• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोंगबु हत्याको अपरेशन जोजो : बाहिर डग स्न्याफिङ, घरभित्र रुँदै मोडल अभियुक्त

64x64
नारायण अधिकारी मंगलबार, साउन २७, २०७७  १३:५८
1140x725

काठमाडौं-दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्यामा चितवनको कालिका नगरपालिका-७ घर भई टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने कल्पना मुडभरी (पौडेल) भएको पाइएको छ। साधारण लेखपढ गर्ने ३७ वर्षीया पौडेलले मोडलिङ तथा टेलिश्रृंखलामा समेत अभिनय गरेको पाइएको छ । उनीसँगै उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले पक्राउ परेको छ । उनले हत्यापछि शव व्यवस्थापन गर्न सहयोग गरेको प्रहरीले जनाएको छ।

नवज्योति मार्गमा रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेशभित्र टाउको र खुट्टा बिनाको पुरुषको शव आइतबार फेला परेको थियो। तत्काल तालिम प्राप्त जोजो नामको 'ट्रयाकर डग' परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको थियो। 

त्यसपछि सिद्धेश्वर मन्दिर नजिक गएर जोजो रोकिएको थियो। जोजोले दिएको उक्त क्लुलाई आधार बनाएर सिद्धेश्वर मन्दिर नजिकका करिब १५ सय घरमा खानतलासी गर्दा सोमबार घटनास्थल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

‘कुकुरले सिद्धेश्वरसम्म लोकेट गरेपछि पक्कै यतै वरपर घटनास्थल हुुनुपर्छ भनेर हामीले घर खानतलासी गरेका थियौं । नभन्दै शव भेटिएको करिब ५० मिटरको दुरीमा रहेको घरको तेस्रो तला नै घटनास्थल भएको पत्ता लाग्यो’ एसएसपी ज्ञवालीले भने।

पक्राउ परेपछि ती महिलाले बाहिर प्रहरी छ्यापछ्याप्ती भएको र कुकुरसमेत परिचालन गरेको थाहा पाएपछि डरले रुँदै कोठामा बसेको बताएकी छिन्। ‘एक छोरी र एक छोरालाई सँगै लिएर ढोका लगाएर रुँदै बसेँ। कुकुर मै भएको ठाउँमा पो आउँछ कि भन्ने डर लाग्यो’ पक्राउ परेकी महिलाको बयान उद्धृत गर्दै एसएसपी ज्ञवालीले भने। 

हत्याको कारण यौनसम्बन्ध रहेको, पटक-पटक सेक्सुअल ह्यारेसमेन्ट गरेको, नांगो फोटो, भिडियो बनाइ सञ्जालमा हाल्ने गरेकाे पाइएको प्रहरीले जनाएको छ ।

'बाथरुमको ढोकाको डिललाई अचानो बनाएर घाँटी काँटे'
घटना हुने दिन शनिबार बोहरा आफू बसेको गेष्टहाउस सञ्चालकलाई केही दिन नआउने बताउँदै दिउँसो ५ बजे निस्किएका थिए। मृतक घटनाको दिन आफू बसेको गोंगबुको होटलबाट बा ७२ प ५६४४ नं को स्कुटी प्रयोग गरी ती महिलाको कोठामा गएका थिए। ती महिला र बोहराको फेसबुकमार्फत् ३/४ वर्ष पहिलादेखि चिनजान भएको थियो । बोहरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन्। दहीमा भने कल्पना आफैँले खाँदै आएको डिप्रेशनको औषधि मिसाएर दिएकी थिइन्। 

अभियुक्तबाट बरामद सामग्री

उक्त औषधि र रक्सीको नसाले लठ्ठीएपछि हम्मरले अण्डकोषमा हानेर बोहराको हत्या भएको पाइएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । त्यसपछि ती महिलाले सलले बोहराको घाँटीसमेत थिचेकी थिइन् । 

Ncell 2
Ncell 2
nimb
nimb

बोहरा मरिसकेपछि बाथरुमको ढोकाको डिललाई अचानो बनाएर घाँटी र खुट्टा काटेको कल्पनाले प्रहरीसमक्ष बयान दिएकी छिन्।  उनले यसरी बोहराको हत्या गरुन्जेल उनका एक छोरा र एक छोरी भने अर्कै कोठामा थिए। एक पटक छोराछोरी कल्पना भएको कोठामा प्रवेश गर्न खोज्दा समेत उनले नआउन भनेकाे उनका छोराछोरीले बताएका छन् । यसरी उनले बोहराको हत्या गर्दा रातिको साढे ९ बजिसकको अनुसन्धानबाट खुलेको छ। 

खुट्टा र टाउको छुट्याएपछि झोलामा प्याक गरेर कल्पना एक्लैले फालेकी थिइन्। त्यसपछि बाँकी शरीर सुटकेशमा हालेर फ्याँक्ने क्रममा उनले १५ वर्षीया छोरीको सहयोग लिएको पाइएको छ ।

६ हजार तिरेर चितवन
हत्या  गरेको रात र भोलिपल्ट दिउँसो उनी कोठामै बसेकी थिइन्। त्यसपछि  भने उनले चितवनमै चिनेका एक एम्बुलेन्स ड्राइभरलाई फोन गरेर आफू चितवन जान लागेको र गाडी कता छ जान मिल्ने भए जाउँ भनेकी थिइन् । चितवनको उक्त एम्बुलेन्स त्यसबेला बिरामी लिएर काठमाडौं आएको र फर्कन लागेको पाइएकाले कल्पना एक छोरा र छोरीलाई साथै लिएर उक्त एम्बुलेन्समार्फत् चितवन लागेकी थिइन् । उक्त एम्बुलेन्सलाई भाडा स्वरुप ६ हजारसमेत दिएको पाइएको छ।

अभियुक्त कल्पना मुडभरी (पौडेल)लाई पक्राउ गर्दै प्रहरी

बोहराको परिवारसँग थिएन राम्रो सम्बन्ध
हत्या गरिका ४५ वर्षीय बोहराको परिवारसँग खासै राम्रो सम्बन्ध नभएको पाइएको छ । उनी परिवारबाटे छुट्टिएर विगत केही वर्षदेखि काठमाडौं एक्लै बस्दै आएका थिए। इराक, अफगानिस्तान, टर्की, भारत र विभिन्न खाडी मुलुकसमेत गएका बोहराले दुई वटा बिहे गरेका थिए। उनकी कान्छी श्रीमती र उनका छोराछोरी भने भारतमै छन्। जेठी श्रीमतीसँग पनि उनको राम्रो सम्बन्ध रहेको नपाइएको प्रहरीले जनाएको छ। बोहराको आर्थिक अवस्थासमेत राम्रो नभएको पाइएको छ ।

Xtrem

Xtrem

उता हत्या आरोपमा पक्राउ परेकी महिलाको समेत श्रीमानसँग राम्रो सम्बन्ध नरहेको पाइएको छ। गत वर्ष जेठी छोरीको बिहेमा समेत श्रीमान नआएको र सम्बन्ध राम्रो नभएकाले आ-आफ्नै सुर गर्न थालेको बयान कल्पनाले दिएकी छिन्। श्रीमानले पैसा नदिएको भन्दै कल्पनाले आफ्नो छोरीको बिहे गर्ने बेला घरेबटीसँग २ लाख रुपैयाँ ऋण लिएको बताएकी छिन्। त्यसैगरी  एक वर्षदेखि कोठा भाडासमेत नतिरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

गोंगबु हत्या : चितवनमा पक्राउ परेकी महिला मोडलिङ क्षेत्रमा काम गर्ने, आमाछोरीलाई नै काठमाडौं ल्याइँदै

गोंगबु हत्या : चितवनबाट एक महिला पक्राउ, आइतबार पक्राउ परेका ४ महिलालाई छाडियो 

गोंगबु हत्या : मृतकको पहिचान खुल्यो

टोखा हत्या : टाउको-खुट्टा झोलामा, शरीर सुटकेशमा [अपडेट]

टोखामा सुटकेशभित्र शव फेला

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्