बग्दाद- इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको छ।
इराकी न्यायलय स्रोतका अनुसार उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएका थिए।
बग्दादस्थित आतङ्कवाद सम्बन्धी मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा सम्लग्न भएको वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकाले जन्मकैदको सजाय गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।