• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

थाई एयरलाइन्सका कर्मचारीबाट हराएको थियो ३३ किलो सुन, छानबिन समितिले केलायो तस्करीका सबै पाटा

64x64
नेपाल लाइभ सोमबार, वैशाख १७, २०७५  ०६:०९
1140x725

काठमाडौं– बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका नयाँ तथ्यहरु खुल्दै गएका छन्। अनुसन्धान अन्तिम चरणमा पुग्दा घटनाका सबै पाटा छानबिन समितिले केलाएको छ। 

छानबिन समिति स्रोतका अनुसार विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन थाई एयरलाइन्सका कर्मचारी सानु वनबाट हराएको थियो। थाई एयरलाइन्सका प्राविधिक वनको विमानस्थलभित्रै रहस्यमय मृत्यु भइसकेको छ। 

गत माघ ७ गते ३३ किलो सुन रहेको लगेज बानेश्वरस्थित चुडामणि उप्रेती (गोरे) को कार्यालयमा ल्याउन उनलाई जिम्मेवारी दिइएको थियो। मध्य बानेश्वरबाट अनामनगर आउने बाटोमा सुन भएको झोला लुटपाट भएको उनले बताएका थिए। सोही सुन लुटेको हुनसक्ने आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको पनि हत्या भएको थियो। शाक्यको हत्या र त्यसको अनुसन्धानमा भएको चलखेलमाथि विस्तृत छानबिन हुँदा विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो। 

गत माघ २२ मा विमानस्थलकै रनवेमा नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङ्करको ठक्करबाट वनको मृत्यु भएको थियो। जुन दुर्घटना जस्तो देखिएपछि आत्महत्या भएको प्रहरी अधिकारीहरु बताउँछन्। सिसिटिभी क्यामेरा फुटेजमा गुडिरहेको ट्याङ्करमुनि उनले हाम फालेको देखिएको छ। तस्कर समूहको यातना सहन नसकेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

३३ किलो सुनसँग प्रत्यक्ष रुपमा गाँसिएका वनको नै मृत्यु भएपछि त्यो सुन कहाँ पुग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। 

प्रहरीका अनुसार विमानस्थलमा कार्यरत एयरलाइन्सका कर्मचारी आफैंले सुन राखिएका लगेज उप्रेतीको कार्यालयसम्म पुर्‍याउँथे। त्यसरी प्रत्यक्ष तस्करीमा संलग्न थाई एयरलाइन्सका ८ र नेपाल एयरलाइन्सका ४ कर्मचारी पक्राउ परिसकेका छन्। 

विमानस्थलमा तीन तहको सेटिङ

विमानस्थलबाट सुन तस्करीका लागि तस्करहरुले तीन तहको सेटिङ मिलाएका थिए। लगेज बोक्ने लोडर, एयरलाइन्सका कर्मचारी र प्रहरी। लोडरहरुले सुन राखिएका सुटकेसको पहिले नै भाइबर तथा ह्वाट्स एपमार्फत सूचना पाउँथे। सोही सुटकेस उनीहरुले नेपाल एयरलाइन्स र थाई एयरलाइन्सका कर्मचारीलाई बुझाउँथे। ती सुटकेस बेबारिसे भएको जस्तो देखाएर आफैं राख्थे र अनुकूल मिलाएर आफ्नै झोलाका रुपमा लिएर निस्कथे। जसलाई उनीहरु आफैंले बानेश्वरस्थित तस्कर समूहका नाइके उप्रेतीको गोप्य कार्यालयमा पठाउने गर्थे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसका लागि विमानस्थलमा कार्यरत प्रहरीलाई पनि सेटिङ मिलाइएको थियो। उनीहरुले ती झोला निकाल्दा कुनै बाधा पुर्‍याउँदैन थिए। सुन तस्करीमा अप्रत्यक्ष सहयोग गरेको प्रमाण भेटिएपछि विमानस्थलमा त्यतिबेला काम गरेका डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत पक्राउ परेका छन्।

साढे ३३ किलो र ३३ किलोमा एउटै समूह 

२०७३ पुस २० मा प्रहरीले विमानस्थलबाटै भन्सार कर्मचारी र प्रहरीको मिलेमतोमा भित्रिएको साढे ३३ किलो सुन गौशलामा बरामद गरेको थियो। जुन घटनापछि तस्कर समूहले सबैलाई पैसा खुवाएर लामो समयदेखि तस्करी गर्दै आएको खुल्यो। तस्करीमा संलग्नमध्ये एक उनै उप्रेती थिए। तस्करीमा संलग्न धेरैलाई प्रहरीले पक्राउ गरे पनि उनलाई पक्राउ गर्न सकेको थिएन। किनकि उनको धेरै प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध थियो।

हाल गृह मन्त्रालयले छानबिन गर्दा साढे ३३ किलो र ३३ किलो सुन तस्करीमा एउटै समूह रहेको खुलेको हो। उनीहरुले विमानस्थलमा ४–५ वटा समूहसँग सेटिङ मिलाएर तस्करी गर्दै आएका थिए। भन्सारका कर्मचारी पक्राउ परेपछि भन्सारसँगको सेटिङ भत्किए पनि एयरलाइन्सका कर्मचारीहरुसँगको सेटिङ जारी नै थियो। त्यसकारण उनीहरुलाई तस्करीमा कुनै समस्या थिएन। 

Xtrem

Xtrem

विमानस्थलभित्रको सबै कमजोरी उनीहरुलाई थाहा थियो। त्यही कमजोरी पत्ता लगाएर उनीहरुले सजिलै सुन छिराउँदै आएको छानबिन समितिमा आबद्ध एक अधिकारीले बताए। स्रोतका अनुसार पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङले एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएका थिए। उनी पञ्चायत कालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरके ज्वेलर्सका माकिल राजेन्द्र शाक्य साढे ३३ किलो सुन तस्करी प्रकरणका पनि प्रतिवादी हुन्। अधिकांश लगानीकर्ताहरु एउटै देखिएको छ। 

मुख्य तस्करहरु फरार 

तस्करीमा सहयोग गर्ने ६ प्रहरी अधिकारी हिरासतमा छन्। तर, मुख्य नाइकेहरु फरार छन्। तस्करी र शाक्य हत्याका योजनाकार उप्रेती परिवारसहित फरार छन्। उनको सम्पत्ति रोकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। तस्करीमा संलग्न मोहन अग्रवाल लगायत उनका धेरै साझेदार विदेश भागिसकेका छन्। उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायरको तयारी भइरहेको छ। 

हालसम्म पूर्वडिआइजी गोविन्द निरौलासहित ६ प्रहरी पक्राउ परिसकेका छन्। एसपी विकासराज खनाल, डिएसपीहरु प्रजित केसी, संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान विष्णु खड्कामाथि मुद्दा अघि बढेको छ। यसैगरी, छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पनि सोधपुछका लागि पत्र काटेको छ।

त्यस्तै, बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम पनि हिरासतमै छन्। 

सम्वीरप्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य,  अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार,   मदनप्रसाद घिमिरेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुविरुद्ध बुधबार मोरङ जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता हुँदै छ। सनम शाक्यको अपहरण र कर्तव्य ज्यान मुद्दा भने सबैउपर दायर नहुने एक प्रहरी अधिकारीले बताए।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०७५  ०६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी
सम्बन्धित सामग्री
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिद... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्