गोयाङ– शिखर वार्ताको क्रममा शुक्रबार उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले संयुक्त रुपमा वृक्षारोपण गरेका छन्। कोरियाली प्रायद्धिपमा शान्ति र सद्भाव कायम रहोस् भन्न दुवै नेताले संयुक्त रुपमा सल्लाको बिरुवा रोपेका हुन्।
कोरियाली सीमा क्षेत्रनजिकै उनीहरुले सल्लाको बिरुवा रोपेको दक्षिणकाे योनहाप न्युज एजेन्सीले लेखेको छ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसद्वारा जारी विज्ञप्तिमा सन् १९५०–०५३ को कोरियाली युद्ध अन्त्यको सम्झना तथा कोरियाली प्रायद्धिपमा शान्ति स्थापनास्वरुप बिरुवा रोपिएको उल्लेख छ।
कोरियाली प्रायद्धिपको तनाव निवारण तथा उत्तर कोरियाली आणविक कार्यक्रमलगायतका सम्बन्धमा आज भएको ऐतिहासिक शिखर वार्ताका लागि उत्तर नेता किम दक्षिण कोरियामा छन्। उनीहरुले आजै संयुक्त वक्तव्यसमेत जारी गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।