काठमाडौं-टोखा नगरपालिका-१० मा हत्या गरेर फालिएका एक पुरुषको शव टुक्रा-टुक्रा अवस्थामा फेला परेको छ।
अन्दाजी ४५ वर्षका ती पुरुषको शव खुट्टा र टाउको छिनाएको अवस्थामा भिन्दाभिन्दै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले जानकारी दिए। उनका अनुसार टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको छ भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको हो।
स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकारी अनुसन्धानमा जुटेका छन्। शवको प्रकृति हेर्दा गएराति हत्या गरेर फालिएको देखिएको प्रहरीले जनाएको छ।
शवको अहिलेसम्म पहिचान हुन सकेको छैन। घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पठाउने तयारी भइरहेको परिसरले जनाएको छ।
सम्बन्धित समाचार
टोखामा सुटकेशभित्र शव फेला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।