बेइजिङ– चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्किंदै गरेका बालबालिमाथि चक्कु प्रहार भएको छ। शुक्रबार भएको सो आक्रमणमा कम्तिमा ७ जनाको मृत्यु चिनियाँ अधिकारीले जनाएका छन्।
स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे भएको उक्त घटनामा अन्य १२ जना घाइते भएका बताइएको छ।
एक व्यक्तिले बदला लिन गरेको उक्त आक्रमणमा सहभागी रहेको आरोपमा १ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घाइते सबै बालबालिकाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। स्थानीय सुरक्षा प्रशासनले घटनामा ५ बालिका र २ बालकको मृत्यु भएको पुष्टि गरेको छ। घाइतेहरूमा ९ जना छात्रा र २ छात्र रहेका छन्। मृतक तथा घाइते सबैजना १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरू रहेका बताइएको छ।
झाओ थर भएका मिझी ‘काउन्टी’ झाओजिआसान गाउँका एक व्यक्तिलाई पक्राउ गरेको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्ने क्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको थाहा भएको प्रहरीले बताएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।