मोगादिसु– सोमालियामा बाढीका कारण गत अप्रिलदेखि ४ लाख २७ हजारभन्दा बढी नागरिक प्रभावित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका लागि मानवतावादी संगठन(ओसिएचए)का अनुसार ४ लाख २७ हजारमध्ये १ लाख ७५ हजार नागरिक घरबारविहिन भएका छन्।
हिर्साबेल्ले, साउथ वेस्ट, जुवाल्यान्ड, तथा बनादिर राज्यमा बाढीका कारण बढी मानिस चपेटामा परेको ओसिएचएले बताएको छ।
गत बिहीबार राती सार्वजनिक गरिएको बाढी तथा प्रभावितहरुको अवस्था बारेको प्रतिवेदनअनुसार सोमालियाका धेरै स्थानमा औसतभन्दा बढी वर्षा भएको उल्लेख छ।
आगामि एक सातासम्म सोमालिया तथा इथियोपियाली क्षेत्रमा भारी वर्षा हुने सोमालियाको मौसम पुर्वानुमान महाशाखाले बताएको छ।
सोमालियाका प्रमुख नदीहरु जुवा तथा सावेलेमा आउँदो सातासम्म औसत भन्दा बढी पानी वहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।