• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोंगबु हत्याको सुँइकोसमेत नपाएकी किशोरी थुनामा, भन्छिन्- फोहोर भनेकाले सुटकेस धकेलेकी हुँ, लाश छ भन्ने थाहा थिएन

एम्बुलेन्समै सुनाएकी थिइन् कल्पनाले गोंगबु हत्याको कहानी
64x64
नारायण अधिकारी मंगलबार, भदौ २३, २०७७  १४:११
1140x725
हत्यामा संलग्न कल्पना मुडभरी। फाइल तस्बिर

काठमाडौं-टोखा नगरपालिका-१० स्वर्गद्वारी गोंगबुमा ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्या कल्पना मुडभरीले गर्छिन्। स्लिपिङ ट्याबलेट खुवाउनेदेखि ह्याम्मरले अण्डकोषमा हानेर हत्या गर्ने, हत्यापछि शव टुक्रा–टुक्रा पार्ने काम कल्पना एक्लैले गर्छिन्।

कल्पनाले यो सब गरिरहँदा उनकी नाबालक छोरी भने अर्को कोठामा सुतिरहेकी हुन्छिन्। हत्या गरेर फालिएको शव भोलिपल्ट अर्थात् साउन २५ गते प्रहरीले बरामद गर्छ। त्यसपछि चितवनबाट कल्पना र उनकी नाबालक छोरी पक्राउ पर्छिन्। कल्पनालाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिन्छ भने उनकी नाबालक छोरीलाई समेत अदालतले रिहा गर्ने आदेश दिँदैन। 

बोहरालाई स्लिपिङ ट्याब्लेट खुवाउँदा, हत्या गर्दा र हत्यापछि शव टुक्रा–टुक्रा पार्दासमेत कुनै पनि काममा संलग्न नभएकी उनकी नाबालक छोरी किन सुधार गृहमा गइन्? उक्त हत्यामा नाबालक छोरीको के संलग्नता छ?

घटनाका बारेमा उनै कल्पनाकी नाबालक छोरीले प्रहरीमा दिएको बयान भने यस्तो छ। 

'आमाले फोहर फाल्न जाउँ भनेपछि गएकी हुँ'
म, आमा र भाइ टोखा नगरपालिका १० नवज्योति मार्गस्थित किरणकुमार बस्नेतको घरमा २०७२ सालदेखि कोठा भाडामा बस्दै आएका थियौं। बुवा कहिलेकाहीँ कोठामा आउनुहुन्थ्यो। 

कृष्णबहादुर बोहोरा घटना हुनुभन्दा २ दिन अगाडि बिहान अन्दाजी साढे ७ बजेको समयमा आई तुरुन्तै फर्किई जानुभएको थियो। साउन २४ गते कृष्णबहादुर बोहोरा हाम्रो कोठामा रुस्लान भोड्का लेखिएको बोत्तल लिई दिउँसो अन्दाजी साढे ४ बजे कोठामा आउनु भएको थियो। 

उक्त समयमा म र भाई एटेच रुममा बसी गफ गरिरहेका थियौं। आमा किचनमा कुखुराको मासु पकाउँदै हुनुहुन्थ्यो। त्यहीबेला कृष्णबहादुर कोठाभित्र आई सोही एटेच रुममा बसी साथमा ल्याएको रुस्लान भोड्का गिलासमा हालेर पिउँदै थिए। 

चिप्स, काँक्रो पनि उनी आफैं ल्याएका थिए। मेरो आमाले कृष्णबहादुर र हामीलाई किचनबाट मासु, चिउरा दिई हामी सबैजना भई सँगै खाएको हो। कृष्णबहादुर बोहोराले खाने क्रममा जथाभावी बोल्दै गरेका थिए। मेरो भाइ आफ्नो खाना लिई टिभी रुममा गयो। मेरो आमा कल्पना मुडभरी पनि किचनतिर जानु भयो। त्यतिखेरमै कृष्णबहादुर बोहोरालाई यति रातिसम्म किन बसेकोभन्दा वादविवाद भइरहेको अवस्थामा मेरो ममी आई मलाई टिभी रुममा टिभी हेरी बस भनेर पठाइदिनु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

म टिभी रुममा गएर सुतेँ। मेरो आमाले २/४ दिन अगाडिदेखि नै चितवन जानुपर्छ भन्दै हुनुहुन्थ्यो। घटना भएको दिन रातको पौने ३ बजेतिर आमा म सुतेको कोठामा आई फोहर फाल्न जानु छ, छिटो उठ भनी उठाउनुभयो। रातको समयमा ममीले मलाई किन उठाउनु भयो भनेर सोध्दा म एक्लै भएकाले, फोहर फाल्न जाउँ भनेर भन्नुभयो। त्यसपछि म उठेँ। 

आमा र मसमेत एटेच रुममा गई बाथरुमभित्र भएको सुटकेसमा ममीले नाम्लो लगाइसकेपछि धकेल्देउ भनेकाले मैले सुटकेस धकेलेकी थिएँ। ममीले सुटकेस बोक्नुभयो। बाहिर पानी परेको रहेछ, छाता ओढाउन हिँड भनेर ममीले भन्नुभयो। मैले आमालाई छाता ओढाएँ। त्यसपछि कोठाभन्दा पश्चिमतर्फ केही परसम्म पुगी टोखा नगरपालिका १० नवज्योति मार्ग सडक किनारामा लगी ममीले बोकेको सुटकेस फाली कोठामा हामी दुवै जना आमाछोरी आयौं। म मेरो कोठामा गएर सुतेँ।  

भोलिपल्ट मात्रै उक्त सुटकेसमा राति हाम्रो कोठामा आएको कृष्णबहादुर बोहराको लास रहेछ भन्ने जानकारी भएको हो। उनको हत्या गर्ने योजना आमा कल्पना मुडभरीले नै बनाउनु भएको हो। मैले आमालाई कृष्णबहादुर बोहोराको लास रहेको सुटकेस धकेलीदिई बोक्न लगाई बाहिर पानी परी रहेकाले आमालाई छाता ओढाई सडक किनारामा लगी लास रहेको सुटकेस फालेको हो। तर त्यसबेला सुटकेसमा लाश थियो भन्ने मलाई थाहा थिएन।

साउन २५ गते बेलुका अन्दाजी साढे ७ बजेतिर आमाले चितवनको ना ५ च १९८७ नम्वरको एम्बुलेन्स बोलाउनु भएको रहेछ। एम्बुलेन्स आएपछि म, मेरो आमा कल्पना मुडभरी र भाइसमेत एम्बुलेन्समा बसी चितवन मामाघरमा पुगी बसिरहेको अवस्थामा साउन २६ गते साँझ प्रहरीले म समेतलाई पक्राउ गरेको हो। 

Xtrem

Xtrem

चितवन जाँदा कल्पना भन्थिन्- गोंगबुमा मान्छे मारेको रैछ डर लाग्यो, मुड फ्रेस गर्न हिँडको
बोहराको हत्यापछि एम्बुलेन्समार्फ्त छोराछोरी लिएर कल्पना चितवन पुगेकी थिइन्। उनलाई काठमाडौंबाट चितवनसम्म लैजाने एम्बुलेन्सका चालक उमाकान्त तिमिल्सिनासँग पनि प्रहरीले बयान लिएको थियो। बयानका क्रममा चालक तिमिल्सिनाले कल्पनाले गोंगबुमा मान्छे मारेको घटना सुनाएको बताएका छन्।

बोहोराको हत्या गरेलगत्तै साउन २४ गते राति साढे १० बजेतिर कल्पनाले उमाकान्तलाई आत्तिँदै फोन गरेर भनेकी थिइन्, ‘मलाई जरुरी छ, चितवन जानुछ। मलाई लिन आउनु।’

उमाकान्त त्यस रात काठमाडौं आएनन्।

साउन २५ गते भरतपुरबाट बिरामी लिएर उमाकान्त काठमाडौं आए। फर्किने बेलामा अघिल्लो दिन नै चितवन जानुछ भनेकी कल्पनालाई उमाकान्तले सम्पर्क गरे। त्यसपछि उनैले दिएको लोकसन अनुसार उमाकान्त एम्बुलेन्स लिएर गोंगबु पुगे। कल्पना छोराछोरी लिएर आइन्। साँझको साढे ७ बजेतिर उनीहरु काठमाडौंबाट चितवनतर्फ लागे। 

‘एम्बुलेन्समा चितवन जाने क्रममा कल्पना मुडभरीलाई मैले हिजो किन आत्तिदै फोन गर्नुभएको भनेर सोधेँ। कल्पनाले साउन २४ गते राति गोंगबुमा एक पुरुषको हत्या भएको, त्यसबाट मेरो छोराछोरी डराए, म पनि बिरामी भएकाले केही दिन आराम गर्न जान लागेको भनी बताइन्’ उमाकान्तको बयानमा उल्लेख छ। 

सम्बन्धित समाचार

यस्ताे छ गाेंगबु हत्याकी अभियुक्त कल्पनाको बकपत्र

गोंगबु हत्याको अपरेशन जोजो : बाहिर डग स्न्याफिङ, घरभित्र रुँदै मोडल अभियुक्त

गोंगबु हत्या : यौन बन्यो हत्याको कारण, हम्मरले अण्डकोषमा हानेर हत्या, खुकुरीले काटियो घाँटी-खुट्टा

गोंगबु हत्या : चितवनमा पक्राउ परेकी महिला मोडलिङ क्षेत्रमा काम गर्ने, आमाछोरीलाई नै काठमाडौं ल्याइँदै

गोंगबु हत्या : चितवनबाट एक महिला पक्राउ, आइतबार पक्राउ परेका ४ महिलालाई छाडियो 

गोंगबु हत्या : मृतकको पहिचान खुल्यो

टोखा हत्या : टाउको-खुट्टा झोलामा, शरीर सुटकेशमा [अपडेट]

टोखामा सुटकेशभित्र शव फेला

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्