• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सहरमा मान्छे हिँड्छन् पनि!

64x64
ऋग्वेद शर्मा सोमबार, चैत २, २०७७  १८:०९
1140x725
कीर्तिपुर ढल्पामा दृष्टिविहीनका लागि बनाइएको ‘गाइडिङ ब्लक’ समेत बेवास्ता गर्दै सडकपेटीमाथि बनाइएको भर्‍याङ। तस्बिर : निमेषजंग राई

काठमाडौं- सहरमा पैदल यात्रु पनि हुन्छन् भन्ने उपत्यकामा सडक बनाउनेहरूलाई थाहा छैन। सडक छेउमा घर हुनेलाई थाहा छैन। छेउकै सटरमा व्यापार चलाइरहेकालाई पनि थाहा छैन। मनपरि सवारी पार्किङ गर्नेलाई थाहा छैन। तर, देशको कानुनलाई थाहा छ। तर, कानुन मान्नुपर्ने विषय हो भन्ने कसैलाई वास्ता छैन।  

सडकपेटीमा हिँड्दा-हिँड्दै ठोक्किने घरको भित्तो, हिँड्ने बाटो ओगटेका पसलका सामान, निर्माण सामग्रीको थुप्रो, मोटरसाइकल र कार पार्किङ, सडक पेटीबीचका पोल र खाल्डा हेर्न काठमाडौंका जुन सडक पुगे पनि हुन्छ। सिंहदरबार गेटदेखि भद्रकालीसम्म मात्र काठमाडौं त होइन होला नै!

सिंहदरवार पूर्वी गेटबाट हनुमानस्थान जाने बाटो। 

पुराना सडक त पुराना भइगए, पछि मर्मत गरिएका र नयाँ बनाइएकै सडकमा पनि पैदलयात्रुलाई सहज हुने सडकपेटी छैनन्। कानुनले भनेजस्तो अपाङ्गतामैत्री सडकपेटी त ‘लेखिदिने’ विषय मात्र भइरहेको छ। पैदल यात्रुको बेवास्ता यति छ कि गाडी नचढी हिँड्ने पनि मान्छे हुन्छन् र! भनेजस्तो देखिन्छ। त्यसमा सबैभन्दा मारमा पर्छन् अपाङ्गता भएका व्यक्ति। 

सिंहदरवार पूर्वी गेटको पारिपट्टि। 

हिँड्दाहिँड्दै ढलमा खस्छन् अपांगता भएकाहरू
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ मा ‘सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनु पर्नेछ’ भन्ने व्यवस्था छ। तर त्यसको पालना भइरहेको छैन। अपाङ्गता भएका व्यक्तिका लागि केही सहज हुने सडक पेटी पनि अनावश्यक सामानले ओगटिएका हुन्छन्। 

कुपन्डोल हनुमानस्थानबाट सानेपा चोक जाने बाटो।

कानुनमा स्पष्ट रुपमा ‘नयाँ बन्ने सम्पूर्ण सडकहरू ह्विलचेयर प्रयोगकर्ता, बैसाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहिन, होचा पुड्का लगायत अपाङ्गता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनु पर्नेछ र पुराना सडकहरुमा विद्यमान रहेका अपाङ्गता भएका व्यक्तिको आवागमनमा अवरोध पुर्‍याउने सबै किसिमका अप्ठ्यारालाई हटाइनु पर्नेछ’ भन्ने उल्लेख छ। 

सहरी सडक मापदण्ड २०७६, मा पनि फरक उमेर समूह र फरक क्षमता भएका सबैका लागि उपयुक्त फुटपाथ हुनुपर्ने विषय समावेश गरिएको छ। जसमा अपाङ्गतामैत्री हुनुपर्ने विषयसँगै सहरी क्षेत्रमा फुटपाथको चौडाइ कम्तिमा दुई मिटरको हुनैपर्ने उल्लेख छ। फुटपाथको आकार कति पैदल यात्री हिँड्ने बाटो हो भन्ने आधारमा चार मिटरसम्मको मापदण्ड बनाइएको देखिन्छ। 

नेपाल नेत्रहीन संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बू अपाङ्गतामैत्री सडक पेटी नहुँदा काठमाडौंमा दृष्टिविहीनले दुःख भोगेको धेरै कथा रहेको सुनाउँछन्। ‘खराब सडकपेटीले भोगेका दुःखका अनुभव त सबैजसोका छन्। हिँड्दा केहीमा ठोक्किएर लडेको र ढलमा परेको अवस्था पनि छ, ट्रयाक टायल पछ्याउँदै जाँदा पोलमा ठोक्किएका घटनासमेत छन्,’ उनले सुनाए। 

न्यू प्लाजाबाट अनामनगर जाने बाटोमा। 
घट्टेकुलो चोक।

कानुनमा उल्लेख गरिएका मापदण्ड खोजेर सडक हेर्न जाने हो भने दिक्दार हुनुको विकल्प हुन्न। भएकै सडकपेटीमा निर्वाध आवतजावत गर्न पाइए हुन्थ्यो भन्ने धेरैलाई लाग्छ। अनि लाग्छ, ह्विलचेयरमैत्री सडक पेटी र दृष्टिविहीनका लागि बनाइएको ‘गाइडिङ ब्लक’ राखिएका सडकपेटी मात्र अरुले नओगटिदिए हुने। 

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यकामा धेरै सडकपेटी अपाङ्गतामैत्री बनाउने प्रयास भइरहेको भएपनि त्यो वैज्ञानिक हुन नसकेको नरबहादुर बताउँछन्। ‘राम्ररी प्रयोग गर्न सकिने सडक पेटी छैनन्। पेटी मात्र ठीक भएर पनि भएन, सबै ओगटिएका हुन्छन्। पेटी खण्डीकृत हुँदा पनि अप्ठ्यारो छ। कतै पोल, कतै ट्रयाक झिकिएका हुन्छन्, त्यसले समस्या भइरहेको हुन्छ,’ उनले भने। 

लैनचौर चोक। 

ठोक्किन आइपुग्छन् बिजुलीका पोल र सवारी
पछिल्लो समय दृष्टिविहीनका लागि सहज होस् भन्ने हेतुले ‘गाइडिङ ब्लक’ राखेर सडक पेटीको निर्माण भइरहेको देखिन्छ। तर, त्यसरी ‘गाइडिङ ब्लक’ राखिएको स्थानमा मोटरसाइकल पार्किङ गर्ने, बीचमा बिजुलीको पोल पारेर ‘गाइडिङ ब्लक’ राखिने, हिँड्दाहिँड्दै बाटो टुंगिने साथै ‘गाइडिङ ब्लक’मा नै अवरोध हुने गरी घरको भर्‍याङ राखिएको समेत देखिन्छ।

दृष्टिविहीनलाई हिँड्न सहज होस् भनेर राखिएको ‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्‍याङ हाल्नसक्ने आँट देख्दा आफूबाहेक अरुको विचार नहुने यो सहरको रवैया बुझ्न बडो गाह्रो छ। 

ढल्पामा जस्तै कीर्तिपुरकै खाःसी बजारमा त महानगरीय ट्राफिक प्रहरी प्रभाग उक्लने सिँढीले नै दृष्टिविहीनका लागि राखिएको ‘गाइडिङ ब्लक’मा अवरोध भएको देखिन्छ। ‘गाइडिङ ब्लक’ पछ्याउँदै जाँदा त्यो सकिएको र फरक स्वरुपको बाटो आएको महसुस गर्न सकिने गरी संकेत राखिनुपर्नेमा त्यस्तो पनि देखिँदैन। 

Xtrem

Xtrem
कीर्तिपुर खाःसी बजार। 

यस्तै महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि नै सडक पेटी छोपिने गरी ठूलो ट्यांकी जडान गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र माच्छापुच्छ्रे बैंक लिमिटेडले जनस्वास्थ्यका लागि संयुक्त प्रयास भनेर कोरोनाको समयमा राखिएको ट्यांकीमा न अहिले पानी छ न धारो नै। तर, त्यसले सडक पेटीमा हिँडिरहेका पैदल यात्रुलाई सडकमा झरेर हिँड्नुपर्ने बाध्यता बनाइरहेको छ। 

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि।

सडक पेटीको यस्तो अवस्थाले आफूहरुको अधिकार हनन भइरहेको स्पाइनल कर्ड इन्जुरी समूह नेपालका अध्यक्ष ऋषि ढकाल बताउँछन्। पछिल्लो समय अपाङ्गतामैत्री भनेर बनाइएको सडक पेटी पनि मापदण्डअनुरुप नभएकाले भत्काएर फेरि बनाउनु पर्ने स्थिति देखिएको उनले सुनाए। 

‘सार्वजनिक संरचना अपाङ्गतामैत्री हुनुपर्छ भनिएको छ, केही ठाउँमा बनाउन सुरु पनि भएको छ, तर एकजना पनि अट्न मुस्किल हुने फुटपाथमा ह्विलचेयर त कसरी लानु? बीचमा असहज पोल, कतै भत्केको नै हुन्छ। नारायणटारमा ह्विलचेयरमैत्री सडकपेटी बनाउने र देशभर नमूनाको रुपमा देखाउने भनेर प्रयास गरिएको हो तर त्यसमा ढिलो भइरहेको छ’, उनले भने। 

धेरै स्थानमा त सडक जति नै चौडा पारिए पनि पैदल यात्रुलाई हिँड्न पुग्ने गरीसमेत बाटो छाडिएको छैन। सडकपेटीमा लत्रिएका तारको हविगत उस्तै छ।

अनामनगर भाटभटेनी अगाडि। 

हिँड्दाहिँड्दै सडकपेटी टुंगिएर सडकमा नै झर्नुपर्ने बाध्यता पनि छ।  जसले सवारीसाधनमा रहेकालाई पैदल यात्रु देखेर दिक्क लाग्छ। पैदल यात्रुलाई अनावश्यक हर्न हानिरहेका सवारी चालक देखेर दिक्क लाग्छ। 

चिनियाँ दूतावास, हात्तिसार। 

‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्‍याङ राखिएका यी दृश्य प्रतिनिधि मात्र हुन्। यस्तै अरु धेरै स्थानमा सडकपेटीको विजोग हविगत देखिन्छ। यो अपाङ्गता भएका व्यक्तिप्रतिको हेपाहा सोच हो या बुझेर पनि अबुझ बन्ने सहरी बानी हो, जे भए पनि त्यो साह्रै नराम्रो देखिन्छ। यस्तै धेरै तस्बिर केही दिनयता सामाजिक सञ्जालमा खुब फैलिएका छन्। जहाँ धेरैले प्रश्न गरेका छन्, ‘यो के गरेको?’

थप भिडियो र तस्बिरमा (तस्बिर/भिडियो : निमेषजंग राई)

पुरातत्त्व विभाग अगाडि, माइतीघर।
लाजिम्पाट। 
अनामनगर। 
कमलादी।
सानेपा।
अनामनगर

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:०९
  • #सडक
  • #फुटपाथ
  • #सडकपेटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्