काठमाडौं- नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ। बैंकको ८औं वार्षिक साधारणसभाका लागि बैसाख २८ गतेदेखि जेठ १८ गतेसम्म सेयर धनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ।
बैंक सञ्चालक समितिको बैठकले लगानीकर्ताका लागि प्रस्ताव गरेको ८ दशमलव ६१ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश सभाले पारित गर्नेछ। तसर्थ बैसाख २७ गतेसम्म सेयर किन्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन्।
बैंकको चुक्ता पुँजी हाल ४८ करोड ४६ लाख ४८ हजार ७ सय ८० रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।