बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यी उत्तर कोरिया जाने भएका छन्।
उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी आगामी मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।
पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ। उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो।
कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गर्ने यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।