लुम्बिनी– २५६२औं बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ। बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै शान्ति र्यालीमा सहभागिता जनाए।
प्रधानमन्त्री ओलीले मायादेवी मन्दिरमा आधाघन्टा पूजा गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जनाए। त्रिपाठीले प्रधानमन्त्री ओलीलाई लुम्बिनी स्थिल मायादेवी मन्दिर, अशोक स्थम्ब तथा लुम्बिनी गुरुयोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
लुम्बिनीस्थित मयलवार बजारबाट सुरु भएको शान्ति र्यालीमा प्रधानमन्त्री ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका साथै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित मन्त्री लगायतको सहभागिता थियो। शान्ति र्याली लुम्बिनीको मुख्य द्वार हुँदै मायादेवी मन्दिरसम्म पुगेको थियो।
मायादेवी मन्दीरसम्म र्यालीको नेतृत्व पर्यटनमन्त्री अधिकारीले गरेका थिएर भने मायादेवी मन्दिरबाट प्रधानमन्त्री ओली र्यालीमा सरिक भएका थिए। प्रधानमन्त्री ओली मायादेवी मन्दिरदेखि शान्ति दीपसम्म र्यालीमा सहभागी भए।
शान्ति दीपबाट प्रधानमन्त्री गाडीबाट कार्यक्रम स्थल पुगेका थिए भने अन्य सहभागी र्यालीबाटै कार्यक्रम स्थल पुगेका थिए।
र्यालीमा नेपाली बौद्धमार्गीका साथै विभिन्न देशका भिक्षु भिक्षुणी, विभिन्न स्कुलका विद्यार्थी, स्थानीयबासी लगायत सयौंको उपस्थिति थियो।
बुद्ध जयन्तीको औपचारिक कार्यक्रम ११ बजेदेखि सुरु हुँदैछ। बुद्ध जयन्तीको कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी पनि उपस्थित हुँदैछिन्।











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।