सिओल– उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन करिब ६ दशकपछि दक्षिण कोरियाली जमिनमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली शाषक बनेका छन्। आज बिहान कोरियाली समयअनुसार बिहान ठिक साढे ९ बजेको समयमा नेता उनले दक्षिणको धर्तीमा पाइला टेकेका हुन्।
सन् १९५३ मा सकिएको कोरियाली युद्धपछि कुनै पनि उत्तर कोरियाली शाषकले दक्षिणको जमिनमा टेकेको यो पहिलो अवसर हो।

कोरियाली शिखर वार्ताका लागि दक्षिण आएका नेता उनलाई स्वागत गर्न दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन सिमाक्षेत्रमा नै पुगेका थिए। पैदल यात्राबाट सीमा क्षेत्र पार गरेका उन र इनबीच आफ्नै क्षेत्रमा बसेर सुरुमा हात मिलाउने काम भएको थियो। केहि पलको भलाकुसारीपछि राष्ट्रपति इनले नेता उनलाई आफ्नो देशको माटोमा टेक्न आग्रह गरेपछि नेता उन दक्षिण आएका हुन्।
सोपश्चात् दुवै नेताहरुले भेटको फोटो खिचाएका थिए। तर त्यसबेला एउटा अनौठो दृश्य त्यहाँ देखियो। बैठक स्थलतर्फ अगाडी बढ्न आग्रह गर्दा उत्तर नेता उनले राष्ट्रपति इनलाई रोके र आफ्नो धर्तीमा समेत टेक्न आग्रह गरे। सो आग्रहलाई राष्ट्रपति इनले सहस्र स्विकार गरे दुवै जना दशगजा क्षेत्रमा पुगेर पुन फोटो खिचाए।
सो ऐतिहासिक क्षेणमा त्यहाँ उपस्थित अधिकारीहरुले लगातार ताली बजाएर दुवै नेताको सम्मान गरेका थिए। हाल दुवै नेतासहितकाे शिखर बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।