाउने प्रशिक्षक महर्जनले बताएका थिए। ‘पहिलो खेल हेरेर टिमलाई कसरी बढाउने भन्ने रणनीति बनाउनेछु। हामी राम्रो खेल खेल्ने कुरामा ध्यान दिनेछौँ। राम्रो खेलपछि नतिजा त अवश्य पनि आइनै हाल्छ,’ उनले भनेका थिए। तर कीर्गिस्तानसँगको खेलपछि उनैले भनेजस्तो बल पोसेसनमा मात्र खुसी हुन सक्ने स्थिति थिएन।

राम्रो खेलको निर्णय आखिर नतिजाका आधारमा नै हुने हो। ‘विश्वकप छनोट खेलको तयारीका रुपमा नै यसलाई लिएका छौँ,’ भनेर उनले बारम्बार दोहोर्‍याए पनि थ्री नेसन्स कपको उपाधि नै नेपाली टिमको लक्ष्य हो। त्यसमा सबैसँगै प्रशिक्षक पनि स्पष्ट नै छन्। बंगलादेश र कीर्गिस्तान यु २३ टिमको खेल हेरेपछि कीर्गिस्तानले सोचेजस्तो नखेलेको बताएका महर्जनले उही टिमविरुद्ध राम्रो नतिजा दिन सकेनन्। ६७ औँ मिनेटमा १० खेलाडीमा झरेको युवा टिमविरुद्ध राष्ट्रिय टिमको प्रदर्शनमा प्रशिक्षकबाहेक अरु खुसी हुन सकेनन्।

कीर्गिस्तानसँगको खेल हुने एक दिनअघि २३ सदस्यीय राष्ट्रिय टिमको घोषण हुँदादेखि नै टिम छनोटबारे प्रश्न उठिरहेको थियो। ए डिभिजन लिग, कोभिडकै समयमा बंगलादेशसँगको मैत्रीपूर्ण खेललगायतमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट नदेखिएको असन्तुष्ट थिए। त्यही असन्तुष्टि कीर्गिस्तानविरुद्ध सुरुवाती ११ मा छानिएका खेलाडीलाई लिएर पनि देखियो।

कीर्गिस्तान यु २३ सँगको पहिलो खेल जितेर बंगलादेशसँगको दोस्रो खेलमा गर्न सकिने प्रयोगलाई प्रशिक्षकले कमजोर बनाए। दोस्रो खेलमा जितको दबाब बढ्दा उनले आफ्नो प्रयोगलाई निरन्तरता दिन कठिन हुनेछ। त्रिदेव गुरुङ र सन्जोग राईको प्रयोगमा उठेको प्रश्नमा प्रशिक्षक महर्जनले उनीहरुको उत्कृष्ट खेल नै आधार भएको दोहोर्‍याए। ५९औँ मिनेटपछि सुजल श्रेष्ठ र ७४औँ मिनेटपछि भरत खवास मैदानमा गए पनि उनीहरुको अनुभव देख्न सकिएन।

टिम छनोटका विषयमा उठेको प्रश्नमा आक्रामक देखिएका प्रशिक्षक महर्जनले प्रश्न रोक्ने हिसाबले मात्र बनावटी प्रतिप्रश्नको जवाफ दिए, ‘टिम कस्तो हुनुपर्ने हो? तपाईंले खोजेको जस्तो हुनुपर्ने हो?’ राष्ट्रिय टिममा मुख्य प्रशिक्षक रहँदा रहँदै वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगमा काठमाडौं रेजर्स एफसीको प्रशिक्षक बनेका महर्जनले खेलाडी छनोटमा त्यसैलाई आधार बनाएको आरोप पनि लागिरहेको छ।

फेन्चाइज लिगका लागि काठमाडौं रेजर्समा एन्फाकै पदाधिकारीको हालीमुहाली पनि नेपाली फुटबल नीतिमा नसुहाउँदो नै देखिन्छ। राष्ट्रिय टिममा काठमाडौं रेजर्सका विकेश कुथु र तेज तामाङ राष्ट्रिय टिममा नियमित भए पनि सन्जोग राई र त्रिदेव गुरुङ पहिलोपटक समावेश गरिए। प्रशिक्षकले भनेजस्तो राष्ट्रिय टिममा यी दुईको उपस्थितिकै खेलकै आधारमा गरिएको भए पनि मैदानमा त्यो देखिएन। सुजल श्रेष्ठ, विशाल राई र सुनिल बल जस्ता अनुभवी र मैदानमा लय देखाएका खेलाडीभन्दा बढी विश्वास उनले त्रिदेव र सन्जोगप्रति देखाए। भलै त्यो नौलो प्रयोग मात्रै किन नहोस्।

बंगलादेशसँग कस्तो होला?

थ्री नेसन्स कपमा नेपालको बंगलादेशसँग शनिबार बेलुका साढे ५ बजे हुने खेलमा नौलो प्रयोगका लागि बाटो देखिँदैन। बंगलादेश र नेपाल दुवैले विश्वकप छनोटका लागि तयारी प्रतियोगिता भनिरहे पनि उपाधिका लागि दुवै टिमले लक्ष्य बनाएकै छन्। पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान यु२३ लाई १–० ले हराएकाले बंगलादेश फाइनल पुगिसकेको छ। त्यसैले दबाब नेपालमाथि नै हुनेछ। साढे ३ हजार दर्शक उपस्थित कीर्गिस्तानविरुद्धको खेलले बंगलादेशसँग शनिबार हुने खेलमा दर्शकको संख्या बढ्ने नै देखिन्छ।

नेपालसँगको खेलपछि कीर्गिस्तानका प्रशिक्षक जोलदोसोभ नुर्बेकले नेपालले ‘डायनामिक’ फुटबल खेलेको हुँदा बंगलादेशभन्दा राम्रो रहेको बताए पनि नेपालको गोलको कमजोर अवस्था सधैँको निरन्तरता हो। आफूहरुको फाइनल पुग्ने सम्भावना कायमै रहकाले नुर्बेकले नेपाल र बंगलादेशले प्रतिस्पर्धात्मक रुपमा खेल भावनाअनुरुप नै खेल्ने आश रहेको समेत बताए।

नेपाल र बंगलादेशको अहिलेसम्म २५ खेलमा भेट भएको छ। जसमध्ये बंगलोदशसँग नेपाल १४ खेलमा पराजित भएको छ। ७ खेलमा नेपालले जित्दा ४ खेलमा बराबरी खेलेको छ। नेपालले पछिल्लो समयमा सन् २०१८ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई उसैको भूमिमा २–० गोलले पराजित गरेको थियो। तर त्यसपछि पनि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। २०२० को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिम बंगलोदशसँग २–० गोलले हारेको थियो।

त्यसपछि दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। ‘अब हामीले अंक गुमाउनु हुँदैन। कीर्गिस्तानसँगको खेलले आत्मविश्वास बढेको छ, प्रशिक्षक महर्जनले भनेका छन्,’ ‘गोल भएन भन्ने मात्र हेर्नु हुँदैन, बल पोसेसन हेर्नुपर्छ। खेलमा दिएको दबाब हेर्नुपर्छ। गोलमा देखिएको कमि सुधारेर अब हामी बढ्नेछौँ।’ आफू सन्तुष्ट रहेको बताइरहँदा उनले कीर्गिस्तानविरुद्धको खेलको सुरुवाती ११ भन्दा बंगलादेशविरुद्ध केही खेलाडी परिवर्तन हुनसक्ने पनि बताए।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्