• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खेलअघिको ‘युद्ध मैदान’ : हेसेलमा युभेन्टस भर्सेस लिभरपुल

64x64
ऋग्वेद शर्मा शुक्रबार, जेठ १६, २०७७  १५:३६
1140x725

सन् १९८५, मे २९। ३५ वर्षअघि ठीक आजकै दिन। बेल्जियम ब्रसेल्सको हेसेल रंगशाला। युरोपियन कप फाइनलमा इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब लिभरपुलबीचको खेल सुरु हुनुअघि युद्धभूमि जस्तो बनेको फुटबल मैदान। ३९ जनाको मृत्यु। सयौँ घाइते। फुटबल खेल हेर्नु जीवन र मृत्युबीचको कारण हुनसक्ने त्यो घटना अहिलेको पुस्ताले के सोच्ला? 

तर त्यसलाई भोग्नेहरु, देख्नेहरु, टेलिभिजनमा हेर्नेहरु या इतिहासका पानाबाट केही जानेकाहरु ‘हेसेल’ शब्दलाई पनि भुल्न सक्ने छैनन्। पीडा र वेदनाको मायालाग्दो सम्झनाले सताइने त्यही पुस्ताका फुटबल समर्थकलाई त हेसेलले अहिलेसम्म झस्काइरहेकै छ। 

ब्रसेल्समा त्यो दिन घाम राम्रै लागेको थियो। साँझका अन्तिम किरणहरु छाडेर घाम ओझेल पर्दै जाँदा नसोचेको घटना अगाडि आइलाग्यो। महत्वपूर्ण फाइनल खेल सुरु हुनै लाग्दा दर्शक बस्ने स्थानमा त्यस्तो हताहती होला भन्ने कल्पनासम्म पनि थिएन। 

एकैछिनमा माहोल यस्तो बन्यो कि लाग्थ्यो त्यहाँ खेल हुँदै छैन। केही क्षणमै लिभरपुलका समर्थकले युभेन्टस समर्थकमाथि गरेको आक्रमण, ढलेको पर्खाल, भागदौड, चिच्याहट र डर। लिभरपुल समर्थकहरु दुई समर्थकको स्थान छुट्याउने बीचको बार भाँचेर युभेन्टस समर्थकतिर भिड्न पुगेका थिए। यसैले घटना सम्झँदा अहिले पनि युभेन्टस समर्थक हत्याका रुपमा लिन्छन् भने लिभरपुल समर्थकहरु दुर्घटना। 

मर्नेहरुमा ३२ जना इटालीका, चार जना बेल्जियमका, दुई जना फ्रान्सका र एक जना उत्तरी आयरल्याण्डका थिए। घटनाको अनुसन्धानबाट लिभरपुलका १४ समर्थकलाई नरसंहारमा दोषी मानिएको थियो। जसका कारण हरेकलाई तीन वर्षको जेल सजायसमेत गरियो।  

त्यस्तो भयानक घटनापछि पनि खेल रोकिएन र युभेन्टस मिसेल प्लाटिनीको गोलमा १–० ले विजयी भयो। तर त्यही घटनापछि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस क्लबहरुलाई युरोपियन प्रतिस्पर्धाबाट पाँच वर्ष प्रतिबन्धमा राखिदियो। घटनाका कारण खाली राख्नुपर्ने ‘न्युट्रल’ भागको समेत टिकट बिक्री गरेको आरोपमा बेल्जियन फुटबल एशोसियसनका महासचिव अल्बर्ट रुसेन्स निश्कासनमा परेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

फुटबल चलिरहँदा मैदानबाहिर लहरै राखिएका लाशहरु, जसमा युभेन्टसको झन्डा ओढाइएको थियो, आत्तिएका मानिसहरु सबैले खेलको उत्सव दुःखमा बदलिएको थियो। तर पनि खेल रोकेमा एक अर्काका ढुँगा हान्न थालेका दर्शकहरु भड्किएर अर्को दुःखद घटना घट्न सक्ने भन्दै खेल रोकिएको थिएन। 

त्यही घटनामा निधन भएका उत्तरी आयरल्याण्डका प्याट्रिक राडकिल्फ त फुटबल मन पराउने दर्शकसम्म थिएनन्। ब्रसेल्समा नै कामको शिलशिलामा रहेका उनी साथीले नै टिकट किनिदिएपछि समय बिताउन मात्र रंगशाला गएका थिए। उनका जुम्ल्याहा भाइ जर्जले घटनापछि भनेका थिए- ‘उनी गलत समयमा गलत ठाउँमा पुगेछन्।’

तर सबैको संयोग त्यस्तो थिएन। फुटबल मन पराउने जमातले नै रंगशाला भरिएको थियो। फुटबल मन पराएर खेलको अनुशासन हेर्नेहरु कसरी एक्कासी हिंशामा लागे अनौठो छ। त्यो जोशको उन्माद फुटबल मैदानमा अरु समय पनि देखिएका हुन्, झगडाका कतिपय किस्साहरु अहिलेसम्म पनि छँदै छन्। तर विध्वंशकारी त्यो घटनाले दुई देशबीचको फुटबल समर्थकमा आज पर्यन्त पनि मनको दुरी बनाइराखेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाका एक प्रत्यक्षदर्शी एड भुलिएमीलाई उद्धृत गर्दै गार्जियनले लेखेको छ- ‘त्यो घटनाको कारण रक्सीले मातेका केही लिभरपुल समर्थकको गुण्डागर्दी शैली नै हो।’ 

हुन पनि सन् १९८० ताका इंग्लिस क्लब संलग्न फुटबल खेल हुने रंगशाला वरपर स्थानीय प्रशासनकै आदेशमा रक्सी पसलहरु बन्द गरिन्थ्यो। तर त्यो दिन ब्रसेल्समा रंगशाला वरपर नै रक्सी पसलहरु खुला थिए। रंगशाला प्रवेशको जाँच छल्ने उपाय पनि समर्थकले खोजि नै हाल्छन्। त्यसैले पनि समस्या अझ बढेको थियो। ५० हजार दर्शक क्षमताको रंगशालामा समर्थक त्योभन्दा बढी थिए। 

घटनापछि रंगशालको दृश्य कुनै युद्धभूमिको सुटिङ गर्न तयार पारिएको फिल्मसेट जस्तो थियो। प्रहरीको संख्या बढेको थियो। एम्बुलेन्सको आवतजावत निरन्रत थियो। आत्तिएका मानिसहरु सुरक्षित ठाउँ खोज्दै यताउति गरिरहेका थिए। हेलिकोप्टर उडिरहेका थिए। 

खेलका लागि तयार भएर बसेका खेलाडीहरु दुःखमा थिए। लिभरपुलका केही खेलाडीले दर्शकलाई शान्त बनाउने प्रयास नगरेका पनि होइनन्। तर भड्किसकेको भिडलाई बोलीले नियन्त्रण गर्न सम्भव थिएन। 

अहिले पनि इटालियन फुटबल समर्थकको मनमा इंग्लिस क्लब त्यसमा पनि विशेष गरी लिभरपुलको समर्थन नहुनुको कारण हेसेल घटना नै हो। त्यही घटनापछि युभेन्टस र लिभरपुुलबीच सन् २००५ मा च्याम्पियन्स लिग क्वाटरफाइनलमा भेट हुँदा पनि दर्शकबीचको मनमुटाव राम्रै देखिन्थ्यो। लिभरपुल समर्थकहरु ‘मित्रता’ लेखेर युभेन्टस समर्थकतिर देखाइरहेका थिए भने युभेन्टसका समर्थक माझि औँला देखाइरहेका थिए। 

हेसेल घटनापछि ब्रसेल्समा सडकमा टाउको झुकाएर बसिरहेका एक लिभरपुल समर्थक। 

(यो सामग्री बिबिसी, गार्जियन, युभेन्टस डटकम, फुटबल हिस्ट्री र फुटबल टाइम्समा आधारित रहेर तयार पारिएको हो।)

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्