काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् ।
पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको र त्यसैको लागी विस्तारित बैठक तोकिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएकोमा असन्तुष्टि जनाएकी हुन् ।
आइतबार पार्टीका संस्थापक सभापति रवि लामिछानेलाई पत्र लेख्दै कार्कीले चार बुँदे धारणसहित रास्वपामा रूपान्तरण आवश्यक रहेको बताएकी छन् ।
‘पार्टीको नेतृत्व, सिद्धान्त,नीति कार्यक्रम आदि सबै कार्यक्रमको पुनरावलोकन, पुनः मूल्याङ्कन र पुनसंरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणका लागि अहिले नै उपयुक्त समय हो’,कार्कीले भनेकी छन् ।
साथै पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन् ।
‘यसैक्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकाङ्क्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुनपनि अनुरोध गर्दछु’, कार्कीले भनेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।