वासिंगटन– अमेरिकी केन्द्रीय गुप्तचर विभाग(सिआइए)का पूर्वनिर्देशक माइक पोम्पेओ राज्य सचिवमा चुनिएका छन्। बिहीबार सिनेटमा भएको निर्वाचनमा उनका पक्षमा ५७ तथा विपक्षमा ४२ मत परेको थियो।
जीतसँगै पोम्पेओ अमेरिकाका ७०औँ सचिवमा नियुत्तः भएका छन्। बिहीबार नै उनले आफ्नो पद तथा गोपनियताको सपथ खाइसकेका छन्।
पोम्पेओमाथि प्रजातान्त्रिक पक्षधर नेताहरुले मुस्लिम विरोधी, समलैंगिक विचार तथा युद्धको पक्षपातीको आरोप लगाउँदै आएका छन्।
यसअघि गत महिना मात्रै सो पदमा रहेका रेक्स टिलर्सनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विट गर्दै पदमुक्त गरेको जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।