वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन्।
ट्रम्पले फोनवार्तापछि ट्वीटरमा लेखेका छन्, ‘दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ। सबैकुरा राम्रोसँग अघि बढेका छन्। उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको छ।”
जारी वार्ताका विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्पले जानकारी दिए।
मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको थियो।
दुई कोरियाली मुलुकमा सन् १९५० मा सुरू भएको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।