• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

रंगशालामा ओली ‘स्टन्ट’

64x64
ऋग्वेद शर्मा सोमबार, चैत १६, २०७७  २३:०४
1140x725
तस्बिरहरू : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली खेलकुदप्रेमी हुन्। रेस्लिङदेखि स्वीमिङसम्मका पारखी देखिने ओलीलाई क्रिकेट र फुटबल मन नपर्ने कुरै भएन। मौकामा चौका हान्न र राजनीतिमा आइपर्ने ‘पेनाल्टी’को सदुपयोग गर्न उनले खेलकुदबाटै सिकेको हुनुपर्छ। 

सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराउँदै विश्वकप छनोट तयारीका लागि मैत्रीपूर्ण खेलका रुपमा अथ्र्याइएको ‘थ्री नेसन्स कप’ प्रतियोगिताको उपाधि जित्यो। पहिलो खेलमा कीर्गिस्तानको २३ वर्षमुनिको टिमसँग र दोस्रो खेलमा बंगलादेशसँग नै गोलरहित बराबरी खेलेको नेपालका लागि फाइनल खेल गोलको खडेरी तोड्न सफल बन्यो। विश्वकप छनोट अन्तर्गत २०१९ को सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध गरेको गोलपछि नेपाली टिमले सात खेलमा गोल गर्न सकेको थिएन। 

दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेपछिको पहिलो उपाधिमा गोल गर्ने खेलाडीभन्दा बढी केन्द्रमा देखिए प्रधानमन्त्री ओली। खेलाडीलाई शुभकामना दिन मैदानमा जाँदा र रेफ्रीलाई ‘म्याच बल’ हस्तान्तरण गर्दादेखि नै हजारौँ दर्शकसहितको रंगशाला ‘ओलीमय’ बन्यो। नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको खेलमा लाखौँले घरबाटै प्रधानमन्त्रीको खेलप्रेम देखे। 

तर प्रधानमन्त्री ओली सुरक्षा संयन्त्रको ठूलो संख्या र उनलाई पछ्याइरहेका केही आसेपासेसहित मैदानभित्र जानु फुटबलमा शोभनीय देखिएन। खेलकुदमा खेलाडीसँगको परिचयमा अतिथिबाहेक त्यसरी भिडभाड गरिने अभ्यास सायदै कतै छ। नेपालमा नै पनि यस्तो दृश्य पहिलोपटक देखिएकाले असुहाउँदो देखियो। आखिर खेलाडीका अघि पनि सेक्युरिटीले घेरिनुपर्ने गरी ‘लोकप्रिय’ प्रधानमन्त्री असुरक्षित छन् जस्तो लाग्दैन। 

पुरस्कार समारोह सकिएपछि खेलाडीलाई पुनः बधाई दिन मैदानमा गएका प्रधानमन्त्री ओलीलाई ‘माया गरेर’ सबै खेलाडीले ‘केपी वा वी लभ यु’ को नारा नै घन्काए। तीनै खेलाडीका अघि प्रधानमन्त्री जाँदाको बाक्लो सुरक्षा घेरा असुहाउँदो लाग्ने नै भयो। प्रधानमन्त्री ओलीप्रतिको माया खेलाडीले ‘वी लभ यु’ को हुटिङमा कति राजनीतिक चेतका साथ लगाए त्यो खेलाडी नै जानुन्। 

रंगशालामा फाइनल खेल हेर्न जानुअघि प्रधानमन्त्रीले आफू अध्यक्ष रहेको पार्टी नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई के कारबाही गरे, त्यसको राजनीतिक अर्थ के हो खेलाडी वास्ता गर्दैनन्। प्रधानमन्त्रीले पछिल्लो समय चालिरहेको कदम अग्रगमन हो या प्रतिगमन खेलाडी चिन्दैनन्। सामाजिक सञ्जालमार्फत आउने हँस्यौली भाषणमा जस्तो मात्र हो या ‘वी लभ यु’ भित्र उनको राजनीतिक कदम पनि बुझिएको हो खेलाडीलाई सोध्दा जवाफ सायदै आउँछ। तर यो सबैमा प्रधानमन्त्री ओली फुटबल खेलाडीबीच प्रिय हुन् भन्ने देखियो नै। 

Ncell 2
Ncell 2
nimb
nimb

सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग खेल्दाको प्रसंगमा होस् या पौडीकी गौरिका सिंहसँग आफू पनि ‘स्वीमर’ रहेको बताउँदा होस् उनले आफ्नो खेलप्रेम देखाएर खेलाडीको मन जितेकै छन्। प्रधानमन्त्री ओली फुटबल त झनै कति प्रिय मान्छन् भन्ने जान्न १३औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेताका लागि पुरस्कार घोषणाका बेला उनले गरेको एक सम्बोधन हेर्दा बुझिन्छ। 

आफूले सागका बेला नेपालको फुटबल हेरेको र त्यसमा जस्तो खुसी र सन्तुष्टी अरु कुनै खेलमा नलागेको भन्दै उनले फुटबल खेल के हो भन्नेबारे समेत बताएका थिए। ‘म पनि युवा हुँदा फुटबल खेल्थेँ, फुटबल अत्यन्त फास्ट खेल्नुपर्ने खेल हो। फुटबलमा पहिलो कुरा त मस्तिष्क, मसल, मुटु, फोक्सो सबै चिजको तालमेल चाहिन्छ। बल मात्रैले हुँदैन। किपर त जताबाट आए पनि समाउने चुम्बक जस्तो हुनुपर्छ’ उनले भनेका थिए।

‘हाम्रा खेलाडीमा कमि रहेनन् भन्ने होइन। बल हान्दाखेरी एकदमै एक्युरेसी चाहिन्छ। खेलाडीले अभ्यास बढाउनुपर्ने र एक्युरेसीमा पुग्नुपर्ने देखिन्छ। बल क्याचिङ गर्र्ने, पासिङ गर्ने, बल हान्दा पोस्टमा हानोस् या पास देओस् त्यसमा एक्युरेसी चाहिन्छ। पासमा अझ एक्युरेसी बढाउन ध्यान दिनुपर्छ। पास दिँदा साथी भएको ठाउँ, साथी दौडिएर पुग्ने ठाउँ, बल पुग्ने ठाउँ, दुरी र गति मिलाउनुपर्छ’, उनले भनेका थिए, ‘एक्युरेट समय, एक्युरेट डिस्ट्यान्स, एक्युरेड स्पिड यी चिजहरु अलिकति मिलाउन जरुरी छ। म सधैँ भनिरहेको हुन्थेँ कि हाम्रा खेलाडीको गति धिमा भयो, सुस्त भयो तर यसपटक त्यस्तो सुस्तता देखिएन।’ 

Xtrem

Xtrem

प्रधानमन्त्रीले सागमा सहभागी २३ वर्षमुनिको टिमको खेल हेरेर जे भनेका थिए त्यसको सुधार थ्री नेसन्स कपको फाइनलमा उनले खोजे नै होला। पासको ‘एक्युरेसी’ विशाल राईको गोलमा उनले पक्कै देखेको हुनुपर्छ। यसअर्थमा प्रधानमन्त्रीले पहिलेको जस्तै सन्तुष्टी र खुसी पाए नै। तर खेलाडीका अघि प्रधानमन्त्रीले आफ्नो खेलप्रेम जसरी देखाइरहेका छन्, उस्तो खेलप्रेम सरकारको काममा भने कमै देखिन्छ। 

बजेटमा खेलकुदले पाउने कम प्राथमिकता र कोरोनाको ठूलो कहरपछि खेल क्षेत्र फर्काउन वेवास्ता भएको हेर्दा त्यो बुझिन्छ नै। खेलमा भविष्य नदेखेर विदेश पलायन हुने सयौँ खेलाडी र खेल्दा खेल्दै छाडेर अरु विकल्प खोज्ने नयाँ पुस्ताबारे सरकारले बुझेकै त होला। यसैले प्रधानमन्त्रीका लागि खेल साच्चैको प्रिय हो या मैदानबाट ‘राजनीतिक स्टन्ट’ मात्र दिन खोजेका हुन् त्यो खेल जगतले बुझ्ला नै। 

सोमबार नेपालले जितेको ‘थ्री नेसन्स कप’ उतिसाह्रो उचालिनुपर्ने उपाधि होइन। प्रशिक्षक बालगोपाल महर्जनले भनेजस्तो नेपालका लागि यो एउटा अभ्यास खेल हो। विश्वकप छनोट खेलअघिको तयारी मात्रै। नेपाली टिमका लागि मैदानभित्रको अभ्यास र प्रशिक्षकका लागि केही नौलो प्रयोग। अब प्रधानमन्त्रीलाई घेरेर घुमिरहेका फुटबल पदाधिकारी फुटबलको माथिल्लो प्रतिस्पर्धाका लागि खेलाडी तयार पार्न र खेलाडीले खेलेरै बाँच्ने अवस्थाको खोजी गर्न लागिपर्लान् नै।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय फुटबलबा... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्