• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मोहम्मद सलाहबारे - जो आत्मविश्वासमा उठे

64x64
ऋग्वेद शर्मा सोमबार, असार १, २०७७  १५:३०
1140x725

एक फुटबलर सुहाउँदो मैदानमा मात्र आफूमाथि खर्च भएको रकमलाई न्याय गर्न सक्छन्। खेलाडीमाथि कति रकम लगाइयो भन्ने कुराको तर्क उनको गोलको संख्यासँग जोडेर हेर्नु राम्रो देखिँदैन। न त कोही खेलाडी नै पाएको रकमअनुसार मात्र आफ्नो प्रदर्शन गर्न मेहनत कम गर्ने खालका हुन्छन्।  

प्रशंसक र पत्रकारहरुको आलोचना हेरेर पनि खेलाडीहरुले खेल्ने होइनन्। एक खेलाडीले त्यति खेल्छ जति उसको क्षमता हो। कहिले काहिँ क्षमताहरु देखिँदैनन्। निखारिँदैनन्। त्यसका पछिका कारणहरु गलत कार्यनीति, दबाब र आत्मविश्वासको कमि आदि जे पनि हुन सक्छ। 

केही यस्ता हुन्छन् जो सुरुदेखि नै आफू अनुकुल नभएका परिस्थितिलाई सुधार गर्दै चम्कन्छन्। केहीलाई सही अवसर र समयको आवश्यकता पर्छ। मोहम्मद सलाहलाई जस्तै। जसले आलोचना र गालीबाट उठेर फुटबललाई नयाँ स्तरमा लगे। 

सन् २०१७ मा ४२ मिलियन युरोमा जब इंग्लिस क्लब लिभरपुलले मोहम्मद सलाहलाई ल्याउने कुरा चल्यो तब उनी त्यति रकमका लागि योग्य होइनन् भनेर प्रश्न उठ्न सुरु भयो। उनको योग्यतामाथिको प्रश्नहरु २०१४ मा चेल्सीमा रहँदाको केही सयमलाई हेरेर थियो। जहाँबाट उनलाई २०१६ सम्म नै चेल्सीले लोनमा इटालियन क्बल फियोरेनटिना र रोमामा पठाएको थियो। 

प्रिमियर लिगमा सलाहको पहिलो छोटो उपस्थिति सन्तोषजनक हुन सकेन। उनी चेल्सीमा खेलाडी किनबेचको ‘विन्टर विन्डो’ मा आएका थिए। जुन समय खेलाडी नयाँ क्लबमा जाने उपयुक्त समयका रुपमा हेरिँदैन। त्यस्तोमा पनि उनले खेल्ने अवसर नै मुस्किलले पाए। 

त्यो समय यस्तो थियो जतिबेला चेल्सी ‘राइट विंगर’ किन्थ्यो र उसको मोलमोलाइ अर्का खेलाडी किन्नका लागि गथ्र्यो। जस्तो कि चेल्सीले आन्द्रे सुरललाई किनेर राख्यो र २०१५ मा वुल्सवर्गमा बेच्यो। उनलाई बेच्नुको कारण थियो क्वान कुड्राडोलाई किन्न सकियोस्। त्यसैगरी मोहम्मद सलाह चेल्सीबाट लोनमा फियोरेनटिना र लोनमा नै रोमाबाट २०१६ मा रोमामा नै बेचिए। 

२०१४–१५ को सिजन चेल्सीले प्रिमियर लिग जितेको सिजन थियो। त्यसैले खेलाडी किनबेच त्यसैको बलमा हुन थालेको थियो। त्यही निरन्तरताको कमि भइरहेका बेला चेल्सीको अगाडि बढ्ने शैली ‘कस्मेटिक’ देखिन थालेको थियो। 

Ncell 2
Ncell 2

त्यही कारण हुनुपर्छ आफैसँग रहेको एक हिरालाई चेल्सीले सम्हाल्न सकेन। हुन त जोस मोउरिन्हो र चेल्सीले सम्हाल्न नसकेका प्रतिभा सलाह पहिलो पनि होइनन् र अन्तिम पनि। त्यस्तै अर्का उदाहरणका रुपमा केभिन डि ब्रायनलाई समेत लिन सकिन्छ। 

यसैले पनि चेल्सीमा असफल देखिनु सलाहको कमजोरी थिएन। तर पनि त्यो समयले उनलाई लामो समय सताइरह्यो। लिभरपुलमा आउने समयमा समर्थकहरु चेल्सीको समय बिर्सन उनले रोमामा देखाएको खेलको ‘हाइलाइट्स’ फैलाइरहेका थिए। सान्त्वना दिन र प्रोत्साहित गर्न। रोमामा सलाहले राम्रो खेलेका हुन्। तर प्रिमियर लिगका इंग्लिस समर्थकहरु सिरी ए मा उति धेरै लागिसकेका थिएनन्। त्यसैले सलाह नयाँ प्रतिभा थिए। 

तर आलोचकहरु सलाहलाई ‘नयाँ कुड्राडो’ का रुपमा हेरिरहेका थिए। धेरैजसो त चुट्किलाका रुपमा नै प्रयोग भइरहेका थिए। हुन त लिभरपुल चेल्सी होइन। एन्फिल्ड नै सलाहको लागि सुहाउँदो मैदान थियो। जोश र उत्साहको संगम रहने इजिप्टबाट फुटबलमा बढेका सलाहका लागि एन्फिल्डका समर्थक सुहाउँदो थिए। तर अहिलेको समयमा जस्तो सलाह देखिएका छन् त्यस्तो होलान् भन्ने कल्पना कसैमा थिएन। 

कहिल्यै नमर्ने एउटा आत्मविश्वासका रुपमा देखिएका छन् सलाह। चेल्सीभन्दा फरक रुपमा लिभरपुलमा देखिए। 

इजिप्टको बास्युनमा सन् १९९२ मा आजकै दिन जन्मिएका हुन् सलाह। सात वर्षको छँदा नै उनी फुटबलसँगको प्रेममा परे। साथीहरुसँग स्थानीय फुटबलमा बढिरहेका सलाह १४ वर्षको उमेरमा इजिप्टकै अल मोकालुन अरब एफसीमा अनुबन्ध भएका थिए। जुन उनको घरबाट ३० मिनेटको दुरीमा थियो। उनी स्कूलमा दुई घन्टा मात्र पढ्थे, २ बजे नै मैदानमा अभ्यासका लागि पुग्न स्कूलबाट नै उनलाई त्यस्तो अनुमति थियो। आखिर उनको सफलताको पढाइ मैदानमै जो थियो। 

उनको दिनचर्या घरबाट स्कूल त्यहाँबाट हिँड्ने, रेलमा जाने खाने अभ्यास गर्ने र घर फर्कने। यसैगरी लामो समय बित्यो। उनीसँग सपना थियो र त्यसलाई पूरा गर्ने विश्वास पनि। जसले १४ वर्षको उमेरमा अप्ठ्यारो पहिचान गर्न र त्यसबाट बाहिर निस्कन सिकाइरहेको थियो। क्लबबाट पहिलोपटक मैदान उत्रँदा उनको सपनाले आकार लिन थाल्यो। 

फुटबलको सुरुका दिनहरुमा ‘लेफ्ट ब्याक’ बाट खेल्ने सलाह विस्तारै ‘राइट विंगर’ का रुपमा बढ्न थालिसकेका थिए। एकपटक १६ वर्षमुनिको कारियो लिगमा ‘लेफ्ट ब्याक’ बाट खेल्दा सलाहले पाँच पटक ‘वान भर्सेस वान’ मा गोलको अवसर पाएका थिए। जसका कुनै पनि प्रहार गोल भएन। त्यही बेला उनलाई नियालेका प्रशिक्षक एल सिसिनीले उनलाई विंगरका रुपमा खेल्न सुझाव दिएका थिए। जसले त्यसपछिको लिगमा उनले ३५ गोल गरेर प्रशिक्षकको विश्वास यकिन तुल्याए। 

सलाह असाध्यै नम्रतासँग बढेका खेलाडी हुन्। उनको चरित्र र व्यक्तित्व अहिलेसम्म पनि नम्र छ। इजिप्टमा राष्ट्रिय हिरोका रुपमा र विश्व फुटबलमा स्टार खेलाडीका रुपमा चलिसक्दा पनि उनको स्वभावमा रत्तिभर घमण्ड देखिँदैन। इजिप्टलाई विश्वकपमा छनोट गराएपछि एक ब्यापारीले दिन खोजेको सुविधायुक्त घर अस्वीकार गरेर त्यसलाई नाजुक अवस्था भएकाहरुका लागि प्रयोग गर्न दिनु भन्ने सलाहको बोलीले पनि उनको सरलपन देखिन्छ। 

सलाहले पहिलो व्यावसायिक फुटबल डेब्यू २००९–१० को सिजनमा गरेका थिए। त्यसपछिको सिजन त उनी पूरै समय जस्तो मैदानमा देखिए। इजिप्टमा एक स्टारका रुपमा बढिरहेका सलाहको गतिमा विश्राम २०१२ मा भएको पोर्ट सेड स्टेडियम दुर्घटनाका कारण लाग्यो। ७४ जनाको हत्या र पाँच सय भन्दा बढी घाइते भएको त्यही घटनापछि इजिप्टमा लिग फुटबल रोकियो। त्यसबेला बसेलसँगको त्यही मैत्रीपूर्ण खेलमा सलाहले देखाएको खेलले नै उनले स्वीट्जरल्याण्डमा एक हप्ताको अभ्यासको मौका पाएका थिए। जसबाट उनी बसेलमा स्थायी अनुबन्ध नै भए। 

सलाहले आफ्नो फुटबल विकास गर्ने समय बसेलमा नै पाए। युरोपका अरु ठूला लिग जस्तो स्वीट्जरल्याण्डमा नभए पनि बसेल च्याम्पियन्स लिग टिमसमेत रहेकाले सलाहको खेल सुधार्न र ठूलो मैदानमा चिनिनँ राम्रो मौका मिल्यो। २०१२–१३ को युरोपा लिग क्वाटरफाइनलमा सलाहकै गोलले बसेल टोटनह्यामबीचको खेल पेनाल्टीसम्म पुगेको थियो, जसमा बसेल विजयीसमेत भयो। 

त्यसपछि बसेलको भेट चेल्सीसँग भएको थियो। त्यो समयको चेल्सीलाई रोक्न बसेलका लागि मुस्किल थियो। भर्खर अनुभव बटुलिरहेका सलाहका लागि पनि कठिन देखियो। तर दोस्रो लेगमा हारका बाबजुद पनि सलाहले देखाएको खेल तारिफयोग्य थियो। भाग्यकै कुरा हुनुपर्छ आउँदो सिजन च्याम्पियन्स लिगमा पनि बसेलको भेट चेल्सीसँग भयो। जहाँ सलाह अझ राम्ररी चले। जसले प्रिमियर लिगमा उनको बाटो खुल्यो। 

२०१४ मा चेल्सीले सलाह ल्याउँदा नै लिभरपुलले समेत उनीमाथि इच्छा देखाइरहेको थियो। तर बाजी मार्‍यो चेल्सीले। चेल्सीले सलाह त ल्यायो तर आफ्ना नयाँ खेलाडीलाई कसरी प्रयोग गर्ने भन्ने यकिन गर्न सकेन। जानेन। सलाहको खुबी देखेर ल्याएको भए पनि उनलाई विश्वस्तरीय खेलाडीका रुपमा विकास गर्न चुक्यो। २०१३–१४ को सिजनमा बाँकी रहेका खेलमा जति अवसर पाए सलाहले राम्रै गरेका थिए। तर आउँदो सिजन नै उनको उपस्थिति क्लबमा कमजोर बन्यो। 

तर चेल्सीले चिन्न नसकेका सलाह त्यहाँबाट बाहिर रहँदा नै चिनिए। लोनमा फियोरेनटिनामा रहँदा नै सलाहको तारिफ सुरु भइसकेको थियो। एक सिजनमा मात्र त्यहाँ रहे पनि उनले कोपा इटालियामा युभेन्टसविरुद्ध खेलेको खेलले धेरैलाई उनको खेल चिनायो। समर्थकहरु उनको खेल प्रेममा परिसकेका थिए। तर आउँदो सिजन नै चेल्सीले लोनमा उनलाई रोमा पठायो। 

फियोरेनटिनामा रहँदा समर्थकहरु रंगशालामा ‘हामी सलाहको गोल हेर्न आएका’ भन्दै कराइरहेका सुनिन्थे। खेलपछि उनी समर्थकसँग सेल्फी खिचिरहेका देखिन्थे। २६ खेलमा ९ गोल गरिसक्दा नै उनको परिचय बनिसकेको थियो। त्यसपछि रोमामा पनि सलाहको खेल उसैगरी चलेको हो।

रोमामा समर्थकमार्फत उनको स्वागत हुन केही समय लाग्यो। फियोरेनटिनाको अपराजित यात्रा रोक्न सलाहले रोमामा छँदा गरेको गोलले उनी समर्थकमाझ पनि अझ प्यारो बन्न थालेका थिए। गोलपछि सधैँ झैँ दुवै हात आकाशतर्फ उठाएर हेर्ने उनको शैली दर्शकले चिन्न थाले। 

सलाह गोलका लागि चिनिन थालेका थिए। २०१५–१६ को सिजन रोमामा ४२ खेलमा १५ गोल गरेका सलाहले त्यसको आउँदो सिजन ४१ खेलमा १९ गोल गरे। सिजनकै उत्कृष्ट खेलाडीका रुपमा देखिएका सलाहलाई सधैँका लागि रोमामा अनुबन्ध गर्न आतुरी देखिएको थियो। नभन्दै उनी २०१६ मा चेल्सीबाट स्थायी रुपमा रोमामा गए। 

रोमामा उनको खेलको विकास कलात्मक रुपमा भयो। जसले युरोपका ठूला क्लबहरुको आँखा उनीमाथि पर्‍यो। त्यसपछि नै प्रिमियर लिगमा दोस्रो अवसर उनले लिभरपुलमार्फत पाए। २०१७ मा उनी रोमाबाट लिभरपुल पुगे। रोमामा उचो भइसकेको उनको खेल लिभरपुलमा चिनाउन केही समय लाग्यो। हरेक पटक अवसर पाउँदा उनले आफूलाई प्रमाणित गर्दै लगे। 

क्लबका लागि मात्र होइन इजिप्ट राष्ट्रिय टिमको खेलमा पनि सलाहको उपस्थिति बलियो बन्दै गयो। विश्वकप छनोटमा कंगोविरुद्ध ९५औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इजिप्टलाई विश्वकपमा पुर्‍याएपछि त सलाहको चर्चा अझ चुलियो। त्यसपछि नै अफ्रिकन फुटबलर अफ दि इयर र अरब प्लेयर अफ दि इयरको अवार्ड जितेका सलाह अझ चम्किए। रसिया विश्वकपमा पूरा इजिप्टको भार सलाहमाथि परेको थियो। उनले सन्तुलित रुपमा विश्वमञ्चमा आफ्नो खेल प्रस्तुत गरे। २०१८ को च्याम्पियन्स लिग खेलमा लागेको चोटका कारण उनले लामो समय खुलेर खेल्न सकिरहेका थिएनन्। 

लिभरपुलबाट गएको सिजन च्याम्पियन्स लिग जितेका सलाह यो वर्ष प्रिमियर लिगको उपाधि जित्न नजिक छन्। २८ वर्षको उमेरमा अहिले उनले पाएका उपलब्धीहरु प्राय खेलाडीको सपना नै हो। अहिले लिभरपुलको कीर्तिमानहरुमा आफ्नो नाम लेखाइरहेका सलाह अझ अघि बढ्ने नै छन्। 

सानामा ‘इजिप्टका मेस्सी’ का रुपमा चिनिएका सलाह अहिले ‘इजिप्टकै सलाह’ हुन्। अरु कोही खेलाडी सलाह जस्तै भनेर चिनिने गरी उनले आफ्नै उचाइ बनाए। 

(यो सामग्री खालिजा टाइम्स, फुटबल टाइम्स, बिबिसी र गार्जियनमा आधारित रहेर तयार पारिएको हो।) 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्