एडेन– इश्लामिक स्टेट (आइएस) समूहका १ जना उच्च नेता दक्षिणी यमनको सरकार नियन्त्रित क्षेत्रमा सुरक्षाकर्मीले गरेको ‘सर्च अपरेसन’का क्रममा शनिबार मारिएका यमनको प्रहरीले जनाएको छ।
एडेन र अभियान क्षेत्रका उक्त समूहका स्वघोषित नेता (अमिर) सालेह नासर फादल अल–बाक्सीलाई सुरक्षाकर्मीले लुकेर बसेको अवस्थामा भेटिएको र भाग्न खोज्दा यमनको सरकार नियन्त्रित क्षेत्रमा मारिएको एडेन प्रहरीका उच्च अधिकारीले एएफपीलाई बताए।
आइएस र अल कायदाको अरवी प्रायदीपमा संगठित इश्लामिक सञ्जालले यमनको दक्षिणी क्षेत्रलाई सुरक्षित आश्रयस्थल बनाउँदै यमनमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन्।
यमनी नेता अबेद्रब्बो मन्सुर हाडीलाई यमनी सिया हुथी विद्रोहीले राजधानी सानाबाट धपाएपछि सन् २०१५ देखि दक्षिणी यमनमा बस्दै आएका छन्। उनलाई साउदी नेतृत्वको सैनिक गठबन्धनको सहयोग रहँदै आएको छ।
दक्षिणी यमनमा अरबी प्रायदीपमा रहेका अलकायदा समूहलाई लक्षित गरी संयुक्त अरब इमिरेट्सको नेतृत्व र अमेरिकी सहयोगमा सुरक्षा कारबाही भइरहेको छ।
यमनमा सन् २०१५ मा सुरु भएको द्वन्द्वका कारण झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने उक्त देशमा संयुक्त राष्ट्रसंघको शब्दमा विश्वकै विकराल मानवीय सङ्कट रहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।